Tuesday, June 3, 2008

विश्व सम्पदाः खतराको सूचीमा किन र के गर्न सकिन्छ ?

बसन्त महर्जन

विश्व सम्पदा सूचीबाट काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने 'स्वाभाविक निर्ण्र्ाा लिएपछि नेपालमा 'अस्वाभाविक निर्णय भनी टिप्पणी गर्ने एकखाले बौद्धिक जमात देखा परेको छ । संयुक्त राष्टूसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्को) अर्न्तर्गतको विश्व सम्पदा समितिको हालै सम्पन्न सत्ताइसांै बैठकले उक्त निर्णय गरेको हो । यसअघि नै स्पष्ट भाषा र शब्दमा दिइएका बुूदाहरूको पालना वा सुधार नभएमा काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने चेतावनी युनेस्कोले लिखित र मौखिक दुवै माध्यमबाट र्सार्वजनिकरूपमा दिूदै आएको भुल्न मिल्दैन । खतराको सूचीमा राख्नुअघि सम्बद्ध राष्टूलाई सचेत पार्नुका साथै सुझाव पनि दिने गरिन्छ र नेपाललाई पनि दिएको थियो । आफ्नो देशको कुरा खतराको सूचीमा राखिनु दुःखदायी त अवश्य हो र तर्कको लागि अस्वाभाविक निर्ण्र्ाावा यस्तै अन्य शब्दहरूको प्रयोग गर्नु पनि मानवीय स्वभाव हो । खतराको सूचीमा राखिएपछि पत्रपत्रिका वा र्सार्वजनिक कार्यक्रमहरूमा जुन चिन्ताहरू अभिव्यक्त गरिए, यो त बाूचुन्जेल वास्ता नगर्ने तर मरेपछि रुने-कराउने संस्कारजस्तै भएको छ । किनभने यसरी चिन्ता गर्ने र काम गर्ने मौका नेपाललाई प्रशस्तमात्रामा मिलेको थियो तर त्यतातिर ध्यानै दिइएन र दिइएको ध्यानलाई पनि ओझेलमा पारिएको थियो । यस्तो वस्तुस्थिति बुझेका जो-कोहीले काठमाडौं उपत्यकालाई खतराको सूचीमा राखिनुलाई 'स्वाभाविक निर्ण्र्ााका रूपमा लिनर्ुपर्दछ ।

सन् १९७९ मा काठमाडौं उपत्यकालाई विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो । उपत्यकाका सातवटा ऐतिहासिक, धार्मिक र साूस्कृतिक दृष्टिले अत्यन्तै महत्त्वका सम्पदास्थलहरूलाई एकमुष्ठ समावेश गरी पूरा काठमाडौं उपत्यकालाई नै सम्पदा सूचीमा समावेश गरिएको थियो । यस्ता सम्पदास्थलहरू आफंैमा महत्त्वपर्ूण्ा र गरिमामय हुन्छन्, त्यसमाथि विश्व सम्पदा सूचीमा समावेश हुनु भनेको त्यसलाई कुनै राष्टू, समाज, धर्म, जातिजस्ता वर्गविशेषको मात्र सम्पत्ति नभई विश्वकै सम्पत्ति भएको मानिनु हो र त्यसको संरक्षण र प्रचारप्रसारको दायित्व विश्वले नै लिने गर्दछ । यसै भएर पनि आफ्ना सम्पदाहरू यस सूचीमा पार्न विश्वका ठूल्ठूला प्रभावशाली राष्टूहरू दिनरात लागी पर्दर्छन् । र, खतराको सूचीमा राख्नु वा सूचीबाट नै झिकिनु भनेको सम्बद्ध राष्टूको असक्षमताको रूपमा लिइन्छ । काठमाडौं उपत्यका विश्व सम्पदाको खतराको सूचीमा परेको छ र अन्य बाूकी सम्पदास्थलहरू भनेका लुम्बिनी, सगरमाथा राष्टिय निकुञ्ज र शाही चितवन राष्टिय निकुञ्ज हुन् तर यिनीहरू पनि काठमाडौं उपत्यकाका सम्बन्धमा चेतावनी दिनुअघिको समयभन्दा केही फरक छैन तर सम्बद्ध पक्ष यतातर्फसंवेदनशील भएको देखिन्न ।

काठमाडौं उपत्यकासूगै सन् २००० मा समावेश भएको बाकु सहरको किल्ला -अजरबैजान) र सन् १९८३ मा समावेश गरिएको पश्चिम अप्रिmकास्थित कोमे राष्टिूय पार्क खतराको सूचीमा राखिएको छ । प्यालियोलेथिककालदेखिको अवशेष पाइने बाकु कति महत्त्वको थियो भन्ने त सजिल्यैसित बुझ्न सकिन्छ र कोमे राष्टिूय पार्क पश्चिम अप्रिmकाको सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको र जैविक विविधताले सम्पन्न पार्क हो । तर, यिनीहरूले पनि युनेस्कोको मापदण्डअनुरूप संरक्षणका कामहरू गर्न नसकेको भनी खतराको सूचीमा राखिएको हो । प्राप्त युनेस्कोको प्रेस विज्ञप्तिअनुसार काठमाडौं उपत्यका खतराको सूचीमा राख्नुको कारण नेवार वास्तुकलाले युक्त कलात्मक घरहरूले घेरिएको सातवटै सम्पदा क्षेत्रमा हाल अनियन्त्रित सहरीकरण भएकोले हो ।

काठमाडौंमा सहरीकरणको गति अन्धो हात्ती कुदेजस्तै भइरहेको कुरा आूखा सामुन्नेको कुरा हो । केही दसकअघिदेखि यसले थप गति लिएको हो । सहरीकरण दर्ुइ प्रकारले भएको छ, भएका नेवार वास्तुकलाले युक्त घरहरू भत्काएर नयाू सिमेन्टेड घर बनाउने र सम्पदास्थलहरूको आकर्षामा व्यवधान गर्ने गरी उचाइ बढाउने । युनेस्कोले सम्पदा क्षेत्रका मौलिक शैलीका नेवार वास्तुकलाले युक्त घरहरू जोगाउने र नयाू घरहरू बनाएमा पनि निश्चित उचाइमा मात्र बनाउने मापदण्ड तोकिदिएको थियो । तर, यति कुरा पनि नेपाल पक्षले पालना गर्न सकेन । मापदण्डविपरीतका घरहरूमाथि कारबाही गर्ने र भत्काउने भनी पुरातत्व विभाग वा नगरपालिकाहरू नतम्सिने होइन तर त्यसले निरन्तरता पाउनु त कता हो कता, कारबाही भएको घरले पुनः अटेर गर्दा पनि ती निकायहरू निस्त्रिmय भइदिन्छन् । कानुनको अभावमा सक्रिय हुन नसकेको भनी वषौर्ंदेखि पुरातत्व विभाग पन्छिने गरेको छ । तर, कस्तो कानुनको आवश्यकता परेको हो भन्ने सम्बन्धमा छलफलसम्म गराएको पाइूदैन । कानुन र अधिकारको अभाव भनेर विभागले भन्दै आएको कुरा बहानाको लागि बहानामात्रै हो भन्ने पुष्टि भएको अधिकार पनि मन्त्रालयलाई बुझाएर सबै कुरा मन्त्रीको स्वीकृति, आदेशजस्ता कुराहरूको प्रतीक्षामा बस्ने गरेबाट हुन्छ । अनि फेरि मुलुकको अपार कला, संस्कृति, पुरातत्वजस्ता सम्पदाहरू हर्ेर्ने जिम्मेवारी पाएको पुरातत्व विभाग त्यस्तो मन्त्री वा मन्त्रालयअर्न्तर्गत छ जहाूका मन्त्री यो विषय क्षेत्रबाट आएको हुूदैन र विषयगत ज्ञान शून्यबराबर नै हुन्छ ।

नेपालका सम्पदास्थलहरूप्रति नेपाली प्रशासन कति दरिलो वा फितलो छ भन्ने कुरा केही समयअघि भएका कुराहरूबाट पनि र्छलंग हुन्छ । सम्पदा सूचीमा परेको स्वयम्भू चैत्यको पर्ूर्वी ढोकाभन्दा अलि माथि पद्मसंभवको ठूलो मर्ूर्ति स्थापना गर्न तत्कालीन एक मन्त्रीलाई शिलान्यासका लागि आमन्त्रण गरिएको थियो । तर, विश्व सम्पदास्थलहरूमा नयाू काम गर्न पाइूदैन र गर्न अति नै आवश्यक भएको खण्डमा पनि गहिरो अध्ययनको आवश्यकता पर्दछ र त्यसमा युनेस्कोको स्व्ाीकृति अनिवार्य हुन्छ । यस्तो अवस्थामा युनेस्को आफैले पनि विशेषज्ञहरू उपलब्ध गराइदिन सक्छ । शिलान्यासअगाडि सचिवले मन्त्रीलाई सो कार्यक्रममा नजान सुझाव दिूदै उक्त काम ऐनविपरीत भएको कुरासमेत अवगत गराएका थिए तर मन्त्रीले प्रमुख अतिथिको रूपमा उपस्थित हुने र शिलान्यास गर्ने मोह छाड्न सकेनन् र निकै दिनसम्म पुरातत्व विभागलगायत अन्य निकायहरूलाई अप्ठ्यारोमा पारेको थियो । तर, केही समयपछि अर्का एक मन्त्री सो ठाउूमा गई निर्माण काम रोके । यसरी नै स्वयम्भूको पश्चिम भागमा पार्क निर्माण गर्ने स्वीकृति लिई जबर्जस्ती बुद्धको ठूलो मर्ूर्ति निर्माण गराइछाडेको छ । सो पार्कमा अरू पनि थप कामहरू गर्दागर्दै घर टहरा पनि निर्माण गर्दा तत्कालीन मन्त्री बलबहादुर के.सी. आफंै उपस्थित भई भत्काउन आदेश दिएर गए पनि केही समयपछि अन्य मन्त्रालयका मन्त्री पाल्टेन गुरुङ पुगी आदेश पालना गराउने अधिकृतहरूलाई अभद्र व्यवहार गर्दै भत्काउने कार्यमा रोक लगाएका थिए । सायद यसै घटनाबाट प्रेरित भएर हुनसक्छ स्वयम्भूकै उत्तर मोहडामा रोक्का गरिराखेको अर्को भव्य मर्ूर्तिको निर्माण कार्य हाल सम्पन्न भएको छ । यी सबै कामहरू नेपालकै प्राचीन स्मारक संरक्षण ऐन र युनेस्कोको मापदण्डविपरीत छन् ।

अनियमित घरहरू भत्काउने भनी बौद्धिक वर्गको र्समर्थन लिई पशुपति विकास कोषले पुराना र नेवार वास्तुशैलीका घरहरू पनि धमाधम भत्काएर प्राचीन पशुपति क्षेत्रको स्वरूप नै परिवर्तन गर्दै गरेको बखत युनेस्कोका प्रमुखले एक पत्र लेखी कोषका सदस्य-सचिव बसन्त चौधरीलाई सचेत गर्दै आवश्यक भए प्राविधिक विज्ञहरू उपलब्ध गराइदिने भनेका थिए तर कोषले त्यस पत्रलाई गम्भीररूपमा लिएन र खतराको सूचीमा पर्नुको एक भागिदार हुनुपर्यो । सम्पदास्थलहरूको निरीक्षणका लागि युनेस्कोका अधिकारीहरू अनौपचारिकरूपमा पनि बेलाबेलामा काठमाडौंको भ्रमणमा आउने गर्छन् । गत वर्षऔपचारिकरूपमा नै एउटा टोली आएर पाटन पुग्दा नगरपालिकाले सो क्षेत्रलाई सफा गर्नुका साथै बीच बाटोमा थापिने क्युरियो पसलहरू पनि हटाएको थियो । तर, भोलिपल्ट अपर्झ सो टोली सोही ठाउूमा पुनः पुग्दा नेपाल पक्षलाई निकै अप्ठ्यारो परेको थियो । यस्ता कमजोरी वा घटनाहरू थुप्रै छन् । यसरी नै युनेस्कोलाई पठाउनुपर्ने रिपोर्ट पठाउने कार्यमा गर्ने ढिलाइका कारण पनि नेपालको कमजोरी पक्ष हो । बौद्ध क्षेत्रका घरहरूको लगत लिन भनेर नेपालले युनेस्कोबाट पाएको पैसा सदुपयोग हुन नसक्दा फर्काउन पत्र लेख्दा तत्कालीन समयको डलरको भाउ र अहिलेको फरक परेकोले पैसा फर्काउन पनि नसकेको पक्ष पनि आफ्नै ठाउूमा छ ।

काठमाडौं उपत्यकालाई खतराको सूचीमा पारिएपछि नेपाल सम्पदा संघको आयोजनामा एक अन्तक्रिर्या कार्यक्रम भएको भनी पत्रपत्रिकाहरूमा समाचार आएको छ । समाचारअनुसार काठमाडौं उपत्यकालाई खतराको सूचीबाट झिक्नका लागि अन्तर्रर्ााटूयस्तरमा लविङ गर्न र जनचेतना जागरण कार्यक्रम संचालनमा जोड दिइएको छ । यदि समाचार सही हो भने आफूलाई सम्पदाविद् भनाउँदाहरूबाट गल्ती पुनः दोहोरिन लागेको छ । आजसम्म विश्व सम्पदाको नाउूमा विदेश भ्रमण गर्ने, भत्ता खाने र सम्पदाविद् भनी आफ्नो व्यक्तित्वको प्रचारप्रसार गराउने आदिमा नै केहीको ध्यान केन्द्रित छ । बरु यही समयमा आत्मालोचना गर्दै भूल सुधार गर्नु रचनात्मक कार्य हुन्छ किनभने यसको समस्या विदेशमा होइन, स्वदेशमा नै छ । जहाूसम्म जनचेतना अभिवृद्धिको कुरा छ, आफंैमा आवश्यक कुरा भएर पनि हालको अवस्थामा सम्पदासम्बन्धी चेतना जनतालाई भन्दा जिम्मेवार प्रशासक, नीति निर्माताहरूलगायतका क्षेत्रलाई अझ आवश्यक रहेको कुरा अशिष्ट हुन सक्ला तर सम्पदा क्षेत्रमा काम गराइको कटुअनुभव यस्तै छ ।

सम्पदा संरक्षणमा स्थानीय जनसहभागिता नगराइनुको दुस्परिणाम हो- विश्व सम्पदा सूचीको सूचीबाट झिकी खतराको सूचीमा राखिनु । विगत चौबिस वर्षभत्र विश्व सम्पदास्थल क्षेत्रका जनतालाई यसरी घर बनाउनुहुन्छ र यसरी बनाउनुहुन्न भनेर नियम लाद्नेबाहेक तिनीहरूको समस्या के कस्ता छन् भन्ने बुझ्ने आवश्यक नै ठानिएन । सम्पदाविद् भनाउूदाहरूलाई थाहा नहुन सक्छ, आजभोलि प्रचलित र आपत्ति जनाइएका चार-पाूच तले सिमेन्टेड घरहरू बनाउनुभन्दा महूगो पर्छ, नेवार वास्तुकलाले युक्त कलात्मक घरको निर्माण गर्नु । विश्व सम्पदाको नाममा हुने आर्थिक कारोबार वा कार्यक्रमहरूमध्ये केही अंशमात्र ती क्षेत्रका जनताको हितका लागि प्रयोग गर्ने हो भने पनि उनीहरूलाई विश्व सम्पदाको महत्त्वमा बुझ पचाउनुपर्दैनथ्यो । स्थानीय जनतामा सम्पदासम्बन्धी जनचेतना छैन र जनचेतना बढाउने भन्ने कुरा किन पनि हाूस्यास्पद छ भने ती सम्पदाहरूको निर्माणमा तिनै घरपरिवारका बाबुबाजेहरूको पसिना लागेको छ । तत्कालीन समाजमा राजा वा राजपरिवार त संरक्षक र प्रोत्साहनमात्रै दिन्थ्ो, श्रमदान गर्नुका साथै आफूसूग भएका सामानहरू त जनताबाटै जुट्थ्यो । र, तिनका सन्तानहरूमा हस्तान्तरित सीप अझै पनि देख्न पाइन्छ । उनीहरूमा यसको महत्त्वको हेक्का नभएको होइन तर बाध्यतावश बुझ पचाउनुपर्ने स्थिति जुन सिर्जना भएको छ त्यसले राज्यको नीति निर्मातालगायत जान्ने-बुझ्ने भनाउँदाहरूको स्थानीय जनताप्रति हर्ेर्ने खराब दृष्टिकोण झल्काउँछ । यसै विषयमा युनेस्कोका एक अधिकारीसूग छलफल हुदा सम्पदास्थलका स्थानीय जनताका लागि भनेर कर छुट, सुविधाजस्ता छुट्टै कार्यक्रम युनेस्को आफैसूग पनि नभएको बुझियो जुन स्वयं युनेस्को विश्व सम्पदा समितिको पनि ठूलो भूल र सच्याउन सकिने कमजोरी हो ।

वडाध्यक्षको भन्दा आमाहरूका कुरा बिक्छन्

बसन्त महर्जन

आमाहरू घरमा मात्र होइनन्, बाहिर समाजमा पनि सक्रिय भई प्रभावकारी भूमिका निभाउन सक्छन् भन्ने कुराको उदाहरण पोखराका आमाहरूले दिएका छन् । समाजमा यहाँका आमाहरूको 'साख' कति छ भन्ने कुरा पोखरा क्षेत्रमा एकप्रकारले कहावतजस्तै बनेको छ, त्यो के हो भने, बरु वडाध्यक्ष वा सदस्यले भनेको कुरा कतिपय अवस्थामा नगरवासीले टेर्दैनन्, तर आमा समूहहरूले भनेको कुरा सरक्कै मान्छन्। झट्ट सुन्दा पत्याउन नसकिने कुराजस्तो लाग्छ यो, तर त्यहाँका जनप्रतिनिधिहरू पनि यो कुरा नकारिहाल्दैनन् । पोखरा उपमहानगरपालिकामा मात्रै पाँच दर्जनभन्दा बढी आमा समूह टोलटोलमा गठन गरिएका छन् । पोखरेली जनजीवनमा आमा समूह संस्कृतिकै एक पाटो बन्न पुगेको छ भन्दा फरक नपर्ने भएको छ । उपमहानगरपालिकाको कुनै भागमा पुगेर त्यहीं बसोबास गर्दै आइरहेका बच्चा, बूढा, युवा, युवती जोसँग पनि सो ठाउँका आमा समूहका सदस्यहरू कहाँ हुनुहुन्छ - भनी प्रश्न गर्दा जवाफमा उत्तरदाताको परिवार नै पर्ने गर्छन् वा उत्तरदाता आफैं पनि हुन सक्छन् । यस्ता समूह टोलैपिच्छे छन् । प्रत्येक समूहमा सरदर साठी सदस्य रहेका छन् । सुरुवातका आमा समूहहरूमध्ये एक भैरव टोल आमा समूहका अध्यक्ष गौरी शाही भन्छिन्, 'नौ वर्षघि हामीले समूह स्थापना गरेका थियौं । त्यतिबेला यस्ता समूह दर्ुइ-तीनवटा मात्रै थिए । हामीले राम्रो काम गरेको देखेर धेरैले टोलटोलमै यस्ता समूह खोल्न सुरू गरे । अन्य टोलका समूहहरूमा नयाँ विषयमा छलफल भयो भने त्यस्तै काम गर्न आमाहरू हौसिहाल्छन् । कहिलेकाहीं संयुक्त रूपमा पनि कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौं ।' गाउँमा धेरै काम आमा समूहमार्फ नै हुने गरेका छन् । सानो काम लिएर प्रहरी प्रशासनलाई गुहार्न गयो भने सो काम हुन महिना दिन लाग्छ । तर, आमा समूहको राय भने धेरैलाई चित्तबुझ्दो लाग्यो भने एकैछिनमा फैसला भइहाल्छ । धेरै खर्च पनि नलाग्ने, समयमै न्याय पनि पाइहाल्ने । धेरै गाउँलेको मन जित्न सफल भएका छन् यस्ता आमा समूह । नेपालमा नागरिकता ऐनअनुसार बाबुको सिफारिसबिना तथा स्वीकृतिबिना छोराछोरीले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्दैनन् । यस्तो अवस्थामा त्यस्ता छोराछोरीले नागरिकता नपाउने र त्यसबाट नागरिक हुँ भनेर शीर ठाडो पार्न मात्र नसक्ने नभई नागरिक भएको नाताले पाउनसक्ने सुविधाहरुबाट समेत बन्चित हुनु पर्दछ । मुलुकमा महिला अधिकारवादीहरु आमाको नामबाट पनि नागरिकता पाउनु पर्ने व्यवस्था हुनुपर्ने आवाज उठाइरहेका छन् । महिला जागृति आमा समूहका अध्यक्ष सुभद्रा कोइराला गर्वका साथ भन्छिन्- 'बाबु पत्तो नभएका छोराछोरीका लागि नागरिकता दिलाइदिने काममा हामी लागेका छौं र केहीलाई दिलाइ दिएका पनि छौं ।' आफ्नै पाराले उनी भन्छिन्, 'हाम्रैअगाडि हुर्के-बढेकी छोरीसित बिहे गरेर गर्भधारण गर्राई लोग्ने भाग्छ । कतिपयले स्वास्नी पनि स्वीकार्न मान्दैनन् । यसमा आमा र सन्तानको के दोष - तर, यसरी जन्मेका बालबालिकाले नागरिकता पाउँदैनन् । यस्ता सन्तान नेपाली नागरिकता पाउनबाट बन्चित नहोऊन् भन्ने हाम्रो भनाइ हो । विदेशीलाई नागरिकता दिलाउन त लागेका होइनौं नि हामी ।' आफूहरूले नागरिकताको प्रमाणपत्र दिलाइदिएकामध्ये स्थानीय बाराही माध्यमिक विद्यालयबाट एसएलसी उत्तर्ीण्ा गरेकी एउटी श्रेष्ठ थरकी युवतीका बारेमा उनी सुनाउँछिन्, 'यहाँ हाम्रै छिमेकी नानीलाई एउटा केटाले मन परायो र गर्भधारण पनि गरायो । तर, पछि घर भित्र्याउन मानेन र भाग्यो । बच्चा जन्माएर आमा पनि अन्तै लागी । सानी बच्चीलाई उनकी हजुरआमा र हामीहरूले हर्ुकायौं । तर, उनलाई नागरिकता दिलाउन निक्कै गाह्रो भयो । तर, लागिपर्‍यो भनेे असम्भव लाग्ने काम पनि सम्भव हुँदोरहेछ ।' उनी अगाडि थप्छिन्, 'महिला जागृति आमा समूहसहित परोपकार आमा समूह र जाल्पादेवी आमा समूह मिलेर केटाको नजिकको एकजना नातेदारलाई मनायौं र दुई वर्षअघि नागरिकता दिलायौं । यसरी नै नागरिकता दिलाउनुपर्ने बच्चाहरू अहिले पनि गाउँमा पाँचजना छन्, वृद्धाहरूले पनि पाइराखेका छैनन्, सबैलाई नागरिकताको प्रमाणपत्र दिलाउने कोसिस गरिरहेका छौं ।' घार्मी (पोखरा) मा एक आचार्यकी छोरीलाई लोग्ने र घरपरिवारले कम दाइजो ल्याएको भनेर हेप्ने, तर्साउने तथा सताउने गरेका थिए । गत मंसिर २४ गते विवाह गरेर ल्याइएकी ती महिलालाई अर्काको गर्भ बोकेकी भनेर घरपरिवारले कुटपिट गरे । राति जंगलमा फाल्न पनि लगे । यो कुरा थाहा पाएर महिला जागृति आमा समूह र मानव अधिकारवादी संस्थाको संयुक्त पहलमा यसविरुद्ध कारबाही चलाउन दबाब दिए । पछि लोग्नेलाई प्रहरी हिरासतमा र पीडित महिलालाई अस्पतालमा आफूहरूकै सक्रियतामा भर्ना गरिएको अध्यक्ष कोइराला बताउँछिन् । यस्ता आमा समूहहरू महिलाका समस्या समाधानमा मात्र सीमित छैनन् । आफ्नो टोलमा मन्दिरको निर्माण वा जीर्णोद्धार मात्र नभई दैनिक पूजापाठका लागि आवश्यक बन्दोबस्त पनि मिलाउँछन् । यसरी नै खानेपानीको ट्यांकी, किरियास्थललगायतका थुप्रै निर्माण कार्यमा आमा समूहको सक्रियता रहन्छ । पुरुषसँगको साझेदारीमा पनि यस्ता निर्माण कार्यहरू भएको पाइन्छ । महिला जागृति आमा समूहकै सक्रियतामा चार र पाँच वडाको बीचमा १७ लाखको पुल पुरुषसँगको साझेदारीमा बनाइएको छ । परोपकार आमा समूहका अध्यक्ष गोमादेवी गोदार आफ्नो समूहले सत्र-अठार लाखको आर्थिक कारोबार गरिरहेको बताउँछिन् । यी आमा समूहहरूको आर्थिक सफलताको एक उदाहरण मैदान आमा समूहले स्थानीय एक माध्यमिक विद्यालयलाई आर्थिक सहयोग दिइराख्नसक्ने हैसियतसमेत राखेकोबाट अनुमान गर्न सकिन्छ । पोखराका आमा समूहहरूको एउटा साझा विशेषता समूहमा आमाहरू मात्रै हुनु हो । यी समूहले बुहारीलाई उत्तराधिकारीको रूपमा लिइआएका छन् । आमा वा सासुभन्दा बुहारीहरू पढेलेखेको हुनेहुँदा तिनीहरुको सहभातिता बढाउँदा अझ राम्रो हुने देखिन्छ । तर आमाहरुको तर्क आफ्नै छ, भन्छिन्- सासु बुहारी दुवै समूहमा लाग्दा घर कसले हेर्छन् त ? आमाहरूले नसक्ने ठाउँमा जान र काम गर्न बुहारीहरूलाई बोलाउने र सहयोग लिने गरेकै छौं ।' यसरी नै बिहे नै नगर्ने गरी माइतमा नै बसिरहेका बाहेक अरु छोरीहरुको भूमिमा काम पर्दा सहयोगीको रुपमा मात्रै हुने गरेको छ । त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध मानवशास्त्री सुरेश ढकाल आमा समूहहरूको क्रियाशीलता समाज विकासका लागि उदाहरणीय हुने बताउँछन् । स्थानीय स्रोतसाधनमा आधारित यो क्रियाकलाप दर्ीघकालीन विकासको दरिलो आधार हुने विचार उनको छ । उनी भन्छन्, 'यी आमा समूहले स्थानीय साधनस्रोत जुटाउनु र दश-बाह्र लाखको आर्थिक कारोबार गर्नु आफैंमा ठूलो कुरा हो । यस्ता क्रियाकलापको विस्तार अन्यत्र पनि गरिनु पर्छ ।' समूहहरूको नियमित आर्थिक स्रोत सदस्यहरूबाट महिना-महिनामा उठाइने 'लेबी' रहेको छ भने अन्यमा भैलो, चन्दा, स्थानीय निकायबाट पाइने आर्थिक सहयोग, तालिमबाट उठ्ने पैसा रहेको छ । कुनैकुनै आमा समूहका आफ्नै भवन छन् । उनीहरूले केही कोठा भाडामा पनि दिएका छन् । कसैले त विदेशबाट लाहुरेहरू घर र्फकंदा आफ्नो टोलको आमा समूहलाई चार-पाँच हजार चन्दा दिने गरेको पनि पाइन्छ । मैदान आमा समूहकी अध्यक्ष लक्ष्मी बस्नेत भन्छिन्, 'हामी त गाउँमा कसैको बिहे भयो भने रत्यौली पनि खेल्न जान्छौं र त्यसबापत आएको रुपैयाँ समूहमा राख्छौं ।' समूहमा जम्मा भएको रकम सदस्यहरू आफ्नो कमाइ ठान्छन् । उनीहरूको सक्रियता, लगनशीलता र प्रभावकारिताबाट प्रभावित भएर अन्तर्राष्ट्रीय गैरसरकारी संस्थाहरूको ध्यान जान थालेको छ । दातृ राष्ट्रद्वारा सञ्चालित कामहरू दिगो नहुने यथार्थका कारण उनीहरू आमा समूहरूको कामप्रति आकषिर्त भएको कुरा मैदान आमा समूहकी अध्यक्ष लक्ष्मी बताउँछिन् । (सञ्चारिका लेखमाला/सञ्चारिका समूह)

दरवार आफै चेलिबेटी बेचबिखनमा लागेको समय

बसन्त महर्जन

नेपाली चेलिबेटीहरु विदेशमा बेचिने कुरा अब त नौलो पनि रहेन तर यसको इतिहास कति पुरानो होला - वा शुरुमा यसरी चेलिबेटी बेचविखनमा कसको संलग्नता रह्यो र त्यो कुन वर्गबाट थियो होला भन्ने प्रश्न बडो चाखलाग्दो हुन्छ ।आजभोलि त भारतको मुख्यतः बर्म्बई शहरमा लगेर नेपाली चेलिबेटी बेचिने गरेको र त्यहींबाट विश्वका अन्यत्र पनि पुर्याइन्छ भन्ने कुरा घाम जतिकै र्छलंग भइसकेको कुरा हो ।नेपाली चेलीहरु बेच्ने कार्यमा ठूल्ठूला शक्ति केन्द्रहरु नै लागेको हुन सक्ने अनुमान पनि गरिन्छ ।यस्ता कार्यमा संल्ाग्नहरु भनी जति समाटिए पनि यो समस्या घट्नुका साटो बढ्दो देखिएकोले यस्तो अनुमान गर्नुमा तुक पनि देखिन्छ ।यस कार्यमा संलग्न रहेका ठूल्ठूला शक्तिहरु खोज्दै जा“दा तिनीहरु शुरुदेखि नै देखा पर्दछन् वा भनौं यस्तो घृणित कार्यको शुरुवात नै यिनीहरुबाट भएको पाइन्छ । सोझै भन्दिने हो भने इतिहासमा क्रूरताको प्रतीक नै भएका श्री ३ महाराज तथा प्रधानमन्त्री जंगबहादुर राणाको नामसम्म यसमा जोडिएको छ र अरु ऐतिहासिक दस्तावेजहरु नभेटिएसम्म उनैलाई नेपाली चेलिबेटीहरुको बेचविखनका संस्थापको रुपमा लिन सकिन्छ । जंगबहादुरको बेलामा नेपाली चेलिबेटीहरु बेचिनु साधारण कुरा नै भइसकेको देखिन्छ । इतिहासकार ज्ञानमणि नेपालले प्रकाशमा ल्याएका केही ऐतिहासिक पत्रहरुबाट यो कुरा प्रमाणित नै भएको छ । ती पत्रहरुको अध्ययन गर्दा तत्कालिन समाजमा राज्यकोषबाट खर्च गरेर देशका विभिन्न भागहरुबाट चेलिबेटीहरु ल्याइने, दरवारमा तिनीहरुलाई यौनजन्य प्रयोगमा लगाइने र पछि विदेशमा बेच्न पठाउने गरेको बुझिन्छ । इतिहासकार नेपालका अनुसार तत्कालिन नेपालको प्रतिनिधि भएर भोटमा बसेका वकीलमार्फ राणा प्राइममिनिष्टरको अनुमति लिएर यो व्यापार चल्दथ्यो । वि.सं.१९२४ को हिउदमा श्री ३ महाराज तथा प्रधानमन्त्री जंगबहादुर राणाले नैनशोभा नाम गरेकी एक नेपाली चेलीलाई भोटमा बेच्न पठाएको बेहोरा इतिहासकार ज्ञानमणि नेपालले आफ्नो 'नेपाल निरुक्त'मा दिएका छन् । सोही पुस्तकमा यस सम्वन्धी पत्रहरु संलग्न छन् । पत्रअनुसार नैनशोभालाई भोटमा लगेर बेच्नू भन्ने आदेश दिई दुई सिपाही साथ लगाएर भोट पठाएका थिए । नैनशोभालाई कुतीमा पुर्याएपछि त्यहाका ढेवा झुम्पुनहरुले भोट सरकारको इजाजत विना नेपाली आइमाईलाई प्रवेशाज्ञा दिन नसक्ने भनेपछि थापाथली दरवारले नैनशोभा तिब्वतमा बस्ने वकीलको कमारी भएको र उसलाई काम गर्न सघाउनका लागि भनी झुठो बेहोरा पठाइदिएको थियो । नैनशोभा वकीलको कमारी थिएनन् र उनलाई भोटमा पठाउनुको कारण बेच्नलाई नै हो भन्ने क्ुराको पुष्टि तत्कालिन नेपाली वकील कप्तान जितमान सिंह खत्रीले लेखेको अर्को पत्रबाट बुझिन्छ । उनले पत्रमा ल्हासामा रहेकी नैनशोभा धेरै दिनसम्म पनि बिक्री हुन सकेकी छैनन् तर हिउ“द पनि लाग्यो, टाढाबाट आउने गोलक खम्पा डुक्पाहरुलाई राम्रो पैसामा बेचौंला भन्ने व्यहोराको कुरा थापाथली दरवारमा लेखेका थिए । यसरी नै तत्कालिन चीफ साहेब रणोद्दीपसिंहले उनै वकीललाई लेखेको पत्रमा 'त्यो केटी चाँडै बेच्नू, बेचेपछि फलाना ठाउ“मा यति रुपैया“मा बिक्री भई भन्ने खबर लेख्नु, नबिकुन्जेल आफ्नै साथमा राख्नु, कतै भागी नासी जान नपाओस्' भन्ने कुरा लेखेको छ । यस्तो चिठ्ठी लेख्ने अरु कोही नभएर स्वयं जंगबहादुरका भाइ तथा जंगबहादुरपछि नेपालको श्री ३ महाराज तथा प्रधानमन्त्री बन्ने व्यक्ति हुन् । नैनशोभा वि.सं.१९२५ कार्तिकसम्म पनि बिक्री भइसकेको थिएन भन्ने कुरा पनि सोही पत्रबाट बुझिन्छ । राज्यबाट नै नेपाली चेलीबेटी बेचबिखन हुनुका कारणबारे चर्चा गर्दा तत्कालिन राजनीति र सामाजिक जीवनतर्फपनि ध्यान दिनु पर्ने हुन्छ । वि. सं.१९०३ मा दरवारभित्र मुख्यमुख्य भारदारहरुलाई काटी अधिकार हातमा पारेर जंगबहादुर प्रधानमन्त्री बनेका थिए । यो घटना 'कोर्टपर्व' नामले इतिहासमा चिनिन्छ । कोटमा बचेखुचेका तर आफ्ना विरोधीहरुलाई भण्डारखाल बगैंचामा काटिएपछि देशको र्सर्वेर्सवा उनी नै हुन पुगे । षड्यन्त्रपूर्ण राजनीतिमा निकै सक्रिय हुनुका साथसाथै जंगबहादुर अति नै स्त्री लम्पट पनि थिए भन्ने कुराको खुलाउने थुप्रै दस्ताबेजहरु र घटना विवरण पाइन्छ । उनको ल्याइते र ब्याइते स्वास्नीहरुमात्रै कति छन् भनेर गनिनसक्नु थियो भने यौन सर्म्पर्कका लागिमात्रै पनि व्यवस्था गरिएको हुन्थ्यो । देशभित्र तथा बाहिर विशेषतः भारतमा राम्रा राम्रा आइमाईहरु खोज्न जागीर दिएरै पनि मान्छेहरु खटाइएको हुन्थ्यो । राजधानी काठमाडौंमा नै पनि कति आइमाईहरुलाई राणाहरुको आ“खाबाट जोगिनु अति नै गार्हो काम हुन्थ्यो भन्ने कुरा उत्ति बेलाका मान्छेहरु अहिले पनि सुनाउने गर्दछन् ।राजनीतिक शक्ति उसको हातमा थियो र त्यो श्ाक्तिस“ग जनता दबिएका थिए । यसरी ठाउ“ठाउ“बाट उठाएर ल्याइएका आइमाईहरु स“धै आफै कहा“ उनी राख्दैनथ्यो । केही समयपछि बेच्नका लागि भोटतिर पठाइन्थ्यो भन्ने कुराको एउटा उदाहरण नैनशोभा पनि हो । उनलाई पत्रमा थापाथलीकी भनिएको छ । राणा कालमा शासकहरुबाट र्सवसाधारण नेपाली चेलिबेटी मात्रै नभई दरवारमा हुर्केकी राजकुमारीसहित बेचिन पुगेका घटना घटेको पाइन्छ । राजकुमारी धतुरी मैंया“ काशीमा बस्ने पद्मप्रसादबाट १३०० रुपैयामा कलकत्तामा हीरालाल भन्ने वेश्याकोठी संचालककहा“ बेचिएकी थिइन् । तेज कुमारी भन्ने एउटी नेपाली चेलिबेटी त हीरालालको कोठीमा निकै पाशविक यातना पाई विरामी भएर मरेकी पनि थिइन् । तत्कालिन समयमा कलकत्तामा नेपालीहरु मिलेर खोलिएको 'गोर्खा कल्याण संघ'को एक वैठकमा भाग लिन संघका एक कार्यकारी सदस्य खड्ग बहादुर सिंह सन् १९२६ अप्रैलतिर चितपुरतिर गइरहेको बेला एक विशाल भवनको माथिल्लो तलाबाट एउटी युवतीले चिठ्ठी खसालेर पठाएकी थिइन् । सो चिठठीमा आफ्नो परिचय दिंदै आफू त्यहा“ बेचिएको, इच्छा विरुद्ध बस्नु परेको कुरामात्रै नभई त्यस ठाउ“मा अरु पनि थुप्रै चेलिबेटीहरु भएको खबर गरिएको थियो । सो चिठ्ठी पढेपछि युवक खड्ग बहादुरले हीरालाल मारवाडीको हत्या नै गरी चेलिबेटीहरुको उद्धार गरेका थिए । यो हत्याकाण्ड संसारभरका समाचारपत्रहरुमा एक सनसनीखेजको समाचारको रुपमा फैलिएको थियो । तत्कालिन गोरखापत्र, राजभक्ति, तरुणगोर्खा, गोर्खासंसारजस्ता नेपाली पत्रिकाहरुमा पनि यो समाचार प्रकाशित भएको थियो । कुनै अर्को राज्यमा आफ्नो राज्यका चेलिबेटीहरुलाई उपहारका रुपमा पठाइने कुरा त अन्यत्र मुलुकहरुमा पनि पाइन्छ तर बेच्न कै लागि भनी राज्य शक्ति नै लागेको भने नेपालमा बाहेक अन्यत्र पाइ“दैन । राणा कालमा जनताका चेलिबेटीहरु बेचिने घटना साधारण नै भएको कुराको पुष्टि दरवारमा नै हर्ुर्केकी राजकुमारी नै पनि एक पल्ट बेचिन पुगेबाट हुन्छ । यसबाट के बुझिन्छ भने उत्तिखेर नेपाली चेलिबेटीहरु तिब्बतमा मात्रै नभई भारतमा पनि हुन्थ्यो । आजभोलि तिब्बततर्फयस्तो घटना हुने गरेको नपाइएपनि बर्म्बई शहर अन्य मुलुकहरुसम्म पुर्याइने 'टान्जिट प्वाइन्ट' भएको । तर आजभोलि यस कार्यमा कसको र कुन वर्गको संलग्नता छ भन्ने कुरा खुल्दैन, अनुमानसम्म हुन्छ तर तिनीहरुमाथि निगरानी र अनुसन्धान हुन नसक्दा नैनशोभाजस्ता लाखौं नेपाली चेलिबेटीहरु संसारका धेरै मुलुकहरुमा बेचिएका छन् ।
(साभार : Hasana Magazine)


सीमित घेरा तोड्नु पर्छ नेपाल सम्वत् पक्षधरहरूले

- बसन्त महर्जन

प्रत्येक वर्ष लक्ष्मीपूजाको दिन नेपाल सम्वतको वर्षान्त भई कात्तिक शुक्लप्रतिपदादेखि नयाँ वर्षसुरु हुन्छ । यो दुई-चार दिनभित्र धेरै उत्सवको जमघट हुँदा वातावरणमा रौनकता आउँछ नै । तर, ती उत्सवलाई केलाउन र विश्लेषण गर्न नसक्दा भ्रम उत्पन्न हुनेमात्र होइन, भ्रमको खेती गर्न पल्केकालाई समेत प्रशस्त मलजल हुन्छ । प्रसंग नेपाल सम्वत् र यसको नयाँ वर्षो उपलक्ष्यमा हुने गतिविधिको हो र यही प्रसंगमाथि दुई चार प्रश्नसहितको चर्चा यो लेखको सीमाक्षेत्र हुन्छ । नेपाल सम्वत् र भ्रमको खेती नेपाल सम्वत् नेवार समुदायको मात्र सम्वत् हो भन्ने भ्रम रहेको पाइन्छ । यसमाथि चर्चा गर्नुअघि यो सम्वत् सुरु हुँदाको तत्कालीन नेपालको भूगोलबारे गम्नु आवश्यक हुन्छ । हालको काठमाडौं उपत्यका वा तत्कालीन नेपालमण्डल नै नेपालको सीमा थियो र त्यस क्षेत्रका बासिन्दा आजभोलि नेवारको रूपमा चिनिन्छन् । राजा पृथ्वीनारायण शाहपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै नेपाल भयो । एकीकृत नेपालको एउटा प्रमुख विशेषता यसको विविधता पनि हो । नेपालभित्र जहाँ जे भए पनि ती सबै नेपाली नै हुन्छन् । यही राष्ट्रको दर्शन तथा एकताको सूत्र हो । नेपाल सम्वत्लाई आफ्नो काँधमा बोकेर ल्याउने कार्य तत्कालीन नेपालका नेवारले गर्‍यो भन्दैमा त्यो नेवारकै मात्र हुँदैन । तत्कालीन अवस्थामा बनाइएका पशुपतिजस्ता हजारौं ठूलासाना मन्दिर, कैयौं दरबार, पाटी, पौवा, धारा, कुवामात्र नभई नाचगान, भेषभूषा, गीत-संगीत, चालचलन आदिलाई 'नेवार सम्पदा' नभनी नेपाली सम्पदाको रूपमा लिने गरिन्छ । त्यसरी नै सम्वत् पनि नेपाल सम्वत् हो । तर, एक समय सरकारी सञ्चार माध्यम गोरखापत्रकै थुप्रै अंकमा समेत यसलाई नेवार सम्वत् वा नेवारी सम्वत्का रूपमा प्रकाशित गरिएको पाइन्छ । जातीय द्वेष फैलाउन पल्केकाहरूले नै नेपाल सम्वत् र नेवार समुदायलाई एकै ठाउँमा राख्ने र अनावश्यक रूपमा सम्वतविरुद्ध वक्तव्य दिन थाल्दा नेवार समुदायले त्यस्ता हरेक वक्तव्य आफूमाथि धावा बोलेको रुपमा लियो र यस विषयमा धेरैमात्रामा मनोवैज्ञानिक असर पर्‍यो । नेवार समुदाय आफ्नै भाषा, लिपि, साहित्य, संस्कृति आदिले सम्पन्न भएको कुरामा दुई मत नहोला । यस्तो अवस्थामा यो समुदायले हर उत्सवलाई आफ्नै ढंगले मनाउनु स्वाभाविक पनि हो । नयाँ वर्षो शुभकामनाको अनुवाद नेपाल भाषामा 'न्हू दँया भिन्तुना' हुन्छ । शुभकामनाको सोझो र स्पष्ट अर्थ लाग्ने 'भिन्तुना' शब्दमै भाषिक अनभिज्ञता वा अन्य कुराले प्रेरित भई साम्प्रदायिकको आक्षेप लगाउने कार्य बौद्धिक वर्गबाटै हुनु र शुभकामना र्‍यालीमाथि प्रहरी हस्तक्षेप गर्राई सहभागीहरूलाई हिरासतमा लिइएको खबरले भ्रमको खेतीमा प्रशस्तै मलजल मिलेको थियो । नेपाल सम्वत्को पक्षमा रहेकाले पनि यसलाई नेवार समुदायकै रूपमा लिएको पाइन्छ । गैरनेवारहरू यस अवसरमा शुभकामना व्यक्त गर्दा 'भिन्तुना' नै भन्न पुग्छन् । नेपाल सम्वत्को नयाँ वर्षो अवसर पारेर नेपाली भाषाका पत्रपत्रिकाले विशेषांक निकाल्दा पनि नेपाल भाषामा प्रकाशित गरेको पाइन्छ । केही वर्षघिदेखि राष्ट्रियस्तरका दैनिक पत्रपत्रिकाले पनि यसको अवसरमा केही विशेष प्रकाशन गर्दछन् तर तिनले पनि 'न्हूद“या भिन्तुना' वा 'भिन्तुना' शब्द प्रयोग गरेकै पाइन्छ । यस्तो लाग्छ( उनीहरूको बुझाइमा नेवारी शब्द राख्नु अनिवार्य र यस्तो नगरिए नेपाल सम्वत्माथि अन्याय हुन्छ । नेपाल सम्वत् र म्हपूजा नेपाल सम्वत् नेवार समुदायकै हो कि जस्तो लाग्ने अर्को एउटा भ्रम म्हपूजा पनि रहेको छ । यो नेवार समुदायमा प्रचलित बेग्लै पूजा हो । आफूलाई आफैंले पूजा गर्ने र सुख-शान्तिको कामना गर्ने यो पूजा पनि नेपाल सम्वत् फेरिने दिनमै पर्दछ । म्हपूजा नेवार समुदायको एउटा प्रमुख र आवश्यक कार्य भएकोले नेपाल सम्वत् सुरु गरी म्हपूजा गर्ने चलन चलाएको भन्ने भ्रम उत्पन्न भएको हो । पूर्वीय मतअनुसार कात्तिक शुक्ल प्रतिपदालाई शुभ दिनका रूपमा लिने भएकाले संयोगले यी दुवै एकै दिनमा परेको हुनसक्छ । नेपाल सम्वत्भन्दा अघिल्ला सम्वत्हरूको वर्षफेरिने दिन पनि यही दिन परेकाले यस्तो अनुमान लगाउन सकिन्छ । तर, नेपाल सम्वत् यो वर्षभर्खर ११२४ पुग्छ भने म्हपूजाको प्रचलन आजभन्दा १५ सय वर्षघि नै देखिने ऐतिहासिक लिखत पाइन्छ । नेपाल सम्वत् र नेवार समुदाय नेपाल सम्वत्लाई नेवार समुदायभित्र लेखापढी र हिसाब-किताबमा मात्र सीमित नराखी शुभकामनाको आदान-प्रदान र व्यापकता दिने कार्यमा नेपाल भाषा मंकाः खलःको योगदानलाई नकार्न सकिँदैन । नयाँ वर्षो अवसरमा शुभकामना दिन र्‍याली र र्सार्वजनिक समारोहहरू नै आयोजना गर्न थालेको पनि बीस-बाइस वर्षभयो । तत्कालीन पञ्चायती व्यवस्थामा यस्ता सभा, सम्मेलन, र्‍यालीजस्ता कार्यक्रम आयोजना गर्नु कठिन कार्य थियो । नयाँ वर्षो उपलक्ष्यमा शुभकामना र्‍यालीसँगै यस सम्वत्लाई सरकारी मान्यताको माग पनि राखियो । यसको आयोजना नेवार समुदायबाट भएपछि यस अवसरमा आफ्ना अन्य कुरा पनि राख्ने त भइहाल्यो । राजा पृथ्वीनारायण शाहको लगत्तै नेवार समुदायले आफूमाथिको थिचोमिचो अनुभव गर्नु नपरे पनि राणाकालको सुरुसँगै भाषालगायतका कुरामा राज्य पक्षबाट थिचोमिचो गरेको कटु अनुभव गर्नुपरेको थियो । राजा प्रतापसिंह शाहको बेलासम्म नेपालको वैदेशिक सन्धि-सम्झौताहरू नेपाल भाषामा पनि हुन्थ्यो भने राजा राजेन्द्रविक्रम शाहले त नेपाल भाषाको साहित्यमा आफूलाई एक लेखकका रूपमा स्थापित गर्दै 'महासत्वपाख्याना' नाटक नै लेखेका थिए । शाहवंशीय राजाहरू नेवार समुदायको भाषा, साहित्य, संस्कृत्रि्रति सकारात्मक देखिए पनि जहानियाँ राणा शासकहरूको उदयसँगै नेवार समुदायलाई दमन गर्ने क्रम बढेको हो । नेपाल भाषामा लेखिएका लिखतले सरकारी मान्यता नपाउने उर्दीमात्र जारी गरिएन, टेलिफोनमा कुरा गर्दासमेत उक्त भाषा प्रयोग गर्नमा बन्देज लगाइयो । मातृभाषाको मोहमा एउटा सामान्य कविता लेखेबापत पनि जेल सजाय भोग्नुपरेका नेवारहरू र राणाकालपछि पनि त्यस्ता कटु अनुभव गर्नुपरेपछि असन्तुष्टि हुनु स्वाभाविक हो । पञ्चायत कालमा सम्वत्लाई सरकारी मान्यता दिलाउन नारा लगाउँदा यो समुदायले भाषिक अधिकारको कुरा पनि अघि सार्‍यो । यस्ता कुराले पनि नेपाल सम्वत् नेवार समुदायको मात्रै हो कि भन्ने भ्रम परेको हुनसक्छ र भाषिक कुराप्रति विमति राख्नेहरूले सम्वत्लाई पनि तोडमतोड गरेर यसलाई खुम्च्याउनतिर लागे । सरकारी मान्यता र यसको औचित्य यो तथ्यपूर्ण कुरा हो कि, संसारमा एउटैमात्र यस्तो सम्वत् छ, जसको नाम राष्ट्रको नामबाट रहेको छ । नेपालबाटै सुरु भएको यो सम्वत् राष्ट्रिय सम्वत् त हुँदै हो । नेपाल सम्वत्का पक्षधरहरू यसलाई सरकारी मान्यता दिलाउन चाहन्छन् । प्रत्येक वर्षनिस्कने शुभकामना र्‍यालीमा एउटा नारा हुने गरेको छ- नेपाल सम्वत् राष्ट्रिय सम्वत्, सरकारी मान्यता पाउनर्ैपर्छ । विवादको कुरा सरकारी मान्यतासम्बन्धी पनि रहेको छ । यो त नेवार समुदायको सम्वत् हो, कसरी राष्ट्रिय हुन्छ र सरकारी मान्यता दिन मिल्छ भन्ने प्रश्न उठाइएको पाइन्छ । सम्वत्सँग नेवार समुदायको कुराको खण्डन त माथि भइसक्यो र रह्यो सरकारी मान्यताको । नेपाल सम्वत् अराष्ट्रिय सम्वत् र हिजोआजमात्र प्रचलित भएको होइन । तत्कालीन राजाको स्वीकृतिबाट चलाइएको यो एकताका राज्यको एकमात्र संवत्को रूपमा प्रचलनमा रहेको थियो । आफ्नो निधिको रूपमा देखाउन पाउने यो सम्वत्लाई सरकारी मान्यता दिएरै पनि वर्तमान नेपाललाई के नै पो घाटा हुन्छ र ? विवाद गर्नेहरूको एउटा मत छ, नेपालमा विक्रम सम्वत् र इस्वी सम्वत् गरी दुई वटा चल्तीमा छन्, फेरि नेपाल सम्वत्लाई पनि मान्यता दियो भने काम गर्न अप्ठ्यारो हुँदैन र ? साँचो कुरा त के हो भने, हामीलाई तीनवटा सम्वत्को त के कुरा, दुई वटा पनि बढी छ । यो त दैनिक र व्यावहारिक कामकाजलाई सजिलो पार्ने कुरामात्र हो । नेपाल सम्वत्का पक्षधरलाई चोट लाग्ला तर जसरी विक्रम सम्वत् वैज्ञानिक छैन, त्यसरी नै नेपाल सम्वत् पनि वैज्ञानिक र व्यावहारिक छैन । दैनिक कामकाजमा यसले कहिलेकाहीँ त द्विविधामा पनि पार्दछ । नेपालमा विक्रम सम्वत्को प्रयोग अचम्मलाग्दो छ । यो सम्वत्सँग नेपालको गोरु बेचेको साइनोसम्म पनि लाग्दैन । लिच्छवीकालमा विभिन्न सम्वत् प्रचलित थिए भने मध्यकालमा नेपाल सम्वत्ले ठाउँ पायो । राजा पृथ्वीनारायण शाहले शक सम्वत्लाई पुनर्स्थापित गरेको पाइन्छ । तर, पुनर्स्थापित शक सम्वत्लाई राणाकालमा किन विस्थापित गरियो भन्ने खोजीको विषय हो भने नेपाल सम्वत्का विरोधीहरू विक्रम सम्वत्को पक्षमा नजानिँदो पाराले लागेका छन् । विक्रम सम्वत्सँग यतिबिघ्न मोह वा आसक्ति किन हो, बुझ्न सकिँदैन । आफ्नो जन्मभूमि भारतमै व्यापकता नपाएको विक्रम सम्वत्लाई नेपालमा राज्यले नै काखी च्यापेर हिँड्नुको औचित्य छैन । कुन सम्वत्लाई कसरी लिने ? माथि भनियो, नेपाल सम्वत् पनि वैज्ञानिक, व्यावहारि र व्यापक छैन । भावुकतामा बगेर यसलाई नै सरकारी कामकाजको सम्वत् बनाउनु पर्छ भन्नु कट्टरता हुन्छ । यो सम्वत्मा भएका कमीकमजोरीमा परिमार्जन तत्काल सम्भव पनि देखिँदैन । विक्रम सम्वत्मा पनि नेपाल सम्वत्जस्तै वैज्ञानिकता, व्यावहारिकता र व्यापकता छैन । यस्तो समान समस्या रहेको अवस्थामा विक्रम सम्वत्लाई मात्र काखी च्यापेर स्वदेशी नेपाल सम्वत्लाई पाखा लगाउनु राष्ट्रिय गौरवको विषयमा उचित होइन । फेरि, एउटैमात्र सम्वत् चलाउनु व्यावहारिक हुने अवस्थामा कुनै ऐतिहासिक, राजनीतिक, सामाजिक, आर्थिक सम्बन्ध नभएको विक्रम सम्वत्लाई विस्थापित गरी इस्वी सम्वत्लाई प्राथमिता दिनुपर्ने देखिन्छ । इस्वी सम्वत्को प्रयोगबिना वर्तमान नेपाल चल्नै नसक्ने भएको छ । चीन, जापानजस्ता समृद्ध प्राचीन सभ्यता भएको र अहिले पनि विश्वशक्तिको पर्यायकै रूपमा रहेकाहरू पनि अहिले इस्वी सम्वत्लाई प्रमुख रूपमा प्रयोग गर्दछन् । यसको कारण हो- आफूसँग भएका कैयौँ सम्वत्को तुलनामा इस्वी सम्वत् बढी वैज्ञानिक र विश्वव्यापी प्रयोगमा छ । अनि नेपाल सम्वत्लाई के गर्ने त - भन्ने सवाल पनि स्वाभाविक रूपमा उठ्छ । नेपाल सम्वत् विक्रम सम्वत्जस्तो विदेशी सम्वत् नभएर नेपालकै माटोपानीमा हुर्केर अहिलेसम्म प्रचलित रहेकोले उच्च सम्मान दिनु पर्दछ । उच्च सम्मानको अर्थ राष्ट्रिय भावनाको विकास गर्न र उपयोगी ठाउँमा प्रयोग गर्नु हो । नेपाल सम्वत्को सम्मान कसरी गर्ने ?यसमा दुई मत नहोला कि, नेपाल सम्वत्ले शनैःशनैः व्यापकता पाउँदै गएको छ । हिजो काठमाडौं उपत्यकामा सीमित सम्वत्ले अधिराज्यव्यापी प्रचारप्रसार पाउनु आफैंमा यसको सम्मान हो । नयाँ वर्षो शुभकामना आदान-प्रदान हुन्छ, शुभकामना र्‍यालीलगायत विभिन्न कार्यक्रम आयोजना गरिन्छ । विभिन्न गतिविधिले यहाँ आफ्नै प्रकारको रौनकता बढाउँछन् । तर, समय र परिस्थितिअनुसार यी गतिविधि सञ्चालित छन्-छैनन् समीक्षा गर्नु पनि उत्तिकै आवश्यक छ । आज नेपाल सम्वत्सम्बन्धी जति गतिविधि बढे पनि त्यो दर्ुइ दसकअघिको विस्तारित रूपमात्र हो, नयाँ सोचाइ र योजनाको अभाव छ । जसरी हिजो नेवार समुदायकै वर्चस्व थियो, आज पनि त्यस्तै छ । मानौँ, यो नेवार समुदायको मात्रै हो । यस अवसरमा प्रयोग गरिने नारा पनि हिजो जस्तो थियो, त्यस्तै छ । नेवार जातिलाई हिजोका दिनमा आफ्नो भाषिक अधिकारको कुरा सडकमा उठाउने एउटा मञ्च थियो । तर, आज त्यसका लागि अलग्ग्ौ कार्यक्रम बनाउन सकिन्छ । यसरी नै नेपाल सम्वत् जति पनि कार्यक्रम मनाइन्छ वा नारा लगाइन्छ, वर्षो एकपल्टमात्र हुन्छ । शुभकामना र्‍यालीमा गम्भीरता पाइँदैन । हिँडेर गरिने र्‍याली होस् या मोटरसाइकलमा गुडेर, मानिसहरू मनोरञ्जनबाट प्रेरित देखिन्छन् । यसरी नै शुभकामना र्‍याली राजनीतिक पार्टी लागि शुभकामनाका नाममा राजनीतिक गतिविधि बढाउने राम्रो अवसर भएको छ । काठमाडौंमा हुने शुभकामना र्‍यालीमा ती पार्टी नेता तथा कार्यकर्ताको ओइरो त लाग्छ तर उनीहरू नेपाल सम्वत्को महिमा बुझेर आएको भनिहाल्न मिल्दैन । पार्टीलाई यसको आवश्यकता बोध भएको भए काठमाडौंमा मात्रै, त्यो पनि नेवार बस्तीमा मात्रै किन आउनुपर्‍यो - मेचीदेखि महाकाली र हिमालदेखि तर्राईसम्म यसको आह्वान किन गरिँदैन ?नेपाल सम्वत्लाई व्यापकता दिने कार्यमा नेपालभाषा मंकाः खलःले अगुवाइ त गर्‍यो तर यो नेवार समुदाय र नेवार बस्तीमै सीमित छ । अन्य समुदायबीच नेपाल सम्वत्का लागि आफूजस्तै संगठन बनाउन यसले सकेन वा ध्यान दिएन । नेपाल सम्वत् आफ्नो समुदायको मात्र निधि भएको आशय त यसले व्यक्त गरेको पाइँदैन तर यसमा अरूलाई पनि समेट्दै लाने योजना बनाएको पाइँदैन । आफू नेवार संगठन भएको नाताले नेवार समाजमै सीमित हुन नपाइने पनि होइन । तर, यसलाई नेवारभित्र सीमित राखिँदा यसको गरिमा र महिमा संकुचित हुन जाने डर पनि रहेकोले अगुवाका नाताले यसलाई राष्ट्रव्यापी बनाउन पहल गर्नु मंकाः खलःको दायित्व हुन्छ । तर, मंकाः खलः काठमाडौं जिल्लाभित्र पनि सानो भूगोलमा सीमित भई एउटा शुभकामना र्‍याली र रक्तदान तथा टेबुलटेनिस प्रतियोगिताजस्ता झिनामसिना कार्यक्रममा अल्भिmरहेको छ । फेरि अर्को कुरा त के हो भने, नयाँ वर्षो अवसरमा मंकाः खलःद्वारा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्रीको उपस्थिति त हुन्छ तर त्यसमा सशक्तता हुँदैन । प्रमले पनि केही आश्वासनसहित नेपाल सम्वत्लाई नेवार समुदायकै मात्र भएजस्तो भ्रम हुनेगरी भाषण दिएर जान्छन् र वर्षदनसम्म केही गरिँदैन । मंकाः खलः स्वयंले पनि वर्षा एकपल्ट कार्यक्रम आयोजना गरेर औपचारिकता निर्वाह गर्नुबाहेक केही गर्न सकेको छैन । नेपाल सम्वतको प्रवर्तकका रूपमा लिइएका शंखधर साख्वाःलाई राष्ट्रिय विभूतिका रूपमा घोषणा गरिए पनि यसलाई सम्वत्लाइ सरकारी मान्यता दिएको वा नदिएको स्पष्ट नहुँदा अन्योल कायमै छ । प्रवर्तक नै राष्ट्रिय विभूतिका रूपमा घोषित भएपछि नेपाल सम्वत्ले सरकारी मान्यता पाएको रूपमा हेर्न सकिन्छ र सरकारी मान्यता पाउनुपर्ने माग भइरहनुको औचित्य देखिँदैन ।

लुम्बिनीको विकास र केशरशमशेरको योगदान

- बसन्त महर्जन

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विषयमा चर्चा हुँदा विशेषतः त्यहाँको पुरातत्वको विषयमा जोसुकैले पनि सजिल्यैसित टिप्पणी गर्ने कुरा हो- त्यहाँ केशर शमशेरले धेरै महत्वपूर्ण पुरातात्विक कुराहरूको नष्ट गरे । उनको काम गराइ वैज्ञानिक थिएनन् र उत्खनन्को प्रतिवेदन पनि प्रकाशित गरेनन् । यस्तो आरोप अरु त अरु, पुरातत्वको विषयमा मात्र नभई लुम्बिनीको सामान्य ज्ञानसमेत नभएका जो सुकैले पनि लगाउने गरेका छन् र केशरशमशेरलाई दोष लगाउनु वा गाली गर्नु नै विद्वताको मापदण्डजस्तै भएको छ । यसरी आरोप लगाउनेहरुलाई के कुरामा सजिलो छ भने, आरोपित व्यक्तिको दिवंगत भैसकेको छ र आरोपको आधार देवला मित्रा र पछि अन्य पुरातत्वविद्हरूले पनि यस्तै आरोप लगाएका छन् । तर एउटका अचम्मको कुरा के रहेको छ भने आजसम्म जे जति आरोप लगाइएका छन् ती सबैमा एउटै कुरा र भाषाशैलीमा रहेका छन् । थप अध्ययन भएको छैन । उत्खनन्को प्रतिवेदन प्रकाशित नभएको अवस्थामा त्यसलाई वैज्ञानिक थियो वा थिएनन् भन्ने आधार नै नभएको यहाँ स्मरणीय छ ।

सन् १८९६ को डिसेम्वरमा खड्गशमशेर र डा. ए. फुहररको संयुक्त कार्यले लुम्बिनीको पहिचान भएको थियो र यसको प्रचारप्रसारपछि त्यहाँ थुप्रै व्यक्तिले अध्ययन अनुसन्धान गरे । सन् १८९९ मा लुम्बिनी पुग्ने पी. सी. मुखर्जीले सिर्द्धार्थजन्म अंकित मायादेवीको मूर्तिको टाउको भाग बाहिर भेटेर मूर्तिमा जोड्नुभन्दा अघि डा. होयले सो मूर्तिको पहिचान गरिसकेका थिए । डा. होयभन्दा अघिपनि अन्य विद्वानहरु त्यहाँ पुगिसकेको देखिन्छ । मुखर्जीले त्यहाँ अन्वेषणमात्रै नभई सानातिना उत्खनन् पनि गरेका थिए र ती कार्यहरुको विवरण उनले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् । उनीपछि पनि लुम्बिनीमा थुप्रै काम भएको पाइन्छ तर सन् १९३३-३९ मा जनरल केशर शमशेरको नेतृत्वमा विस्तृत रुपमा भएको थियो । केशरशमशेरले गरेका कार्यहरुको रिपोर्ट वा टिपोट प्रकाशित नहुनु नै उनको दुर्भाग्य भयो । तर उनले रिपोर्ट लेख्दै नलेखेको भने रहेनछ भन्ने जाकारीमा आएको छ । प्रा. डा. मुकुन्दराज अर्यालका अनुसार उनले यस सम्वन्धी लेखेको रिपोर्ट केशरलाइब्रेरीमा सुरक्षित गरहेको छ । यस्तो अवस्थामा उनले काम थाल्नुभन्दा अघि लुम्बिनीको वस्तुस्थिति कस्तो थियो, त्यहाँ के के भएको थियो भन्ने कुरा अनुमान गर्नलाई पनि मुस्किल भएपनि अनुमानै लगाउन नसकिने भने होइन । उनले काम गर्नुभन्दा अघिका बर्णनहरू, उनको काम गर्राईपछिका वस्तुस्थिति र सन् १९९३ को उत्खनन्ले सो सम्वन्धी अध्ययनमा धेरै नै सहायता गर्दछ ।

अशोक स्तम्भभन्दा पूर्वको ढिस्कोमा मायादेवी मन्दिर केशरशमशेरबाट निर्माण भएको थियो । निर्माणका क्रममा ढिस्कोबाट के कति माटो झिक्ने काम भयो, माटो झिकेर भित्रको वास्तुमा छोयो वा छोएन, छोयो भने छुनु भन्दाअघि त्यहाँ कस्तो संरचना थियो र कतिसम्म इँटा झिकियो आदि बारे कुनै जानकारी छैन । तर केशरशमशेरले बनाएको मन्दिरको संरचनाको अध्ययन गर्दा उक्त ढिस्कोमा केशरशमशेरले खासै बिगारेको देखिन्न । माटो पन्छाउँदै गर्दा जहाँ जहाँ इँटाको संरचना भेटिन्छ त्यहाँसम्म मात्रै गएर पछि सम्पूर्ण संरचनालाई साल अंकित इँटाले छोपिदिएको देखिन्छ । मुखर्जीले ढिस्कोको माथिल्लो सतह खनेर हरेका थिए र उनको रिपोर्टसँग मिल्दो संरचना सन् १९९३ को उत्खनन्मा पाइएको थियो । यसबाट पनि प्रमाणित हुन्छ, केशरशमशेरलाई लगाइएको आरोप सही ठाउँमा परेन । उनीभन्दा अघि नै लुम्बिनीमा बज्रलेपनसहित रोमन शैलीको झलक आउने सेतो रंगले रंगाइएको संरचना देखिन्छ । तत्कालिन नेपाल, विशेष रुपमा काठमाडौं उपत्यकामा युरोपियन शैलीको वास्तुकला भित्रिएको थियो र त्यो राणा वा उच्च घरानाहरूमा निकै लोकप्रिय थियो । संभवतः यो संरचना खड्गशमशेर वा पछिका सरकारी अधिकारीबाट बनाइएको थियो । सन् १९३३ मा केशरशमशेरले काम थाल्नुभन्दा अघिको तस्वीर र डा. फुहररले आफ्नो पुस्तकमा प्रकाशित गरेका तस्वीरमा भिन्नता देखिन्छ । खड्गशमशेर वा अरु कसैले त्यो संरचना पुरातात्विक ढिस्कोमाथि बनाइएको हो र केशरशमशेरले त्यसलाई यथावत् राखीे माटो पन्र्छाई सुरक्षाको निम्ति नयाँ इँटाले पुराना इँटाहरुलाई छोप्ने काम मात्र गरेका थिए । पछिल्ला पुरातत्वविद्हरुलाई अध्ययनको सुविधाको लागि सुरक्षित राखिदिएको जस्तो आभास पनि हुन्छ । यसरी नै पुरातात्विक ढिस्कोलाई सुरक्षित पार्ने क्रममा उनले आफ्नो काम गर्राईको साल अंकित इँटा (१९३९) ले छोपेका थिए, जुन पुरातात्विक दृष्टिले तुलनात्मक रुपमा वैज्ञानिक कार्य मान्नु पर्दछ । सन् १९९३ मा पुरातत्व विभाग, लुम्बिनी विकास कोष र जापान बुद्धिष्ट फाउण्डेशनको संयुक्त टोलीले सो नयाँ इँटा निकालेर उत्खनन् कार्यलाई अगाडि बढाएको थियो । यसरी नै खड्गशमशेरले निर्माण गर्न लगाएको कोठालाई केशरशमशेरले माथि अरु बुट्टा निकालेर बज्र लेपन गरी सेता रंगले रंगाउने बाहेक अरु केही नगरेको उत्खनन्का बेला बज्र उप्काउँदा देखिएको संरचनाबाट स्पष्ट हुन्छ । पुरातात्विक ढिस्कोको संरक्षणबाहेक केशरशमशेरले अरु काम नगरेको भन्ने कुरालाई भिक्षु सुदर्शन महास्थविर पनि र्समर्थन गर्नुहुन्छ । उहाँको भनाइ यस प्रकार छ- 'जहाँसम्म सिर्द्धार्थ जन्म स्मारक -मन्दिर) को कुरा छ, त्यसमा उहाँले बाहिरबाट पुरानो अवशेषलाई टोपी लगाई दिने जस्तो छोपी दिने महत्वपूर्ण काम गर्नु भएको छ । स्मारकको अवशेष भिरालोलाई खण्ड खण्ड गरी अग्लो होचो रुपमा नयाँ इँटाले छोपेर तल्लातल्लाको मैदान बनाइ दिनु भएको छ । अगाडिको पूर्वी भिरालो पछिल्लो पश्चिमी भिरालो सम्याएर प्राचीन भिरालो वा मैदानलाई उहाँले विनष्ट गर्नु भएको छैन । अगाडिको उँचाईलाई अग्लो नै बन्न दिई पछिल्लोको होचो अवशेषलाई होचो नै बन्न दिइकन दुई तहको मैदान रहन दिनु भएको छ । शायद यसै क्रममा उहाँले स्मारकको थुम्कोमा मायादेवीको मूर्तिसहितको सानो कोठाको थप निर्माण कार्य पनि गर्नु भयो ।' यसरी पुरानो संरचनाको सुरक्षाकोलागि नयाँ इँटाले छोप्दै जाँदा त्यहाँ एउटा नयाँ संरचना देखियो र त्यसलाई रंगरोगन गर्दा रोमन शैलीको वास्तुजस्तो आकार निर्माण हुनपुग्यो । तर यो रोमन शैलीको मन्दिर पनि केशरशमसेरले बनाउको नभई पुरानै थियो ।

गौतम बुद्धभन्दा अघिदेखि नै अस्तित्वमा रहेको र उनको जन्मअगाडि मायादेवीले नुहाएको भनिएको पोखरी शाक्य पुष्करिणी हो । यो पोखरी पी. सी. मुखर्जीले देख्दा त्यहाँ पिउन हुने खालको कंचन पानी थियो । केशर शमशेरले त्यहाँ काम थाल्नु अगाडिको एउटा तस्वीरमा सो पोखरी देखिन्छ र पानीमा अशोक स्तम्भको छायाँ स्पष्ट छ । केशर शमशेरले त्यसलाई ठूलो बनाउनुका साथै त्यसमा इँटा छाप्ने कार्य गरेका थिए । पोखरीलाई ठूलो बनाउने क्रममा पोखरीको पूर्व दिशातिर पुरातात्विक संरचनालाई क्षति पुग्न गएको भनिन्छ । पोखरीको पूर्वमा रहेको पुरातात्विक क्षेत्रको गारो पूर्वबाट पश्चिमतर्फआइरहेको र बीचमा त्यत्तिकै काटिएको पाइँदा त्यो अपूर्ण हो नै तर केशरशमशेरले पोखरीलाई खासै ठूलो बनाएको भने भन्न मिल्दैन । लुम्बिनी भनी पहिचान भएको तीन वर्षछि पी. सी. मुखर्जीले तयार पारेको त्यस क्षेत्रको नक्शामा पोखरीलाई वर्गाकार नै देखाएको छ बरु उनले इँटा छापेर खुड्किलाहरू भने बनाइदिएको अवश्य हो ।

अशोक स्तम्भको दक्षिण र उत्तर दिशामा दुई माटाका ढिस्काहरु रहेका छन् । लुम्बिनी पुग्ने धेरै जसो यात्रीहरु यसलाई पनि प्राचिन स्तुप नै भन्ठान्छन् तर यो त केशरशमशेरले लुम्बिनीमा काम गर्दा निस्केको माटोलाई थुपार्दा बनेको ढिस्कोमात्र थियो । ती ढिस्कोहरूलाई लुम्विनी विकास कोषले हटाएर हाल त्यहाँ बगैंचा बनाएको छ । दक्षिणमा रहेको माटोको ढिस्को हटाउँदै गर्दा त्यससम्वन्धी प्रकाशित एक समाचारमा ढिस्कोबाट खासै महत्वको पुरातात्विक सामग्रीहरु नपाएको प्रतिक्रिया व्यक्त भएको थियो । त्यहाँबाट प्राप्त ससाना माटाका मूर्तिहरु हाल लुम्बिनी विकास कोषको कार्यालयमा सुरक्षित राखिएका छन् तर त्यससम्वन्धमा कुनै रिपोर्ट प्रकाशित भएको छैन । ती सामग्रीहरू कोषका एक कर्मचारीको सौजन्यले एक पल्ट अवलोकन गर्ने अवसर पाएको थिएँ । करीव ३०-३५ वटा मूर्तिहरू पाइएका रहेछन्, सबै मृण्मयी । बढीमा पाँच इन्चसम्मका ती मूर्तिहरूमा मानवाकृतिको धेरै जसो भागहरु खिइसकेका छन् भने घोडालगायतका आकृतिहरू खिइएको छैन । केही नृत्यरत् नारी मूर्तिहरू पनि छन् । ती पुरातात्विक सामग्रीहरू पनि अध्ययनको विषय हो तर ती सामग्रीका बारेमा कोष आफैले अध्ययन गर्दै गरेकोले अन्यबाट त्यससम्वन्धमा नलेखियोस् भन्ने मान्यता रहेको पाइयो ।अध्ययन पनि भएको देखिँदैन । यसरी नै उत्तरतिरको ढिस्कोमा पनि खासै कुनै वस्तु फेला नपरेको बताइन्छ ।

केशर शमशेरले कार्य सम्पन्न गरेको लगत्तै लुम्विनी भ्रमणमा आएका एक भारतीय यात्रीका अनुसार यी दुवै ढिस्को पंजावी इन्जिनियर गोकुलचन्द्र नग्रथले बनाएका थिए । यस ढिस्कोमा इँटाहरूको पनि प्रयोग भएको थियो । वास्तवमा त्यहाँ जीर्णोद्धार सम्वन्धी विभिन्न भाषामा अभिलेख राख्ने सोचाइरहेको थियो । तर यसै बीच १९३४ को महाभूकम्पको विनाशले सबैको ध्यान लुम्विनीको निर्माणबाट हटेर अन्तै मोडियो । यो भूकम्पले नजिकै भारतको विहारमा मात्र ठूलो मात्रामा क्षति पुगेको नभई राजधानी काठमाडौंको दरवारमा पनि क्षति पुगेको थियो । दरवारको मर्मतका लागि इन्जिनियर नग्रथलाई काठमाडौं पठाउनु पर्दा लुम्बिनीको काम रोकिन गयो । दरवारको मर्मतकै क्रममा उनको मृत्यु भएकोले अभिलेख राख्ने योजना पूरा हुन पाएन ।

केशरशमशेरले ठूलो मात्रामा मूर्तिहरू पाएको संकेत उनको कार्यको लगत्तै लुम्बिनी भ्रमणमा आएका भारतीय यात्रीले आफ्नो यात्रा विवरण लेखमा दिएका छिन् । उनका अनुसार त्यहाँ एउटा कोठा रहेको थियो जहाँ लुम्बिनी उत्खनन्बाट प्राप्त मूर्ति लगायतका सामग्रीहरु राखिएको थियो । मुखर्जीले पनि कोठामा मूर्तिहरू राखिएको भन्ने उल्लेख गरेका छन् । ती मूर्तिहरू यात्रुहरूको अवलोकन हेतु नै राखिएको थियो । भारतीय पुरातत्वविद् देवलामित्राले ती मध्ये केहीको तस्वीर सहित प्रकाशित गर्नु भएको छ ।

लुम्विनीको उत्खनन्को क्रममा त्यहाँबाट के कस्ता सामग्रीहरु प्राप्त भयो वा भएन भन्ने कुनै श्रेस्ता पाइएको छैन । भुवनलाल प्रधानका अनुसार यहाँ पालिसदार माटाका टुक्राहरू, सिक्का, बुट्टेदार इँट आदि प्राचीन वस्तुहरु पाइएका थिए । तर मुद्रालगायतका प्राप्त पुरातात्विक सामग्रीहरु हाल उपलब्ध छैनन् । केशरशमशेरको उत्खनन्का बेला पाइएको भनिएका केही मूर्तिको तस्वीर देवला मित्राले आफ्नो पुस्तकमा छपाएका छन् तर ती सामग्रीहरू कहाँ कुन अवस्थामा छन् भन्ने यकिन छैन ।

लुम्बिनी पुरातात्विक दृष्टिले निकै महत्वपर्ूण्ा र सम्वेदनशील क्षेत्र हो । तर यहाँ यसलाई त्यस रुपमा लिएको कहिल्यै देखिन्न । डा. फूहरर समयमै नपुगेका भए खड्गशमशेरले अशोकस्तम्भ हात्ती लगाएर उखेलिसक्थे । अशोकस्तम्भमा रहेको अभिलेख पढिएपछिमात्र प्राचीन लुम्बिनी यहीं रहेछ भन्ने कुरा विश्वले थाहा पायो र यस क्षेत्रको महत्व बढ्यो । केशरशमशेरबाट लुम्बिनीको पुरातात्विक कुराहरूमा क्षति भयो भन्नेहरुलाई हेक्का हुनर्ुपर्छ, त्यहाँका सम्पदाहरुमा क्षति पुर्‍याउने कार्य उनीभन्दा र पछि पनि उत्तिकै मात्रामा भैरहेको देखिन्छ । जसलाई जुन बेला मन पर्‍यो, बिना अवरोध मान्छेहरूलाई त्यहाँ काम गर्ने अवसर पाइरहेका छन् । सबैभन्दा सम्वेदनशील पुरातात्विक कुरा अशोकस्तम्भलाई अज्ञानतावश खड्गशमशेरले हात्ती लगाएर उखेल्न खोजेका थिए भने त्यसपछि पटकपटक त्यसको जग हर्ेर्ने भनेर खन्ने काम भयो । यसरी नै अर्को सम्वेदनशील कुरा 'मार्कर स्टोन' लाई डकुमेन्ट्री फिल्म सुटिङ गर्न आएको एउटा टोलीको रहर पूरा गर्न खुल्ला हातले छुन दिएको घटना पुरानो भएको छैन । मायादेवी मन्दिरको उत्खनन्पछिको संरचना के गर्ने भन्ने ठोस निर्ण्र्ाालिन नसक्दा 'गो बायक टु मंगलमान' भनेजस्तै केशरशमशेरले बनाएको संरचनामै र्फकनु पर्‍यो ।

मन्दिर पुनःनिर्माणका क्रममा आवश्यक गुणस्तर र सावधानी अपनाएको पाइन्न । मन्दिर निर्माणको शुरुका कार्यहरु 'पाइलिंग'देखि नै त्रूटि देखिएकोे र अन्ततः गारो उठाउँदा एक पल्ट भाँसिन पनि पुगेको थियो । यसरी नै मन्दिर उद्घाटन हुनु अगावै माघको पहिलो साता वषर्ाको पानी चुहिएको घटनालाई पनि काम राम्रो भएको भन्न सकिन्न । पन्ध्र वटा च्याम्बरलगायत अन्य पुरातात्विक संरचनाहरुलाई आजभोलि जुन रुपमा खुल्ला पर््रदर्शनीमा राखिएको छ त्यो उचित हो वा होइन भन्ने कुरामा छलफल हुन्ु पर्ने देखिन्छ किनभने इँटाहरूमा अहिल्यै लेउ परेकोे देखिन्छ । मन्दिरभित्र खुल्ला पर््रदर्शनमा राखिएका च्याम्बरकार् इंटाहरुमा जमीन मुनिको पानीको असर पनि देखा परेको छ । प्राकृतिक रुपमै स्वास फर्ेर्ने क्रममा इँटाहरु फुल्ने तथा जमीन भित्रको पानीमा रहेको नून पनि सँगै माथि ल्याउँदा त्यसले इँटालाई असर गर्ने गर्दछ । मायादेवी मन्दिरको पुनःनिर्माणका सम्वन्धमा टिप्पणीहरु हुँदा लुम्बिनी विकास कोष तथा सम्वद्ध व्यक्तिहरू त्यहाँ पुरातात्विक कुराहरुलाई छोप्ने कार्य मात्र भएको र सजिलैसँग हालको भवनलाई हटाउन मिल्ने गरी बनाएको बताउँछन् तर मन्दिर निर्माणका क्रममा त्यस्तो हुनसकेन । यतिमात्र नभई फलामका सत्तरीमा बोल्टीङ गर्ने भनी पास भएको ठाउँमा वेल्डिङ गरिएको छ ।
पुरातात्विक क्षेत्रको उत्खनन्पछि त्यस क्षेत्रको संरक्षणलगायतका कुराहरू गर्नुअघि उत्खनन्का सम्पर्ूण्ा रिपोर्टको अध्ययन गरिनु पर्दथ्यो तर रिपोर्ट नै प्रकाशित हुन नसकेको अवस्थामा मायादेवी मन्दिरको पुनःनिर्माण नै कति ठीक छ वा छैन भन्ने विषय विवाद वा छलफलको पाटो हुन सक्छ । यसभन्दा अघिका उत्खनन् रिपार्टहरू पनि सामान्य लेखको रुपमा पत्रपत्रिकामा प्रकाशित हुनु बाहेक प्रतिवेदनकै रुपमा प्रकाशित छैनन । यस्तो अवस्थामा हालसम्म भएको कामलाई केशरशमशेरको कामभन्दा फरक देखिन्न । तर यस्तो लाग्छ, आफ्नो कमजोरीलाई ओझेलमा पार्न सम्वन्धित निकाय र व्यक्तिहरू केशरशमशेरको दोषलाई अघि सारेर बसेका छन् ।

सगरमाथको चुचुरोमा एउटा केटो

-- बसन्त महर्जन

एउटा चन्चले केटो अलि चकचके पनि थियो - सानै उमेरदेखि । जे गर्छर्ुुन्थ्यो गर्नै पर्ने । तुरुन्त तुरुन्तै रिसाउँथ्यो पनि । जुन कुरा खान्छु भन्थ्यो, त्यो कुरा खानै पर्ने बानी । गाउँमा धानको खेती नहुने भएर ढिंडोको प्रचलन थियो र उसलाई भने भातै खानु पर्ने । यस्तो बेलामा छोराको सबै इच्छा पूरा गर्न आमा कसरी साक्छिन् र ? छोराको जिद्दीपनादेखि आमा लाक्पाडिकी शेर्पा कहिलेकाहीं त हैरान पनि हुन्छिन् र छोरालाई गाली गरी गरी खुवाउँछिन् , मायालु पाराले । त्यो चन्चले र चकचके केटा अरु होइन, तेम्बाछिरी शेर्पा हो, भर्खरै मात्र आठ हजार आठ सय अठचालीस मिटर उचाईको सर्बोच्च शिखर सथगरमाथा आरोहण गरी सोह्र वर्षो सबैभन्दा कम उमेरमा नै शिखरको चुचुरोमा पाइला टेकेर विश्वकीर्तिमान कायम गरेका । कुनै बेला सम्पर्ूण्ा मानव समाजको लागि नै एक चुनौती भइरहेको थियो त्यो सगरमाथा । त्यही सगरमाथा चढ्ने उनको इच्छामा पनि उहीे जिद्दी झल्किन्छ । सगरमाथा नचढ्न आमाले कम्ती सल्लाह नदिएकी होइनन् । तर तेम्बा भने सगरमाथा चढ्न मरिहत्ते गर्थे । दश बाह्र वर्षो उमेरदेखि सपनामा पनि हिमाल चढेको देख्ने उनलाई कसले पो रोक्न सक्छ र ? गत वर्षसगरमाथा चढ्न हिडे तर सकेनन्, दुई हालको कलिला कलिला पाँच औंला हिउँलाई खुवाएर दुःखित हुँदै र्फकनु पर्‍यो । त्यति हुँदाहुँदै पनि सवैलाई के कुरामा छक्क पार्‍यो भन्देखि सगरमाथाको कूल उचाइ भन्दा २२ मिटर तलसम्म पुगेको रहेछ । अर्थात उमेरको हिसाबले सबैभन्दा कान्छाको पाइला त्यही थियो । नानीदेखि लागे बानी भनेजस्तै सगरमाथा चढी छाड्ने उनको इच्छा वा जिद्दी सेलाएको भने होइन । महाभारतमा अर्जुनले पंक्षीको आँखा बाहेक केही नदेखेजस्तै सगरमाथाको चुचुरोलाई तारो बनाउँदै उनको पाइला सगरमाथातर्फलम्के, पुनः २०५७ सालको चैत्र २१ गते । र सबैलाई अचम्म र हषिर्त पार्‍यो २०५८ सालको जेष्ठ १० गते विहान ७ बजे तेम्बाले सगरमाथा चढ्यो भन्ने खबर संसारभर फैलिए पछि । सँधै छोराको जिद्दीदेखि कायल भएकी आमा लाक्पाडिकी शर्पाको त खुशीको सीमा नै रहेन । तेम्बाले सगरमाथा चढ्यो भनने खवर मैले भोलिपल्ट विहान ६ बजे मात्रै पाएँ - आमा लाक्पा खुशी हुँदै बताउँछिन् -चढेको खबर पाउँदा खुशी लाग्यो । छोराको सफलताको कामनाा गर्दै बत्ती बाल्थें, राति राति उठेर उसको फोटो हर्ेर्थें, छोराको सम्झना आइराख्थ्यो नि । छोराले सगरमाथा चढेको खबर सुने पछि को पहिलो न्रि्रामा उनले एउटा अचम्मको सपना देखेछ । सगरमाथाको चुचुरोमा तेम्बा सानो बच्चाकााो रुपमा खेलिराखेको देख्यो, आमाले मन थाम्न सकेन, एक छिन खेलायो र अंगालो मारेर भएभरको स्नेहले ओर्ढाई दियो । त्रिभुवन अन्तर्रर्ााटय विमानस्थलमा जेष्ठ १७ गते छोरालाई लिन आएकी आमा भनिछन् -मैंले अंगालाो मारेको तयो बच्चा विपनामा त छैन , त्यो त सपना पो रहेछ । ....र सम्पूर्ण आनन्दानुभूति अभिव्यक्र हुने गरी हाँसिन् । तेम्बा चुचुरोमा पुगेको कुरा ढिलो मात्र किन पुग्यो त - त्यो पनि आजको जस्तो अत्याधुनिक संचार प्रविधिको जमानामा । तेम्बाको सफलताको खबर त फैलियो तर पुष्टी गर्न त्यत्ति बेला साह्रै नै गाह्रो भएको थियो । यसअघि सगरमाथाको दक्षिणी मोहडाबाट चढेको तेम्बा यसपल्ट उत्तरी मोहडाबाट चढेका हुन् जुन तिव्वतमा पर्दछ । नेपालतिरबाट चटेको भए मात्र पर्यटन मन्त्रालयले आधिकारिक रुपमा घोषणा गर्ने रहेछ । तेम्बाले आफ्नो सफलताको खबर दिन नखोजेको पनि होइन तर सर्म्पर्क नै हुन सकेन, कुनै बेला काठमाडौंको फोन नउठ्ने त कुनै बेला माथि (सगरमाथाको चुचुरो) को मौसमको कारण सर्म्पर्कमा अवरोध आइदिने । फोन सेट आफूसित थिएनन् पनि । अर्काको प्रयोग गर्दा एक कलमा पन्द्रह डलर पर्छ रे । तेम्बा चुचुरोमा पुग्दा त्यस्तै तीस चालीस को संख्यामा विभिन्न दिशाबाट पहिल्यै पुगेका र पुग्दै गरेका आरोहीहरुसंग भेट भयो । सबैभन्दा कम उमेरको आरोही आफूसँग पाउँदा तिनीहरु साह्रै रमाए पनि । सबैले सबैले तेम्बालाई बधाई दिए । तर उनी त्यहाँ धेरै बेर बसेनन् , मात्र दश मिनेट बसेर फर्के । सात हजार सात सय मिटरसम्म पुगेर फर्केका बाबु छौवा शेर्पा उहीं थिए भने आफूले सफल भएको खबर आमा र संसारलाई दिनु पनि थियो । तेम्बा र्फकंदै गर्दा चढ्दै गरेकी एउटी आरोही लाक्पा शर्ेपालाई भेटे । यसअघि दक्षिण मोहडाबाट चढ्न पुगेकी हुन् । दर्ुइ नेपालीको भेट तिव्वततिरको सरगमाथाको उत्तरी मोहडामा भयो आरोही दिदीले स्नेहालु पाराले उत्साही भाइलाई भनिन् - विस्तार विस्तारै हिड् है, लड्लाउ । काठमाडौं र्फकनुअघि मंगलवार मात्र दुई महिना पछि आमा छोराको कुराकानी भयो, तेम्बाले कोदारीबाट गरेको टेलिफोनमा । तेम्बाले आमालाई टेलिफोनमा भनेको रहेछ - ममी, म सफल भएँ । र सोधेका रहेछन् -ममीहरु के गरेर बसिरहेको - कस्तो लाग्यो ममी मेरो समीट् ?तेम्बा सिर्द्धार्थ वनस्थली इन्ष्टिच्यूटमा कक्षा आठको परीक्षा सकाएर सगरमाथातिर लागेका थिए । उनलाई आफ्नो परीक्षाको नतिजाप्रति पनि उत्तिकै चिन्ता रहेछ । स्कूलको परीक्षामा आफू पास भइयो वा फेल् भइयो भन्ने कुरा पनि सोध्न विर्सेनन् उनले । तर नतिजा हेर्ने काम नै भएको रहेनछ । इन्ष्टिच्यूटका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशी भन्नु हुन्छ -तेम्बा विश्वको नै गर्व हो र त्यस्तो बच्चा हाम्रो विद्यार्थी पर्नु हाम्रो लागि कम गौरवको कुरा होइन । उनको यो सफलता चीर स्थायित्वको लागि हाम्रो लेटरहेडलगायत सवै डकुमेन्टमा उनको आरोहण अंकित स्केच राख्न लागेका छौं । त्यसरी नै हामीसँग छ सय जना अट्ने ठूलो हल छ , त्यो हलको नाम तेम्वा कै नामबाट नामाकरण गर्ने निर्णय पनि भइ सकेको छ । उनको मेहनत, साहस, लगनशीलता आदि अरु विद्यार्थीका लागि प्रेरणाको श्रोत हुन्छ ।

अविरल यात्रामा कलाकार रायन

-- बसन्त महर्जन


आफूले ओसारेको भारीको ज्याला ऊ माग्दै थियो तर साहुजी भने ज्याला दिइहाल्न अन्कनाउँदै भोलिमात्र लिन हप्काउँदै थियो । दिनु पर्ने ज्याला जहिले दिए पनि साहुजीलाई केही फरक नपर्दैमा भरियालाई पनि त्यस्तै होला र - साँझको समय पनि थियो । यी दुइ पात्र को हुन्, कहाँका हुन् इत्यादी इतिवृत्तान्तको संक्षिप्त रुपमा यति नै यथेष्ट होला नेपाली हुन्, बस त्यत्ति र यसैले गर्दछ नेपाली समाजको प्रतिनिधित्व । त्यत्ति बेला बाटोमा हिड्दै गरेका रायनलाई त्यो घटनाले चसक्कै छोयो । हुन त उनी त्यत्ति बेला नै नाम कहलिएका कलाकार भइसकेका थिए तर भरियाको अनुहारमा आफूलाई देख्न पुग्यो र ठेलामात्रै ठेल्दाठेल्दै जुनी त गल्दैगल्दै बितिरहेको कटु अनुभव हुन पुग्यो । उही भरियामा चर्र्लुम्मै डुबेर गीत गुन्गुनाउन पुग्छन् । गाउँमा त सरकार थेन थेन यो शहरको बीच सडकमा पनि सरकार देखिन देखिन निमुखालाई न्याय दिने सरकार खोजी म हिडिरहेछु रोई बस्यो भने अझ सबले रुवाउने र चुपचाप सह्यो भने अझ पागलै तुल्याउने यथार्थबोध पनि उनीसित छ । यस्तो विसंगतिपर्ूण्ा परिवेशमा आँखा चिम्लेर, कान थुनेर र मुखमा दही जमाएर आफूलाई जनताका कलाकार भनाउनेहरु कहाँ बस्न सक्छन् र - केही साथीहरुलाई साथमा लिएर कलाकार रायन गाउँ गाउँमा र शहर शहरमा जनताका घरदैलोमा उनीहरुकै गीतहरु घन्काउँदै हिड्न थाले । उनको यो यात्रा अविरल छ । र भन्छन् जनताका गीत गाउँदै हिड्दा मलाई अपार आनन्द आउँछ ।विक्रम सम्वत २०००मा जन्मेका कलाकाार रायनले २०३०सालपछि मात्रै जनताका गीत गाउन थालेका हुन् । यसअघि राल्फा नाउँको एक जमातमा संलग्न भएर व्रि्रोहका गीतहरु गाएका रायनले उद्देश्यमूलक गीत गाउनु पर्छ भनेर गरीव जनताका दुःख र उनीहरुको मुक्तिका गीत गाउन थाले, वेदना सांस्कृतिक परिवार गठन गरेर र त्यसलाई तत्कालिन नेकपा -चौथो महाधिवेशन ) सँग आबद्ध गराएर । उनी भन्छन् मुक्तिकै लागि हिड्ने हो भने यसरी नहिडी के गर्ने- त्यसपछि अन्य पार्टर्ीीले पनि आआफ्नो सांगीतिक समूह बनाउन थाले । निरंकुश पंचायती व्यवस्थाको त्यो कालरात्रीमा सबै पार्टर्ीी प्रतिवन्धित थियो र जनतासम्म पुग्न पार्टर्ीीलाई संगीत नै भरपर्दो माध्यम हुन गयो । रायनको गीतले मान्छेहरुलाई प्रभावमा पार्दै लग्यो । २०३०सालपछाडि पार्टर्ीीे हैसियत संगीतको मााध्यमबाट हुन थोको विचार उनको छ । उनका गीतहरुमा आफ्ना दुःखहरु सुनेर मान्छेहरु रुनमात्रै थालेनन्, आँखा खेालेपछि मुक्तिका लागि हिड्नेहरु पनि देखा पयो । संगीतबाटै पे्ररित भएर होला सक्रिय राजनीति गरिरहेकाहरु पनि छन् । उनी सन्तोषको श्वास फेर्दै भन्छन् संगीतको प्रभाव देखेर आफूले पनि यहाँ केही गरेको अनुभव भएको छ । कलाकार रायनले थुप्रै गीतको लेखन, गायन र संगीतलाई साथसाथ लानु भयो । गीति नाटकहरु सिम्मा र कहाली का लेखक तथा संगीतकारका रुपमा पनि विशेष रुपले चर्चित रायनलाई जनपक्षीय गीत संगीन क्षेत्रमा नेतृत्वकर्ताकै रुपमा पनि लिइन्छ । उनी पछिका कलाकारहरु रायनलाई आफ्नो प्रेरणा भएको बताउँछन् । उनीहरुका रायन दाइ को यो सांगीतिक यात्रा नेपालको लागि महत्वपूर्ण मानिन्छ । तर उनले हालसम्म मंचमा एकल गायन भने प्रस्तुत गरेका छैनन् । यस क्ष्ेत्रका मान्छैहरु उत्साहित छन् एक सांगीतिक प्रस्तुति गराउन । त्यो प्रस्तुतिलाई मिल्दो नाम पनि दिइएको छ अविरल यात्रा । जनताका घरदैलामा आवश्यक पर्ने रायनलाई वैशाख ९ गते काठमाडौं को प्रज्ञा भवनमा अविरल यात्रामा प्रस्तुत गरिंदा अन्य गायक र उनमा कै नै फरक रहला र - उठ्न सक्ने एउटा प्रश्न हो । यस कार्यक्रमका लागि नेपाली कला साहित्य र स.गीत क्षेत्रका विशिष्ट व्यक्तिहरुसमेत को सहभागिता रहेको आयोजक समितिका संयोजक एवं वरिष्ठ नृत्य निर्देशक हरिकृष्ण दर्शनधारी भन्छन् रायनले जीवनभर गाएका जनगीतहरुको प्रतिनिधि गीत एकै ठाउँमा स्ुन्न पाइने यो एउटा सुवर्ण्र्ाावसर हो भने एउटा एफ एम रेडियोबाट यसको प्रत्यक्ष प्रसारण पनि भइरहेको हुन्छ । यसरी नै कार्यक्रम देखाएर उठेको पैसा व्यत्तिगत रुपमा पाँच पैसा पनि खर्च गरिंदैन, यही क्षेत्रमा लगानी गर्न कोषको स्थापजना गर्न लागेका छौं । आफ्नो परिवेश अलि फराकिलो हुँदैमा आफ्नो विगत विर्सनेहरुमा कलाकार रायन पर्दैन । गरीव जनता र उनीहरुसँग बिताएका समयहरु को सम्झना उनलाई ताजै छ । ताजै छ उनी जन्मेको र हर्ुर्केको ठाउँ र त गाउँछन् –
जहाँबाट शुरुभयो मेरो जीवन गंगा
कसरी म विर्सन्छ तिमीलाई ओखलढुंगा

राज्यको वक्रदृष्टिमा कीर्तिपुर

-- बसन्त महर्जन

कीर्तिपुर-बस्तीमा राजाहरूले पाइला टेकेका छैनन् । प्रधानमन्त्रीहरू पनि विरलै पुग्छन् । विकासमा पछि परेको कीर्तिपुर प्रस्तावित नयाँ चक्रपथको नक्सामा पनि बाहिरै परेको छ । राजधानीको टुँडिखेल वरपर द्वन्द्व चर्किरहदा कर्फ्र्यु चाहिँ शान्त कीर्तिपुरमा लाग्छ । आखिर किन ?

► राजधानीको चक्रपथभित्रको क्षेत्रलाई 'दङ्गाग्रस्त क्षेत्र' घोषणा गरेकै दिन (२६ चैत्र, २०६०) कीर्तिपुरमा कर्फ्र्यु लगाइयो, राति ११ देखि बिहान ४ बजेसम्म । प्रतिगमनविरुद्ध पाँच दलले सडक पर्र्र्दर्शन गरिरहेका रत्नपार्क, बागबजार आदि क्षेत्रहरूभन्दा सात-आठ किलोमिटर दक्षिण-पश्चिममा पर्ने कीर्तिपुरमा २६ चैत्रको बिहान तीस/चालीस जनाको एउटा जुलुस निस्केको बाहेक अरू कुनै विशेष घटना भएको थिएन । कर्फ्र्युको समाचार सुनेपछि कीर्तिपुर बासीको स्वाभाविक जिज्ञासा थियो, केही नभएको ठाउँमा अचानक किन कर्फ्र्यु ?

► त्यसको एक दिनअघि स्थानीय सहारा सहकारी संस्था लिमिटेड सञ्चालनको तारतम्य मिलाउन जिल्ला सहकारी कार्यालय, काठमाडौँका अधिकृत केशव-बहादुर थापा निरीक्षण र मुचुल्काका लागि कीर्तिपुर आउने कार्यक्रम थियो । तर कीर्तिपुरसम्म जान उनलाई खतरा महसूस भयो । उनले आफ्नो अफिसमै बसेर कीर्तिपुरको मुचुल्का तयार पारे ।

► दश वर्षेखि कीर्तिपुरमा डेरा बस्दै आएका साहित्यकार सुकुम शर्माले कीर्तिपुरको बजार क्षेत्रमा जग्गा किन्न खोज्दा घरपरिवारको स्वीकृति पाएनन् । उनी भन्छन्, "कीर्तिपुर सुन्नासाथ नाता-गोताले समेत आपत्ति जनाए । मैले उनीहरूलाई बुझाउन सकिरहेको छैन ।"

यी घटनाहरूले देखाउँछन्– कीर्तिपुरबारेको भ्रम र पूर्वाग्रह । काठमाडौँका जिम्मेवार व्यक्ति तथा निकायहरूले समेत कीर्तिपुरलाई प्रायः विकट र असुरक्षित क्षेत्रका रूपमा हर्ेर्ने गरेका छन् । यसले कीर्तिपुरबासीहरूको मनमा केन्द्रले आफूलाई विश्वास र वास्ता नगरेको छाप पारेको छ ।

कुनै दङ्गा वा तनाव नै नभई २६ र २७ चैतको राति कीर्तिपुरमा कर्फ्र्यु किन लगाइयो - काठमाडौँका प्रमुख जिल्ला अधिकारी वामनप्रसाद न्यौपाने माओवादी गतिविधि हुनसक्ने सूचनाका आधारमा त्यसो गरिएको बताउँछन् । तर, प्रजिअको यो भनाइले मात्रै कीर्तिपुरबासीको शङ्का निवारण हुँदैन । उनीहरू कर्फ्र्युलाई समेत कीर्तिपुरबारे राज्यसंयन्त्रको 'गलत बुझाइ' को परिणाम ठान्छन् । माओवादी गतिविधि शुरु हुनुभन्दा अघिदेखि नै सुरक्षा निकायहरू कीर्तिपुरप्रति सशङ्कति रहने गरेको नमीठो अनुभव छ कीर्तिपुरबासीसँग । चिठु गाउँका पर्ूव प्रधानपञ्च द्वारिका महर्जन भन्छन्, "तत्कालीन अञ्चलाधीशहरूले कीर्तिपुर क्षेत्रका पञ्चहरूलाई कहिल्यै पञ्चका रूपमा हेरेनन्, सिंहदरबारमा बस्नेहरूको यो दृष्टिकोण आज पनि उस्तै छ ।"

त्यसो त राणाकालमा पनि कीर्तिपुरमाथि पर्वाग्रह राखिएका उदाहरणहरू भेटिन्छन् । स्थानीय वयोवृद्धहरूका अनुसार, त्यतिखेर अधिराज्यभर 'विर्ता प्रथा' चले पनि कीर्तिपुरबासी यसबाट वञ्चित थिए । दरबारमा निकै चाकडी गरेपछि मात्रै उनीहरूले 'सेरमा विर्ता' पाउँथे, जसअनुसार प्रति रोपनी चार आना कर तिर्नुपथ्र्यो । नेपाल एकीकरणका सर्न्दर्भमा पृथ्वीनारायण शाहको गोर्खाली सेनाले कीर्तिपुरमा उत्पात मच्चाएकोले कीर्तिपुरबासीमा प्रतिशोधको भावना हुनसक्ने त्रासबाट नेपाली राज्य सधैँ सशङ्कति रहँदै आएको धेरैको कथन छ ।

 २०१३ सालमा स्थापित त्रिभुवन विश्वविद्यालय -त्रिवि) नजिकै कीर्तिपुर गाउँमा एउटा साधारण क्याम्पस सञ्चालनको स्वीकृति पाउन त्यहाँका शिक्षाप्रेमीहरूले २०४७ सालसम्म पर्खनु परेको, कीर्तिपुर बाहिर निस्कने एउटा परम्परागत बाटोमाथि अधिकार जमाई विश्वविद्यालयले एकलौटी उपयोग गरेको, हाल प्रचलनमा रहेको फराकिलो मोटर बाटो पनि विश्वविद्यालय परिसरभित्रै रहेको; खानेपानी, ढल निकास, टेलिफोन आदि राज्यप्रदत्त सुविधाका लागि राजधानीकै अन्य क्षेत्रमा जस्तो प्राथमिकता नदिइएको जस्ता कुराहरूलाई पनि कीर्तिपुरबासीहरूले आफूहरूमाथिको प्रतिशोधकै रूपमा अर्थ्याउने गरेका छन् । 

न राजाले टेके, न सरकारले बुझ्यो 
गद्दीनसीन शाहवंशीय राजाहरू आजको मितिसम्म कीर्तिपुरको मुख्य बस्ती वा बजार प्रवेश गरेको र्सवसाधारणलाई हेक्का छैन । त्रिविको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका प्रमुख प्रा.डा. मुकुन्दराज अर्याल कीर्तिपुर विजयपछि केही दिन राजा पृथ्वीनारायण शाह यहाँको कोट घरमा बसेको तर उनका उत्तराधिकारीहरूका सम्बन्धमा स्पष्ट नभएको बताउँछन् । उनी भन्छन्, "राजाहरूले कर्ीर्तिपुरमा भ्रमण गर्नुहुँदैन भन्ने सांस्कृतिक मान्यता रहेको पनि पाइँदैन तर त्यसो किन भयो मलाई थाहा भएन ।" यसरी कारण जे भए पनि शाहवंशका राजाहरूले कीर्तिपुरमा पाइला टेकेको देखिँदैन ।

कीर्तिपुर र त्यस वरिपरिका नगाउँ, पाँगा, चोभार, तौदह, भाजङ्गाल, चम्पादेवी, सल्यानस्थान आदि क्षेत्रहरूलाई समेटेर वि.सं. २०५३ मा उन्नाइस वटा वडा रहने गरी कीर्तिपुर नगरपालिका बनाइयो । हालको नयाँ बजार, खासीबजार, सागल टोल, समल र देवढोका भई पुनः नयाँबजार जोडिएको बाटो भित्रको बस्ती नै मूल कीर्तिपुर हो; जसमा नगरपालिकाका सात वटा वडाहरू पर्छन् । त्रिवि स्थापनापछि कुलपतिका हैसियतले वर्षोनी विश्वविद्यालयसम्म पुग्ने गरेका राजाहरूलाई 'मूल कर्ीर्तिपुर' तिर उक्लने खाँचो वा इच्छा जागेको पाइँदैन ।

 स्थानीय ७९ वर्षीय समाजसेवी सानुभाइ महर्जन भन्छन्, "श्री ३ महाराज जुद्धशमशेर हात्ती चढेर बाघभैरवको दर्शन गर्न आएको मलाई सम्झना छ । त्यसबेला कीर्तिपुरबासीले खानेपानीको माग गरेको हुँदा त्यसको व्यवस्था भयो । र्सार्वजनिक धाराहरूको उद्घाटनका लागि श्री ३ नै आउने भनी भव्य तयारी गरियो तर किन हो, उद्घाटन गर्न उनको साटो तत्कालीन चीफ साहेब पद्मशमशेर आए । राणाकालपछि कुनै पनि राजा विश्वविद्यालयभन्दा माथि बस्तीमा आएका छैनन् ।"

तर राजनीतिक पर्ूवाग्रह राखेर कीर्तिपुरमाथि पक्षपात भएको आफूलाई नलागेको कर्ीर्तिपुर निवासी, राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल बताउँछन् । उनी भन्छन् "कीर्तिपुर बासीमा बदलाको भावना नहुन सक्छ तर 'सबकन्सस माइण्ड'का कारण मनोवैज्ञानिक रूपमा व्रि्रोही प्रवृत्ति बढी देखिएको छ । त्यो भावनालाई राज्यविरुद्ध परिचालन गर्न सजिलो हुने भएकोले बेलाबेलामा विभिन्न राजनीतिक शक्तिहरूले उक्साउन आउने गरेका छन् ।" प्रा. खनालका अनुसार प्रशासनले आफ्नो नक्सामा कर्ीर्तिपुरलाई रातोचिन्ह लगाएर समस्या समाधान हुँदैन, यसले त बिद्रोहको भावनालाई झनै बढाइदिन सक्छ ।

निरन्तर विभेद
राजधानीको २८ किलोमिटर लामो चक्रपथको आकार 'चक्रपथ'जस्तो छैन । शुरुको योजनामा यो झण्डै गोलोे आकारमा थियो । तर पछि त्यसबाट कीर्तिपुरलाई झििकयो । कीर्तिपुरको विकासमा चक्रपथले ठूलो योगदान दिनसक्थ्यो तर किन हो, यो प्राचीन शहर रिङरोडभित्र परेन । कीर्तिपुरलाई चक्रपथभित्र नपार्न 'विश्वविद्यालयको वातावरणमा असर पर्ने' तर्क त्यति बेला अगाडि सारिएको बताइन्छ । तर यो एउटा बहाना मात्र भएको स्थानीयबासीहरू ठान्छन् ।

कीर्तिपुरलाई प्रस्तावित 'आउटर रिङ्गरोड'ले समेट्ला भन्ने ठूलो आशा थियो । तर यसको नक्साबाट पनि कीर्तिपुरलाई बाहिरै राखिएको छ । प्रस्तावित 'आउटर रिङ्गरोड' स्वयम्भूमा पुगेपछि वर्तमान चक्रपथलाई नै पक्रन्छ र सातदोबाटो पुगेपछि भैँसेपाटीतिर लम्केर अगाडि बढ्छ । यसले कर्ीर्तिपुरप्रति राज्यले नियतवश नै पर्ूवाग्रह राखेको सङ्केत दिन्छ ।

एकीकरणको बेला भएको गोरखाली सेनासँगको युद्ध इतिहासको एक अध्याय भएको र कीर्तिपुरको अर्थ तथा महत्त्व त्यो समयको भन्दा फरक भइसकेकाले स्थानीय बुद्धिजीवीहरू कीर्तिपुरको छविमा सुधार ल्याउनुपर्ने खाँचो औंल्याउँछन् । स्थानीय शिक्षक जनार्दन श्रेष्ठका अनुसार यसका लागि कीर्तिपुरबासीले आफूप्रति सदाशय देखाउने सबैसँग हातेमालो गर्नैपर्छ । बेला-बेलामा हुने राजनीतिक गतिविधि पनि छवि सुधारका निम्ति सहयोगी नहुने गरेको उनको धारणा छ । कीर्तिपुरबासी उपेक्षा र पर्वाग्रह हैन, त्यस्तै सदाशयको प्रतीक्षामा देखिन्छन् ।

(हिमाल खबरपत्रिका १६-३१ वैशाख २०६१)

जाँचमा फेल होलान् भन्ने भन्दा धर्म नासिएला भन्ने डर

- बसन्त महर्जन / कृष्ण अधिकारी


महिलामा हुने मासिक रजस्वला नेपालको सुदूरपश्चिम क्षेत्रका छात्राहरूका लागि शैक्षिक विकासमा समेत बाधक रहेको छ । रजस्वलाका बेला छात्राहरू विद्यालय नगई घरमै बस्न बाध्य हुन्छन् । राजधानीबाट करिब आठ सय किलोमिटर पश्चिममा रहेको डडेलधुरा जिल्लामा पर्ने नेपाल रेडक्रस सोसाइटी उपशाखा जोगबुढाअर्न्तर्गत समुदायको विकासमा कार्यरत लक्ष्मी जोशी पनि आफ्नो समयमा छुई (रजस्वला) हुँदा स्कूल कहिलै गइनन् तर उनी अहिले अरूलाई स्कूल जान प्रोत्साहित गर्छिन् । भन्छिन्- 'छुई भएको बेलामा स्कूल जाँदा 'सर' हरूले केही नभने पनि घरसमाजबाट गाली पाइन्छ भन्ने डर हुन्थ्यो । त्यसैले छुई हुँदाको चार दिन पढाइ छुट्थ्यो र प्रत्येक महिना चार दिन पढाइ छुट्नु भनेको धेरै गम्भीर कुरा हो ।'

उमेर पुगेका किशोरीहरूमा रजस्वला हुनु स्वाभाविक र प्राकृतिक प्रक्रिया हो । तर, पश्चिम नेपालमा भने सामाजिक अन्धविश्वासका कारण यो महिलाका लागि अभिशाप नै भएको छ । स्थानीय भाषामा रजस्वला हुनुलाई छाउ वा छुई भनिन्छ र यस्तो बेला उनीहरूलाई अलग्गै राखिन्छ । यसलाई स्थानीय भाषामा 'छाउपडी' बस्ने भनिन्छ । छुई हुँदा महिलाले कसैलाई छुन हुन्न, छोएको खण्डमा देवता रिसाउँछन् र अनिष्ट हुन्छ भन्ने मान्यताले जरा गाडेको छ । यस्तो अवस्थामा महिलाहरू समाजबाट अपहेलित नै हुन्छन् भन्दा पनि हुन्छ । डडेलधुरामा जस्तै डोटीमा पनि पनि छुई हुँदाको अवस्था महिलाहरूका लागि निकै पीडादायी हुने गरेको उनीहरू बताउँछन् । त्यहाँ घरभन्दा अलि पर सानो छाप्रो बनाएर छुई भएकाहरूलाई राख्ने गरिन्छ । यसरी घरभन्दा टाढा राख्ने चलन डडेलधुरा, बैतडी, बझाङजस्ता क्षेत्रहरूमा कम हुँदै गइरहेको भए पनि डोटीबाट बसाइँ सरेर आएका डोटेलीहरूमा बढी रहेको स्थानीय बासिन्दाहरू बताउँछन् । पश्चिम नेपालका ती दर्गम जिल्लाहरूका प्रायः घरहरू दुईतल्ले हुन्छन् र माथिल्लो तलामा मानिसहरू र भुइँ तल्लामा गाईवस्तु बस्ने गर्दछन् । छुई भएको बेला महिलालाई गाईवस्तुसँगै भुइँ तल्लामा राख्ने चलन अद्यापि कायमै छ । पछिल्ला वर्षरूमा घरदेखि टाढा अलग्गै झुपडी नबनाई महिलाहरूलाई घरकै भुइँ तलामा बस्न दिइन्छ जसलाई स्थानीय बुद्धिजीवीहरू सामाजिक सुधार भन्न मन पराउँछन् । सामान्य अवस्थामा भन्दा विशेष हेरचाह गरिनुपर्ने अवस्थामा शारीरिक र मानसिक रूपमा स्वास्थ्यलाई प्रतिकूल प्रभाव पर्नेगरी वर्षादेखि चल्दै आएको छाउपडी प्रथा मूलतः सामाजिक तथा धार्मिक अन्धविश्वासमा आधारित छ । तर, यो प्रथाको मूल्य-मान्यता के हो र कुन देवता रिसाउँछन् भन्ने स्पष्ट जवाफ र वैज्ञानिक कारणहरू यसका अनुयायीहरूसँग पनि छैन । परम्परादेखि चल्दै आएको भन्दै त्यसलाई आज्ञाकारी भई निभाउँदै आइरहेको भन्नेबाहेक र्सवसाधारणसँग जवाफ पनि पाइँदैन ।

'छुई हुँदा लाज हुन्छ, अनि कसरी स्कुल जाने त- 'एउटी छात्रा अबोध प्रश्न गर्छिन् । सामाजिक परिचालिका लक्ष्मी जोशी भन्छिन्- 'छुई हुँदा लाज हुने व्यक्तिगत कुरा हो । यद्यपि घरपरिवारका सदस्यहरूमा छात्राहरूलाई छुई भएको बेला स्कुल पठाउनु त कताकता किताबकापीहरूसम्म पनि छुन दिनुहुँदैन भन्ने मान्यता कायम नै छ । यही मान्यता नै छात्राहरूको शैक्षिक विकासका लागि तगारो बन्दै आएको छ ।'
बझाङ जिल्लाको सुनकुडास्थित उच्चमाध्यामिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर मल्ल छुई भएका बेलामा पनि छात्राहरू स्कुलमा निर्धक्क आउन सक्ने र विद्यालयबाट यसमा कुनै अवरोध नहुने बताउँछन् । 'तर समस्या के हो भने उनीहरू स्कुल नै आइदिँदैनन् ।' उनी भन्छन्- 'यदि कुनै छात्रा चार दिनसम्म स्कुल आएनन् भने शिक्षकहरूले ती छात्रा छुई भएका कारणले स्कुल नआएको बुझ्छन् तर यससम्बन्धमा कोही केही भन्दैनन् । छुई हुँदा छुट्ने पढाइका कारण पनि अन्य विद्यार्थीहरूका तुलनामा छात्राहरूको पढाइ कमजोर हुने गरेको पाइन्छ ।'

छोरीलाई पनि स्कुल पठाउनुपर्छ भन्ने सन्देश सुदूरपश्चिममा पनि रामै्रसँग पुगेको छ । सुनकुडा उच्चमावि बझाङका ३ सय ७९ विद्यार्थीमध्ये छात्राको संख्या १ सय १३ रहेको छ । तर, सोही विद्यालयको उच्चशिक्षा हासिल गर्ने छात्राको संख्या भने निकै कम भएको तथ्यांकले देखाउँछ । कक्षा चढ्दै गएपछि छात्राको संख्यामा ओरालो लाग्ने अनुभव प्रधानाध्यापक मल्लको छ । उनका अनुसार वरिपरिका अन्य विद्यालयहरूमा पनि यही स्थिति रहेको छ ।

दुई-चार कक्षा भए पनि पढाएर छोरीको आँखा उघारिदिइहाल्यौं, यति भए भइहाल्यो नि त भन्ने सोचाइ अभिभावकहरूमा रहेको पाइन्छ । उनीहरूको यस सोचाइले पनि उच्चशिक्षामा महिलाहरूको पहुँच न्यून छ । आमाहरू शिक्षित नभएका कारण छात्रछात्रा छुई भएको बेला अनेकौं शारीरिक र मानसिक पीडा खेप्न बाध्य हुन्छन् । छाउपडी प्रथाकै कारण छात्राहरूको पढाइमा प्रतिकूल असर परेको सहजै अनुमान गर्न सकिन्छ ।

तुलनात्मक रूपमा शहरीकरण भएको ठाउँमा छाउपडीको समस्या छैन । जनयुद्धका नाममा सक्रिय भूमिगत राजनीतिक पार्ट नेकपा (माओवादी) का कारण पनि सुदूरपश्चिमका दुर्गम बस्तीहरूमा सुधार आएको दाबी माओवादी कार्यकर्ताहरूको छ । माओवादीका कार्यकर्ताहरूले सामाजिक अन्धविश्वास र महिलामाथि हुने गरेको भेदभावका विरुद्ध अभियान सञ्चालन गरेपछि यसमा विस्तारै सुधार हुँदै गएको बझाङ जिल्लाको इलाका नम्बर ५ की इन्चार्ज शारदा बताउँछिन् । उनका अनुसार महिला वर्गमा हुने गरेको छाउप्रथा, दाइजो प्रथा, जारी प्रथाहरूको उन्मूलनमा महिला मोर्चा सक्रिय रहेको छ । उनी भन्छिन्- 'सदियौंदेखि समाजमा जरा गाडेको कुसंस्कारलाई एकैबाजी हटाउँछौं भन्दैमा हटाउन सकिने कुरा होइन, यस्ता कुरा जनताले विस्तारै बुझ्छन् तर छाउपडीका लागि घरबाट अलि टाढा अलग्गै झुपडी बनाएर राख्ने मान्यतालाई हामीले कडाइका साथ रोकिरहेका छौं, यसरी नै छात्राहरूलाई छुई भएको बेलामा पनि स्कुल पठाउनका लागि छात्रा तथा अभिभावकहरूलाई प्रोत्साहन गर्दै आएका छौं ।'

तर र्छर्ुइ भएको बेला कसैलाई छुन नहुने, छोइयो भने अनिष्ट हुनेजस्तो कुराहरू सामाजिक अन्धविश्वास भएको र यसमा वैज्ञानिकता कत्ति पनि नभएको सर्न्दर्भ गाउँमा बूढाबूढीहरूलाई बोध हुन सकेको देखिँदैन । उनीहरूमा अन्धविश्वास कतिसम्म छ भन्ने प्रसंगमा समुदाय परिचालक लक्ष्मी जोशीको कुरा घतलाग्दो छ । उनी भन्छिन्- "छुई भएको बेलामा छोरीलाई स्कुल नपठाउँदा जाँचमा फेल होलान् भन्नेभन्दा पनि धर्म नासिएला र पाप लाग्ने कुराको बढी डर अभिभावकमा हुन्छ । यही डर नै सुदूरपश्चिमका छात्राहरूका लागि अभिशाप बनेको छ ।"

(सञ्चारिका लेखमाला/सञ्चारिका समूह)