बसन्त महर्जन
नेपाली चेलिबेटीहरु विदेशमा बेचिने कुरा अब त नौलो पनि रहेन तर यसको इतिहास कति पुरानो होला - वा शुरुमा यसरी चेलिबेटी बेचविखनमा कसको संलग्नता रह्यो र त्यो कुन वर्गबाट थियो होला भन्ने प्रश्न बडो चाखलाग्दो हुन्छ ।आजभोलि त भारतको मुख्यतः बर्म्बई शहरमा लगेर नेपाली चेलिबेटी बेचिने गरेको र त्यहींबाट विश्वका अन्यत्र पनि पुर्याइन्छ भन्ने कुरा घाम जतिकै र्छलंग भइसकेको कुरा हो ।नेपाली चेलीहरु बेच्ने कार्यमा ठूल्ठूला शक्ति केन्द्रहरु नै लागेको हुन सक्ने अनुमान पनि गरिन्छ ।यस्ता कार्यमा संल्ाग्नहरु भनी जति समाटिए पनि यो समस्या घट्नुका साटो बढ्दो देखिएकोले यस्तो अनुमान गर्नुमा तुक पनि देखिन्छ ।यस कार्यमा संलग्न रहेका ठूल्ठूला शक्तिहरु खोज्दै जा“दा तिनीहरु शुरुदेखि नै देखा पर्दछन् वा भनौं यस्तो घृणित कार्यको शुरुवात नै यिनीहरुबाट भएको पाइन्छ । सोझै भन्दिने हो भने इतिहासमा क्रूरताको प्रतीक नै भएका श्री ३ महाराज तथा प्रधानमन्त्री जंगबहादुर राणाको नामसम्म यसमा जोडिएको छ र अरु ऐतिहासिक दस्तावेजहरु नभेटिएसम्म उनैलाई नेपाली चेलिबेटीहरुको बेचविखनका संस्थापको रुपमा लिन सकिन्छ । जंगबहादुरको बेलामा नेपाली चेलिबेटीहरु बेचिनु साधारण कुरा नै भइसकेको देखिन्छ । इतिहासकार ज्ञानमणि नेपालले प्रकाशमा ल्याएका केही ऐतिहासिक पत्रहरुबाट यो कुरा प्रमाणित नै भएको छ । ती पत्रहरुको अध्ययन गर्दा तत्कालिन समाजमा राज्यकोषबाट खर्च गरेर देशका विभिन्न भागहरुबाट चेलिबेटीहरु ल्याइने, दरवारमा तिनीहरुलाई यौनजन्य प्रयोगमा लगाइने र पछि विदेशमा बेच्न पठाउने गरेको बुझिन्छ । इतिहासकार नेपालका अनुसार तत्कालिन नेपालको प्रतिनिधि भएर भोटमा बसेका वकीलमार्फ राणा प्राइममिनिष्टरको अनुमति लिएर यो व्यापार चल्दथ्यो । वि.सं.१९२४ को हिउदमा श्री ३ महाराज तथा प्रधानमन्त्री जंगबहादुर राणाले नैनशोभा नाम गरेकी एक नेपाली चेलीलाई भोटमा बेच्न पठाएको बेहोरा इतिहासकार ज्ञानमणि नेपालले आफ्नो 'नेपाल निरुक्त'मा दिएका छन् । सोही पुस्तकमा यस सम्वन्धी पत्रहरु संलग्न छन् । पत्रअनुसार नैनशोभालाई भोटमा लगेर बेच्नू भन्ने आदेश दिई दुई सिपाही साथ लगाएर भोट पठाएका थिए । नैनशोभालाई कुतीमा पुर्याएपछि त्यहाका ढेवा झुम्पुनहरुले भोट सरकारको इजाजत विना नेपाली आइमाईलाई प्रवेशाज्ञा दिन नसक्ने भनेपछि थापाथली दरवारले नैनशोभा तिब्वतमा बस्ने वकीलको कमारी भएको र उसलाई काम गर्न सघाउनका लागि भनी झुठो बेहोरा पठाइदिएको थियो । नैनशोभा वकीलको कमारी थिएनन् र उनलाई भोटमा पठाउनुको कारण बेच्नलाई नै हो भन्ने क्ुराको पुष्टि तत्कालिन नेपाली वकील कप्तान जितमान सिंह खत्रीले लेखेको अर्को पत्रबाट बुझिन्छ । उनले पत्रमा ल्हासामा रहेकी नैनशोभा धेरै दिनसम्म पनि बिक्री हुन सकेकी छैनन् तर हिउ“द पनि लाग्यो, टाढाबाट आउने गोलक खम्पा डुक्पाहरुलाई राम्रो पैसामा बेचौंला भन्ने व्यहोराको कुरा थापाथली दरवारमा लेखेका थिए । यसरी नै तत्कालिन चीफ साहेब रणोद्दीपसिंहले उनै वकीललाई लेखेको पत्रमा 'त्यो केटी चाँडै बेच्नू, बेचेपछि फलाना ठाउ“मा यति रुपैया“मा बिक्री भई भन्ने खबर लेख्नु, नबिकुन्जेल आफ्नै साथमा राख्नु, कतै भागी नासी जान नपाओस्' भन्ने कुरा लेखेको छ । यस्तो चिठ्ठी लेख्ने अरु कोही नभएर स्वयं जंगबहादुरका भाइ तथा जंगबहादुरपछि नेपालको श्री ३ महाराज तथा प्रधानमन्त्री बन्ने व्यक्ति हुन् । नैनशोभा वि.सं.१९२५ कार्तिकसम्म पनि बिक्री भइसकेको थिएन भन्ने कुरा पनि सोही पत्रबाट बुझिन्छ । राज्यबाट नै नेपाली चेलीबेटी बेचबिखन हुनुका कारणबारे चर्चा गर्दा तत्कालिन राजनीति र सामाजिक जीवनतर्फपनि ध्यान दिनु पर्ने हुन्छ । वि. सं.१९०३ मा दरवारभित्र मुख्यमुख्य भारदारहरुलाई काटी अधिकार हातमा पारेर जंगबहादुर प्रधानमन्त्री बनेका थिए । यो घटना 'कोर्टपर्व' नामले इतिहासमा चिनिन्छ । कोटमा बचेखुचेका तर आफ्ना विरोधीहरुलाई भण्डारखाल बगैंचामा काटिएपछि देशको र्सर्वेर्सवा उनी नै हुन पुगे । षड्यन्त्रपूर्ण राजनीतिमा निकै सक्रिय हुनुका साथसाथै जंगबहादुर अति नै स्त्री लम्पट पनि थिए भन्ने कुराको खुलाउने थुप्रै दस्ताबेजहरु र घटना विवरण पाइन्छ । उनको ल्याइते र ब्याइते स्वास्नीहरुमात्रै कति छन् भनेर गनिनसक्नु थियो भने यौन सर्म्पर्कका लागिमात्रै पनि व्यवस्था गरिएको हुन्थ्यो । देशभित्र तथा बाहिर विशेषतः भारतमा राम्रा राम्रा आइमाईहरु खोज्न जागीर दिएरै पनि मान्छेहरु खटाइएको हुन्थ्यो । राजधानी काठमाडौंमा नै पनि कति आइमाईहरुलाई राणाहरुको आ“खाबाट जोगिनु अति नै गार्हो काम हुन्थ्यो भन्ने कुरा उत्ति बेलाका मान्छेहरु अहिले पनि सुनाउने गर्दछन् ।राजनीतिक शक्ति उसको हातमा थियो र त्यो श्ाक्तिस“ग जनता दबिएका थिए । यसरी ठाउ“ठाउ“बाट उठाएर ल्याइएका आइमाईहरु स“धै आफै कहा“ उनी राख्दैनथ्यो । केही समयपछि बेच्नका लागि भोटतिर पठाइन्थ्यो भन्ने कुराको एउटा उदाहरण नैनशोभा पनि हो । उनलाई पत्रमा थापाथलीकी भनिएको छ । राणा कालमा शासकहरुबाट र्सवसाधारण नेपाली चेलिबेटी मात्रै नभई दरवारमा हुर्केकी राजकुमारीसहित बेचिन पुगेका घटना घटेको पाइन्छ । राजकुमारी धतुरी मैंया“ काशीमा बस्ने पद्मप्रसादबाट १३०० रुपैयामा कलकत्तामा हीरालाल भन्ने वेश्याकोठी संचालककहा“ बेचिएकी थिइन् । तेज कुमारी भन्ने एउटी नेपाली चेलिबेटी त हीरालालको कोठीमा निकै पाशविक यातना पाई विरामी भएर मरेकी पनि थिइन् । तत्कालिन समयमा कलकत्तामा नेपालीहरु मिलेर खोलिएको 'गोर्खा कल्याण संघ'को एक वैठकमा भाग लिन संघका एक कार्यकारी सदस्य खड्ग बहादुर सिंह सन् १९२६ अप्रैलतिर चितपुरतिर गइरहेको बेला एक विशाल भवनको माथिल्लो तलाबाट एउटी युवतीले चिठ्ठी खसालेर पठाएकी थिइन् । सो चिठठीमा आफ्नो परिचय दिंदै आफू त्यहा“ बेचिएको, इच्छा विरुद्ध बस्नु परेको कुरामात्रै नभई त्यस ठाउ“मा अरु पनि थुप्रै चेलिबेटीहरु भएको खबर गरिएको थियो । सो चिठ्ठी पढेपछि युवक खड्ग बहादुरले हीरालाल मारवाडीको हत्या नै गरी चेलिबेटीहरुको उद्धार गरेका थिए । यो हत्याकाण्ड संसारभरका समाचारपत्रहरुमा एक सनसनीखेजको समाचारको रुपमा फैलिएको थियो । तत्कालिन गोरखापत्र, राजभक्ति, तरुणगोर्खा, गोर्खासंसारजस्ता नेपाली पत्रिकाहरुमा पनि यो समाचार प्रकाशित भएको थियो । कुनै अर्को राज्यमा आफ्नो राज्यका चेलिबेटीहरुलाई उपहारका रुपमा पठाइने कुरा त अन्यत्र मुलुकहरुमा पनि पाइन्छ तर बेच्न कै लागि भनी राज्य शक्ति नै लागेको भने नेपालमा बाहेक अन्यत्र पाइ“दैन । राणा कालमा जनताका चेलिबेटीहरु बेचिने घटना साधारण नै भएको कुराको पुष्टि दरवारमा नै हर्ुर्केकी राजकुमारी नै पनि एक पल्ट बेचिन पुगेबाट हुन्छ । यसबाट के बुझिन्छ भने उत्तिखेर नेपाली चेलिबेटीहरु तिब्बतमा मात्रै नभई भारतमा पनि हुन्थ्यो । आजभोलि तिब्बततर्फयस्तो घटना हुने गरेको नपाइएपनि बर्म्बई शहर अन्य मुलुकहरुसम्म पुर्याइने 'टान्जिट प्वाइन्ट' भएको । तर आजभोलि यस कार्यमा कसको र कुन वर्गको संलग्नता छ भन्ने कुरा खुल्दैन, अनुमानसम्म हुन्छ तर तिनीहरुमाथि निगरानी र अनुसन्धान हुन नसक्दा नैनशोभाजस्ता लाखौं नेपाली चेलिबेटीहरु संसारका धेरै मुलुकहरुमा बेचिएका छन् ।
No comments:
Post a Comment