Saturday, November 21, 2009

नेपालका लागि इस्वीसंवत्

वसन्त महर्जन

नेपालमा दैनिक प्रयोजनका लागि कुन संवत् उपयुक्त होला ? यस प्रश्नको उत्तरमा नेपालसंवत् र विक्रमसंवत्का पक्षधरबीच लामो समयदेखि विवाद चल्दै आएको छ । कुनै पनि संवत्को प्रयोगका लागि भनेर यति लामो विवाद चलेको सम्भवतः संसारमा कहीँ पनि पाइँदैन । यस विवादका सम्बन्धमा हजारौँ लेखरचना र दर्जनौँ पुस्तक प्रकाशित छन् । नेपालसंवत्को पुनस्र्थापनाका लागि आन्दोलन नै चल्यो र हाल यस संवत्का प्रवर्त्तक शंखधरले राष्ट्रिय विभूति र संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएका छन् । विक्रमसंवत् र इस्वीसंवत् गरी दुई संवत्को प्रयोगले नै अलमलिरहेको अवस्थामा नेपालसंवत् पनि थपिएको छ । हालै 'किराँत यले संवत्लाई पनि राष्ट्रिय संवत्को रूपमा मान्यता दिइनुपर्ने माग अगाडि सारिएको छ । संवत्हरूको भीडमा अर्को विवाद थपिन पुगेको छ र 'काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर' भन्ने लोकोक्ति चरितार्थ भइराखेको छ ।

धेरैलाई लागेको हुनसक्छ, विक्रमसंवत् नेपालमा परापूर्वकालदेखि चल्दै आएको संवत् हो । तर, यथार्थ त्यस्तो होइन । लामो समयदेखि चल्दै आएको नेपालसंवत्लाई विस्थापित गरी विक्रमसंवत्लाई स्थापित गरिएको पनि होइन । तत्कालीन नेपाल राज्य वा विखण्डित कान्तिपुर, भक्तपुर र पाटन तीन राज्यमाथि अधिकार जमाइसकेपछि गोरखाका राजा पृथ्वीनारायण शाहले गोरखामा प्रचलित शाके संवत्लाई नयाँ नेपालमा प्रचलनमा ल्याएका थिए । त्यसको निकै समयपछि मात्र चन्द्रशमशेरको वेलामा विक्रमसंवत्लाई प्रचलनमा ल्याइएको हो, तर किन र के कारणले भन्ने कुरा खुल्दैन ।

यसबीचमा पनि काठमाडौंका नेवारहरूले आफ्नो दैनिक प्रयोजनबाट नेपालसंवत् छुट्टयाएका थिएनन् । पछि राष्ट्रिय जागरणस्वरूप नेपालसंवत् नै राष्ट्रिय संवत्का रूपमा मान्यता पाउनुपर्ने आवाज उठ्यो । तर, यो आवाजलाई दबाउन 'साम्प्रदायिक भावना'जस्ता लाञ्छना लगाइयो र यसको नामै फेरेर 'नेवारी संवत्' भन्न पनि बाँकी राखिएन । अझ रमाइलो कुरा त के रह्यो भन्दा, राज्यको स्वामित्वमा रहेको राष्ट्रिय दैनिक गोरखापत्र त केही समय विक्रमसंवत्लाई नै नेपालसंवत् भनी ढाकछोप गर्नेतिर पनि लाग्यो ।

ऐतिहासिक लेख्यसामग्री अध्ययन गर्ने हो भने नेपालमा विभिन्न संवत्को प्रयोग भएको पाइन्छ । तिनमा मानदेवसंवत् र नेपालसंवत् मात्रै नेपालको आफ्नै संवत् रहेको देखिन्छ । ००७ सालको राजनीतिक परिवर्तनपछि केहीले 'त्रिभुवन संवत्' भनी नयाँ संवत् चलाउन खोजेका थिए, तर सकेनन् । नेपालसंवत्लाई राष्ट्रिय मान्यता दिइएपछि 'किराँत यले संवत्'लाई पनि राष्ट्रिय मान्यता दिई दैनिक व्यवहारमा यसको प्रयोग गर्नुपर्ने माग आएको छ । किराँत यले संवत् पक्षधरहरूको दाबीअनुसार यो ऐतिहासिक संवत् हो । तर, यो हालसम्म प्रचलनमा आएको नदेखिनु आफैँमा आश्चर्यको कुरा हो । यो संवत् कुन मितिदेखि सुरु गर्नुपर्ला भन्ने निक्र्याल पनि हुन सकेको छैन । कसैले एकबाटै सुरु गर्नुपर्ला भनिराखेका छन् भने कसैले गोपालराजवंशावलीका आधारमा राजा यलम्बरबाट गणना गर्दा उपयुक्त हुन्छ भनिराखेका छन् । यसैगरी कसैले राजा स्थुंको समयदेखि यसलाई यसको उत्थान मानी गणना गर्नुपर्ला भनी हचुवा पाराले तर्क गरिराखेका छन् । अर्थात् यसको स्थापनाकार्य नै बाँकी रहेछ ।

संवत्को प्रयोजन भनेको दैनिक व्यवहारमा सजिलोका लागि हो । नेपालको दैनिक व्यवहार वर्तमान विश्वसँग सामञ्जस्य राखिएन भने अरूलाई त केही हुनेवाला छैन, घाटा आफैलाई हो । सबै कुरा आफ्नै परम्परा र इतिहाससम्मत गर्न खोज्ने चिनियाँहरूले त इस्वीसंवत् चलाउन थालिसकेको अवस्थामा नेपाल त्यो प्रवाहबाट पन्छिन सक्ने अवस्था छैन । नेपालले चलनचल्तीमा रहेको भनेर अन्तर्राष्ट्रियस्तरमा विक्रमसंवत्लाई चलाउने अवस्था पनि छैन । नेपालभित्रै पनि जनस्तरमा विक्रमसंवत्को चल्तीघट्दो र इस्वीसंवत््कै चल्ती बढ्दो छ । यस अवस्थामा नेपाललाई कुन संवत् उपयुक्त होला ? संवत्हरूको किचलो भइराखेको र अझ बढ्ने सम्भावना रहेको अवस्थामा यस विषयमा छलफल त हुनैपर्छ ।

इतिहास, संस्कृतिलगायत हरेक कुरामा समानता राख्ने भनिएको भारतमा आफ्नै विक्रमसंवत्लगायत दर्जनौँ संवत् छँदाछँदै सरकारी कामकाजमा इस्वीसंवत्को प्रयोग हुन्छ । नेपालजस्तो मुलुकले तीन वा तीनभन्दा बढी संवत् थेग्नसक्ने अवस्था छैन र व्यावहारिक पनि हुँदैन । राष्ट्रकै नाममा रहेको, सीमित क्षेत्रमै भए पनि प्रचलनमा रहेको र ऐतिहासिकता पनि भएको नेपालसंवत्लाई सम्पदा वा निधिकै रूपमा मान्यता दिँदै स्वदेश र विदेश सबै क्षेत्रमा एउटै मात्र इस्वीसंवत्लाई प्रचलनमा ल्याउनु उपयुक्त हुने देखिन्छ ।

Monday, November 16, 2009

स्तुपमाथि चुलबुले केटी

- बसन्त महर्जन
बुद्धको जन्मस्थल लुम्बिनीस्थित एउटा स्तुपमाथि उक्लेर ध्यान गरेजस्तो बसी खिचाइएको एउटा तस्बिरले हालै ध्यान खिच्यो । तस्बिरमा रहेकी नवयुवती साधारण नै थिई, बैँस पनि चकचकी हुने खालकै थियो । तर, मेरो ध्यान खिच्नुमा उनको त्यो हावभाव थिएन, बरु स्तुपमाथि उनको चढाइ थियो । त्यस तस्बिरले केही अहम् प्रश्न उठाइदिएको छ, जसको जवाफ नखोजी हुन्न ।
सर्वप्रथमतः स्तुपमाथि चढ्नु नै आपत्तिजनक कुरा हो । स्तुप भनेको गौतम बुद्ध वा बुद्धसँग सम्बन्धित स्मारक हो । सो स्मारक नेपालका एउटा ठूलै समुदायको आस्थासँग पनि जोडिएको छ । कसैको आस्थासँग खेलबाड गर्नु आफैँमा असहिष्णुता हो । कसैको आस्थाका बारेमा थाहा नपाउनु र अनजानमा त्यस्तो हुनु सम्भव छ । तर, नेपालजस्तो देशमा आफ्नोबाहेक अरूको धर्मका बारेमा थाहा छैन भन्नुचाहिँ अस्वाभाविक कुरा नै हुन्छ । किनभने, यहाँ धार्मिक कट्टरता छैन र एउटा धार्मिक स्थलमा अरू धर्मका प्रतीक स्थापना गरिएको हुन्छ । हिन्दू मन्दिर र बौद्ध स्मारक सँगसँगै निर्माण गरिएको पाइनु नेपालको सांस्कृतिक इतिहासमा नौलो कुरा होइन ।
दोस्रो कुरा, त्यो स्तुप पुरातात्त्विक वस्तु पनि हो । लुम्बिनीस्थित प्रत्येक सम्पदा पुरातत्त्वसँग सम्बन्धित छन् । पुरातात्त्विक महत्त्वका ती सम्पदा आफैँमा राष्ट्रिय निधि हुन् । त्यहाँ अशोकस्तम्भ पाइएको तथ्यबाटै गौतम बुद्ध नेपालको लुम्बिनीमै जन्मेका हुन् भन्ने प्रमाणित भएको हो, यसमा नेपालीलाई ठूलो गौरवबोध छ । लुम्बिनी देखाएर नेपालले पर्यटन उद्योगको विकास गरिरहेको छ र अझै पनि विकासका प्रशस्त सम्भावना छन् ।
लुम्बिनीलाई लुम्बिनी भनेर चिनाउने अशोकस्तम्भ र अशोकस्तम्भमा अंकित वर्णनअनुसारको पुरातात्त्विक प्रमाणहरू त्यहाँ पाइनु अर्को महत्त्वपूर्ण कुरा हो । लुम्बिनीस्थित पुरातात्त्विक सम्पदाहरू पूर्व-मौर्यकालदेखि गुप्त कालसम्मका छन् । ती विभिन्न कालखण्डमा विभिन्न निर्माणकार्य भएका थिए र आज ती कुरा ऐतिहासिक साक्षी भएर रहेका छन् ।
युवतीले ध्यान गरेजस्तो बसेर खिचाएको स्तुपको भग्नावशेष पनि एउटा त्यस्तै इतिहासको महत्त्वपूर्ण साक्षी हो । यस्तो पुरातात्त्विक महत्त्वका सम्पदाको प्रयोग मनलाग्दो ढंगले गर्नु हुन्न । यिनीहरू अत्यन्त संवेदनशील हुन्छन् । सानो गल्तीले पनि ठूलो असर पर्ने हुन्छ । त्यसैले तिनको सुरक्षा र संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य हुन्छ ।
पुरातात्त्विक स्थललाई सबै ठाउँमा सार्वजनिक प्रदर्शनीमा राखिँदैन । सुरक्षाका दृष्टिले यसलाई सार्वजनिक प्रदर्शनीमा नराखिन पनि सक्छ । प्रदर्शनीमा राखिँदा पनि सर्वसाधारणले त्यसमा छुने वा तलमाथि गर्ने काम नहोस् भनेर सुरक्षाकर्मी राखिएका हुन्छन् । लुम्बिनीमा पनि त्यस्तो व्यवस्था नगरिएको होइन । 'सम्पदास्थलमाथि चढ्न हुँदैन' भनेर सूचना-पाटी पनि टाँगिएकै छ । तर, त्यसैमाथि चढ्नु र तस्बिर खिच्नु भने आपत्तिजनक छ । ती युवतीको प्रतिक्रिया थियो— त्यहाँ जो पनि चढ्न पाइन्छ । अर्थात् अरूहरू चढेर तस्बिर खिचिराखेको देखेर उनी पनि त्यसरी नै तस्बिर खिचाउन पुगेकी हुन् । उनले तस्बिर सार्वजनिक गरेर आनन्द पनि लिइरहेकी छिन् । यसको सोझो अर्थ हो— लुम्बिनी विकास कोष यस विषयमा संवेदनशील भएन । त्यहाँका पुरातात्त्विक स्थलहरूको संरक्षण र सुरक्षा गर्ने दायित्व उसैको हो ।
पुरातत्त्वशास्त्रका दृष्टिले लुम्बिनीसँग सम्बन्धित व्यक्ति वा संस्थाहरू कतिसम्म संवेदनहीन छन् भन्ने कुरा त्यहाँ सूक्ष्म अध्ययन गर्दा थाहा हुन्छ । उत्खननका क्रममा पाइएका स्तुपलगायत भग्नावशेषको पुरातात्त्विक अध्ययन गर्न हाल सहज छैन । कारण, बेग्लाबेग्लै समयमा निर्मित ती स्तुपका इँटा छ्यासमिस पारिएका छन्, जबकि प्रत्येक कालका इँटाको बेग्लै पहिचान छ । अब अध्ययनकर्ताहरू रणभुल्लमा पर्नुपर्ने अवस्था छ ।
अन्य शास्त्रजस्तै पुरातत्त्व पनि एउटा शास्त्र हो । सबै सर्वसाधारणले यससम्बन्धी ज्ञान पाएकै हुनुपर्छ भन्ने मान्यता राखिनु हुन्न । तर, सम्बन्धित पक्षले भने यसबारेमा सामान्यज्ञान मात्रै भए पनि हासिल गरेकै हुनुपर्छ । बुद्धको जन्मस्थल हेर्न भनी दैनिक रूपमा सर्वसाधारणदेखि विद्वत्वर्ग लुम्बिनीको भ्रमणमा सयौँको संख्यामा देशविदेशबाट आइरहेका हुन्छन् । लुम्बिनी अन्य कुनै पार्कजस्तो ठाउँ होइन, पुरातात्त्विक स्थल हो । तर, यहाँ पुरातात्त्विक मूल्य-मान्यताका बारेमा सामान्य ज्ञान नै नभएका वा भएर पनि संवेदनशील नहुने व्यक्तिलाई हेरचाहको जिम्मा दिनु भनेको दूधको साक्षी बिरालोलाई बनाउनुजस्तै हुन्छ । यसको परिणाम यस्तै स्तुपमाथि चढ्न दिने, भगवान्को प्रसाद भन्दै इँटाको धुलो खुर्केर लिने कार्य हुन्छ । त्यसमा चढेर तस्बिर खिचाउँदा त अनेक नकारात्मक सन्देश जाने हुन्छ । यसै त पुरातत्त्वका कुरा संवेदनशील हुन्छन्, त्यसमाथि संवेदनहीन हुँदै लापरबाही गर्न थालियो भने लुम्बिनीको महत्त्व घट्दै जान कुनै आइतबार पर्खनुपर्दैन ।

Thursday, August 27, 2009

धूस्वां सायमिकी दीपा

- बसन्त महर्जन

कुनै समय एक समृद्ध र पहिचानयुक्त वस्ती थियो, धुलिखेल वरिपरीकै कुनै एउटा गाउँ । इतिहासका आरोह-अवरोहहरुलाई मूक दर्शक भई हेर्दै आएको त्यो गाउँमा एउटा नितान्त नौलो अनुहारको आगमनपछि गाउँमा निदाएका तरंगहरुसँगै दीपाको मनमस्तिष्कमा पनि हलचल र खलबल हुन्छ।सँगसँगै मनमा प्रश्न पनि एउटा नौलो अनुहार, प्रसिद्ध लेखकका रुपमा गाउँमा चर्चित त्यो पुरुष को होला ? आफ्नै घरमा प्रायः पाहुना भइराख्ने र सबैसित घुलमिल हुने त्यो लेखकसँग मैले मात्रै किन बोल्न नपाउने ? कथा यहींबाट सुरु हुन्छ । एउटी महिला- दीपा।एउटा यस्तै अर्को गाउँकी छोरी अर्थात गाउँकी बुहारी-दीपा।बुहारी हुनु परेकोमा भन्दा बुहारी भएकै कारण त्यो मान्छेसित बोल्न नपाउँदा दीपा खिन्न हुन्छे।आफैदेखि रिसाउँछे पनि । यस्तै लेखकको मनमा तर्कना उठिरहन्थ्यो- आफूसँग सबैले बोल्ने, सबै नजिक नजिक आउन खोज्ने तर, बुहारी एउटी मात्रै टाढा किन- एक दिन आफ्नो जिज्ञासालाई थाम्न नसकेर बुहारीको सम्बन्धमा लेखकले दीपाको बारेमा परिवारसँग सोधपूछ गर्छ।जसबाट जिज्ञासा शान्त हुनुको बदलामा अझ अझ जिज्ञासा बढ्न थाल्छ । दीपाको हालत पनि लेखकको भन्दा फरक थिएन।यस्तैमा एक दिन दीपाले लेखकलाई माइतीमा बोलाउँछे, - कुराकानी गर्नकै लागि। बिद्रोहको चेतना दीपाले कुनै कितावबाट पाएकी थिइनन्। न कुनै स्कूलबाट नै प्रशिक्षित थिइन् । अरु त अरु, गाउँले परिवेशमा नै सीमित भएकी र गाउँमा बोलिने मातृभाषा बाहेक अन्य नबुझ्ने।पाहुनाको बौद्धिक व्यक्तित्व र दीपाको सामान्य, शिष्ट, निष्कपट एवं उदार हृदयवीच प्रेमको अंकूर प्रस्फूटित हुँदै जान्छ ।र, ती दुई ब्यक्त-अब्यक्त सबै भावना र कामनाहरुले एउटा सिर्जना पाउँछ, प्रसिद्ध उपन्यासकार धूस्वां साय्मिको कलमबाट दीपा उपन्यासको रुपमा । उपन्यास सत्य घटनामा आधारित छ, दीपा पनि जिउँदो चरित्र हो।तर, उसको वास्तविक नाम त्यो होइन । लेखक धूस्वां सायमि भन्नुहुन्छ- मान्छेअनुसारको नाम नसुहाएको टिप्पणी गर्दा परिवारले न्वारानको जिम्मा मलाई दियो। र, दीपा नाम सबैले मन पराए। त्यसैले जीवित पात्रको काल्पनिक नाम दीपा रहन गयो ।

उपन्यासमा दुबैको कथा र व्यथा समेटिएको छ। कथाभन्दा भावना र शब्दभन्दा कविता बढी रहने धूस्वांको आफ्नै शैलीमा उनिएको उपन्यास दीपामा द्वन्द र अर्न्तर्द्वन्दको एउटा लामो श्रृंखला बनेको छ । उपन्यास प्रकाशनपछि दीपा चरित्रको विषयमा चर्चा हुन थाल्यो- अन्य लेखक र पाठकहरु बीच।दीपा साँच्चै को हुन् त भनी खोजी पनि हुन थाल्यो।लेखककै नजिककी अर्की एउटी परिचित लेखिका, जो विश्वविद्यालयमा प्राध्यापन पनि गर्छिन्, नै दीपा हुन् कि भनेर पनि चर्चा-अनुमान लगाउन थालियो।दीपा आफू नै हो भनेर चिनाउन खोज्ने अनजान आइमाईहरु पनि देखिन थाले । तर दीपा भने आफ्नै परिवेशमा आफ्नै पाराले आजभोली जीवन विताउँछे, उपन्यासमा जस्तो चरित्र चित्रित छन् त्यस्तै चरित्र बोकेर।र, लेखक न दीपालाई चिनाउन चाहनु हुन्छ न, दीपाको गाउँलाई नै ।

लोग्नेको घरमा बस्न नसकेर माइतीमा बस्दै आएकी उपन्यासकी दीपा आफूले मन पराएको प्रेमीलाई बीचैमा छाडी पुनः लोग्नेको घर फर्केकोबाट उपन्यासको अन्त्य गरिएको छ।यस अघि विहे भएर लोग्नेको घर गएको लगत्तै दीपालाई आभास हुन्छ, घर त घरज्ास्तो थिएन।लोग्ने भनाउँदो पनि कठपुतली रहेछ । नयाँ दुलही भएपछि अलि श्रृंगारपटार त गरिने नै भयो तर घरका परिवारले त्यसैलाई अनेक अर्थ लगाएर कुरा लगाउन थाले । कौसीमा एक छिन निस्क्यो भने मात्र पनि तीललाई पहाड बनाइ हाल्थे । यति मात्र होइन, दुलहीको रुप सौन्दर्य हेर्न लालायित टोलका लोग्ने मान्छेहरु तास खेल्ने निहुँमा दिन भर दिन भर घरमा आएर बस्थे तर उनीहरुलाई रोकटोक थिएन।माइतीबाट आएको एउटा भाइको हात समातेर कोठामा कुरा गरिरहेको दृष्य के देखे, नाठो खेलाएर बसेको भन्ने आरोप उनीमाथि लाथ्यो र यही आरोपमा एक दिन घरबाट निकाल्ने काम पनि भयो।यस्तो परिस्थितिमा माइती आएर बसेकी पात्र दीपाको सर्म्पर्क एउटा अर्को लोग्ने मान्छेसित हुन पुग्छ जो घरपरिवार र परिवेशसित सन्तुष्ट छैन, घरलाई झ्यालखानाको रुपमा हेर्छ र आफ्नो घर छाडी एउटा काम लिएर गाउँमा बस्न आइरहेको छ । एक्लोपनको अनुभवले सताइँएका यी दुबै यस परिस्थितिमा नजिकिन पुग्छन्।कथा बढ्दै जान्छ।एउटा निर्णायक मोडमा आइपुगेकै बेला लोग्नेको घरबाट ससुरा मरेको भनी लिन आइपुग्छ र सामाजिक मान्यताअनुसार लोग्नेको घर र्फकन्छन् । पाठकको लागि उपन्यास वियोगान्त हो तर वास्तविक जीवन भने त्यस्तो छैन । लेखक आफ्नो पात्रको बारेमा भन्नु हुन्छ- 'हाम्रो सम्वन्धलाई बदनाम गर्न कसैले एकपल्ट हाम्रो वीच शारीरिक सम्बन्ध रहेको अफवाह पनि फैलाइदियो । र, दीपा रिसाएर माइती गएर बसिदिइन् । उसलाई फर्काउन उसको लोग्ने र अरुहरु पनि सफल हुन सकेन । उनीहरुलाई थाहा छ, मैले भनेको कुरा दीपाले खान्छे भनेर । उसको लोग्नेको अनुरोधमा मैले भनेको कुरा उसले खाइन् पनि । आजभोलि पनि केही समस्या पर्यो भने लोग्ने मलाई गुहार्न आउँछ र म दीपाको अविभावक जस्तै छु ।'

केही वर्षघि मात्रै को कुरा हो, लेखकको जीवनसाथी बसुन्धरा बित्नु भयो । लेखक एक्लो हुनुभयो । एक्लोपन बढ्दै गयो । यस्तैमा एक दिन लेखक दीपाको घरमा पुग्दा परिवारका अन्य सदस्यहरुकै माझमा आफू लेखकसँग जीवन बिताउन तयार भएको दीपाले बताइन् । दीपाको स्वभाव नै त्यस्तो थियो । सबैको अगाडि हाकाहाकी लेखक आफ्नो प्रेमी भएको बताउँछे र यसैमा गौरव पनि मान्छे । उसको परिवारलाई थाहा थियो, दीपा लेखककी प्रेमिका मात्रै हुन्छे, श्रीमती होइन।सम्वन्ध यस्तै थियो र पहिलाजस्तो थियो, अहिले पनि त्यस्तै छ ।

दुबैको आफ्नै घर संसार छ।दीपा सामान्य जीवन विताउँछे, कहिले काहीं लेखकसित भेट्छे, फोनमा कुराकानी पनि । दीपालाई लेखक बिर्सन सक्नु हुन्न, दीपाकै नाममा 'दीपा जनमत' नामले एउटा साहित्यिक पुरस्कारको स्थापना गर्नु भएको छ, साय्मिले । अपठित र गैरसाहित्यिक दीपाकै हातबाट पुरस्कार वितरण गराउने लेखकको चाहना थियो । तर, ठूलो समारोहमा उपस्थित हुन लजाइन् वा प्रस्तुत हुन चाहिनन् । बरु लोग्ने लगायत अन्य आफन्तहरुलाई सो समारोह हर्ेनमात्र पठाइनन् उसले । समारोहको रौनकका बारे पनि सोध्न पछि परिनन् । लेखकका कृतिहरु उनी आफै पढ्न त सक्दिनन् तर सबै संगालेर राख्छिन् । लेखकसित अहिले 'दीपा' उपन्यास आफ्नो कोठामा छैन । एक दिन विहान लेखकले आफ्नो पात्रसित यो उपन्यास माग्नु हुँदा ठट्टा गर्दै उताबाट हाकाहाकी उनले भनिन्- 'पैसा देउ अनि किताव लेउ ।' दीपालाई पंक्तिकारले भेट्न चाहेको कुरा लेखकले फोनमा खबर गर्दा बिना हिचकिचाहट भनिन्- 'पठाइदेउ, भेट्छु ।'

भुजुङको कथा

बसन्त महर्जन

सरसफाई भएको, सचेत र प्राकृतिक तथा वातारणीय दृष्टिले राम्रो गाउँको रूपमा भुजुङलाई पनि लिइन्छ। तर केही दशकअघिसम्म भुजुङको पहिचान यो थिएन। भनिन्छ, त्यतिबेला त्यहाँका गल्लीहरूमा दिसा गर्नेले बाटो हिड्ने मान्छेसँग पुछ्ने पातपतिङ्गर माग्थे। भुजुङको उतिखेरको कुरा गर्नेहरूले कतिसम्म खसालेर भन्थे भने, भुजुङ छिर्ने सुंगुर त्यहीं गुम्सिएर मर्थे। उतिखेरको फोहर, अव्यवस्था र अभावलाई अबको भुजुङसँग तुलना गर्दै हाँस्छन् स्वयं गाउँलेहरू। र, गाउँका बारेका चलेका कुराहरू अभिव्यक्ति सम्प्रेषणका लागि चुनिएका गतिला शव्दहरू ठान्छन्।

गाउँ अब सफा छ। कुनै बाहिरियाले बाटोमा केही फालिदियो भने पनि गाउँलेले टिपेर त्यसलाई थान्को लगाइ दिन्छन्। बिहान भाले बास्ने बेलामा घरघरबाट आमाहरू निस्कन्छन् र दैलो बढार्छन्। हप्तामा दुई पल्ट सवै मिलेर गाउँको सरसफाई गर्छन्। हिजोजस्तो अव भालु मारेर पित्तको तस्करी पनि गरिंदैन। मृग र कालिजको सिकार पनि हुँदैन। बरु बाख्रालाई जस्तै मृगलाई देख्न पाइन्छ, जंगलमा। त्यस्तै कहिले काही त बाटो छेक्ने गरी कालिज खेलिरहेको हुन्छ, कुखुराजस्तै। जंगलबाट स्थानिय वनस्पति लोप नहोस् भन्ने कुरामा पनि त्यतिकै ध्यान दिइन्छ। पुवा (सिस्नु) बाट कपडा बनाउने चलन उहिले गुरुङ समाजमा थियो तर तयारी कपडा नै पाइने भएकोले पुवा नकाट्दा पुवा हराउने संभावना बढ्यो। उम्रेको पुवा काटेमा मात्रै त्यसमा पालुवा पलाउनेे त्यसको स्वभाव रहेछ। हाल प्रत्येक घरले पुवा ल्याउनै पर्ने नियम बनाएको तत्कालिन गाविस अध्यक्ष नरबहादुर गुरुङ बताउँछन्।

भुजुङको भित्री कथा
लमजुङ जिल्लाको एउटा गाउँको नाम हो, भुजुङ। एउटा गाउँ नै पूरा गाविस। सबै घरहरू गुजुमुच्च परेका छन्। गुरुङ जातिको जीवन्त कला र वास्तुकला तथा संस्कृति यहाँ देख्न पाइन्छ। गुरुङ जीवन र सभ्यता हेर्ने सानो झ्याल पनि हो, यो गाउँ। हिजोसम्म भुजुङ छिमेकी गाउँहरूबाट अछुतो थियो भने अहिले समाहित छ। हिजो पर्यटकको आँखाबाट लुकाउनु पर्ने गाउँ आज देखाउने कुरा भएको छ।
महेन्द्र प्रकृति संरक्षण प्रोजेक्ट (एक्याप)ले घान्द्रुकपछि २०५० सालदेखि भुजुङमा हात हालेको थियो र मुहार नै फेर्ने काम भयो। गाउँलेहरूका अनुसार पहिले गाउँ आफ्नो भएपनि अपनत्वको भावना थिएन। प्रकृति संरक्षणमा गाउँलेलाई नै लगाउन थाल्यो र गाउँ पुनः हराभरा र सुन्दर देखिन थाल्यो। अहिले गाउँलेहरू आफ्नो गाउँप्रति गौरव गर्छन्।

नयाँ बन्ने संविधानमा भुजुङ गाउँहरूको निर्माण के संभव छ?
नेपालमा विगत केही वर्षभित्र भइरहेका परिवर्तनहरू केवल राजनीतिक परिवर्तन मात्रै नभएर आमूल परिवर्तनतिर सरिक छ। देश राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण भएको मात्र होइन, जनताको सोचाइमा पनि ठूलो परिवर्तन आएको छ। हिजो हक अधिकारको प्रसंग उठाउन नै संघर्ष गर्नु पर्नेहरूलाई अब त्यस्तो अवस्था छैन। केही नजान्ने, नबुझ्ने भन्नेहरू बुझ्न थालेका छन् र समुदाय विशेषका हकअधिकारको कुरालाई साम्प्रदायिक भनी हेयका दृष्यले हेर्ने वा दमन गर्न चाहनेहरू त्यसमा सही दृष्टिकोण रहेको कुरा अववोध गर्न थालेका छन्। संभवतः हिजोसम्म यो नेपाल आफूहरूको मात्रै वा आफ्नो बाबुको बपौतीको रूपमा बुझ्नेहरू अब त्यो दृष्टिकोण छाडेर देश सबैको हो भन्ने दृष्टिकोण लिन थालेका छन्। संविधानको स्वरूपका सम्वन्धमा केही कुरा तय पनि भइसकेका छन्। देश संघीय राज्य व्यवस्थाअन्तर्गत जाने कुरामा प्रायः निश्चित छ भने ती संघहरू कुन आधारमा बन्ने, कसरी बन्ने भन्ने यावत् कुराहरू छलफलका विषय हुन्। यसरी नै प्राकृतिक श्रोत साधनका कुराहरू पनि संविधानमा उल्लेख हुने निश्चित छ र त्यसमा अधिकारका कुरा पनि विगतमा स्थानिय जनता र सम्वन्धित समुदायलाई बेदखल पार्ने हुँदैन, अडकल गर्न सकिने अवस्था छ। तर पनि यी कुराहरूलाई छलफलमा ल्याइराख्न सकियो भने अझ माझिने त छँदै छ।

थालनीमा लमजुङ जिल्लाको भुजुङ गाउँको चर्चा गरियो। स्थानीय श्रोत साधनमा सोही ठाउँका जनतामा अधिकार निहित गर्योज भने त्यहाँ सकारात्मक नतिजा पाउन सकिन्छ भन्ने कुराको दृष्टान्त भुजुङ गाउँ मात्रै होइन अन्य पनि छन् तर प्रसंगवश यस गाउँको उल्लेख भयो। भुजुङको सामाजिक जनजीवन तथा व्यवस्थामाथि अध्ययन गर्दा थाहा हुन्छ,, कुनै बेला यो गाउँ सुसभ्य र सुसंस्कृत थियो। त्यो सभ्यताको अवशेष गाउँ फोहरको पर्याय भइराखेको बेलामा पनि जीवित नै थियो। हाल त्यसले झन् मलजल पाएको छ। यसको अर्थ हो, गाउँमा वाह्य हस्तक्षेप वा व्यवस्थाको अविवेकीले गाउँलाई गाँज्यो। नतिजाः गाउँमा शनैःशनःै अपनत्वको भावना हराउन थाल्यो र वनजंगलजस्ता प्राकृतिक संसाधनहरू स्वयं गाउँलेहरूद्वारा नै मासियो। वन वनस्पतिलाई कसरी हुर्काउनु पर्छ अथवा अहितकारी कुरालाई कसरी नाश गर्ने भन्ने कुरामा स्थानिय ज्ञान महत्वपूर्ण रहेको हुन्छ। गाउँबाट मासिन लागेको पुवा (सिस्नु) सम्वन्धी ज्ञानकै कारण पुनः उत्पादन हुन थालेको छ भने गुरूङ जातिकौ मौलिक पहिरनको रूपमा रहेको भांग्रा त्यसैबाट बन्छ। यसरी प्राकृतिक श्रोत साधन र स्थानिय आदिवासीको कलासंस्कृतिसँग घनिष्ट सम्वन्ध रहेको हुन्छ। समुदायसँग सम्वन्धित प्राकृतिक श्रोत साधनमा सोही समुदायकको घनिष्टता अझ बढ्नु स्वाभाविक हो तर यसमा ध्यान दिइएन। तिनीहरूलाई अधिकारबाट बेदखल गर्दा नकारात्मक नतिजा आउने र अधिकार सम्पन्न गर्दा सकारात्मक नतिजा निस्केको दृष्टान्त भुजुङ्मै पनि देखियो।

तर अर्को कुरा नेपालको सामाजिक जनजीवन र जनसंख्याको वितरण पचासवर्षअघि र अहिले नै पनि धेरै फरक भइसकेको छ। कुनै पनि क्षेत्र एकै जात वा समुदाय विशेषमा सीमित छैन। सबै जातिजातिहरू असरल्ल छरिन पुगेका छन् तर ती आपसमा मिलिजुली बसेका छन्। तैपनि देश संघीय राज्य व्यवस्थामा जाने कुरा छ र सोही अनुसार संविधानको निर्माण हुनेछ। जातीय र क्षेत्रीय आधारमा बनाउने वा क्षेत्रीय आधारमा मात्रै संघ बनाउने भन्ने छलफलको अर्को पाटो हो तर जस्तो सुकै आधारमा संघको व्यवस्था गरेपनि प्राकृतिक श्रोतसाधनको अधिकारका कुरामा कसको अधिकार हुने वा अग्राधिकारको व्यवस्था गर्नै भन्ने छलफल गर्न सकिन्छ।

कतिपय ठाउँमा आदिवासीहरू पनि विस्थापन भइसकेका छन् भने कतिपय ठाउँमा गैरआदिवासी समुदायको वर्चश्व कायम भइसकेका छन्। आफ्नो ठाउँ भनी माया गरेर बसिसकेकाहरूलाई नगरअन्दाज गरी आदिवासीकै हातमा अधिकार दिनुपर्छ भन्दै आदिवासीहरू खोज्दै हिड्नु पनि अव्यवहारिक हुन्छ। यस्तै आदिवासीको ज्ञान भन्दैमा सबै राम्रै हुन्छ र आँखा चिम्लेर अपनाउनु पर्छ भन्ने पनि छैन। ज्ञानको सीमा हुँदैन र यसमा गैरआदिवासीहरूले पनि योगदान पुर्यारइरहेको हुन सक्छ। यसका लागि अन्तर्क्रियाको जरुरत पर्दछ। यसरी नै आदिवासी भन्दैमा उनीहरूले सँधै रक्षा मात्रै गर्छ, कहिल्यै बिगार्ने काम हुँदैन भनेर सोच्नु पनि अतिवादी र भावुकता हो। यसका लागि समन्वय त गर्नै पर्दछ।

प्राकृतिक श्रोत सम्बन्धी विभिन्न संघ सस्था तथा महासंघहरूको सहकार्यमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका महासचिव भोला भट्टराईद्वारा तपार पारिएको एक आलेख, जुन संविधान सभाका विभिन्न समितिहरूमा समेत प्रस्तुत गरीएको छ, मा प्राकृतिक श्रोत साधनमा कसको अधिकार गर्ने भन्ने सम्वन्धमा मननीय कुराहरू परेका छन्। त्यस आलेखमा नयाँ संविधानमा संबैधानिक निकायको रूपमा प्राकृतिक स्रोत आयोग एउटा पनि गठन गर्नु पर्ने र सो आयोग सोझै केन्द्रिय सरकारको मातहतमा रहनु पर्ने कुरा उल्लेख छ। आयोगले संघ राज्य वा प्रान्तहरूमा आवश्यकता अनुसारका शाखा वा सम्पर्क कार्यालयहरू स्थापना गर्न सक्ने र आयोगको सम्पूर्ण खर्च केन्द्रिय सरकारले व्यहोर्ने कुरा उल्लेख छ। नेपाल भौगोलिक विविधता पनि भएको देश भएका कारण प्राकृतिक श्रोतसाधनको विशेषता एक क्ष्ँेत्रको भन्दा अरु क्षेत्रको फरक छ। यस अवस्थामा समन्वय र व्यवस्थापन त गर्ने पर्ने हुन्छ। दखल र बेदखलको पुरानो अभ्यास वा सिद्धान्त अब काम लाग्दैन र सो संवैधानिक आयोगले कसलाई कति बाँडफाँड गर्ने भन्ने अभ्यास गर्दछ।

वातावरणीय सरसफाइको चाडपर्व : सितिनखः

बसन्त महर्जन //

आजभोलि वातावरणीय सचेतता जागेको छ । तर, दुर्भाग्यको कुरा, वातावरण र सरसफाइ क्षेत्रमा लागेकाहरु यो विषय नेपालमा कति पुरानो छ र यो संस्कृतिकै रुपमा उहिल्यैदेखि थियो भन्ने कुराप्रति हेक्का राख्दैनन् । हुन पनि कुनै अन्तर्राष्टि«य दातृसंस्था वा सरकारकै वातावरणसम्बन्धी कुनै प्रोजेक्ट हात प(यो भनेमात्रै आफूलाई वातावरण तथा सरसफाइको मसीहा ठान्नेहरुलाई यस्तो कुरा थाहा नहुनु आश्चर्यको कुरा पनि होइन । वातावरण तथा सरसफाइ नेपालको परम्परा र संस्कृति पनि हो जसको धरोहर ‘सितिनखः’ले धानेको छ ।

विशेषतः नेवार समुदायमा प्रचलित यो चाड प्रत्येक वर्ष जेठ महिनाको शुक्लपक्षको षष्ठीको दिनमा पर्दछ । नेपालभाषा ९नेवार० मा पानीको अर्थमा ‘वाति’, नाःति’ र ‘लख’ वा ‘लः’ प्रयुक्त हुन्छ जसलार्ई ‘सिति’ शब्द पनि उपयुक्त हुन्छ । यसबाट प्रस्ट हुन्छ, सितिनखः पानीसित सम्बन्धित चाड हो । नेवार बोलीमा ‘सितिनखः’ भए पनि ‘सिथिनखः’ कसरी रहन गयो भन्ने अध्ययनको विषय हो जबकि सिथिको कुनै अथ लाग्दैन । सितिनखः विशुद्ध रुपमा काठमाडौं उपत्यकाको आदिबासी संस्कृति भएकोले यसलाई शब्द संयोजनको आधारमा अन्य धार्मिक ग्रन्थहरुस“ग जोड्नु संस्कृति तथा सभ्यताका बारेमा अध्ययन गर्नेहरुलार्ई व्यवधान खडा गरिदिनु मात्रै हो । यस दिन नेवारहरु बडो श्रद्धाका साथ सिति देवताको पूजा गर्छन् । संस्कृतिविद् सुरेन्द्रमान श्रेष्ठका अनुसार सिति देवता आजु अजिमासित सम्बन्धित ‘कुम्हःद्यः’ हो । उनी आजु अजिमालाई विभिन्न ठाउ“मा विभिन्न रुपमा लिई मानिआएको र तीमध्ये एक रुप जलाशय, जलाधारका लागि सितिद्यः ९नागराज० लाई मानिआएको उल्लेख गर्छन् । यसबाट प्रस्ट रुपमा के बुझियो भने सितिनखःको दिन पुजिने देवता कार्तिकेय कुमार नभएर सितिद्यः वा सिति देवता हुन् । कुम्हःद्यः र कुमारबीचको भेद भएको माथिका उल्लिखित कुराहरुबाट बुझिन्छ । फेरि कुमारलाई पानीसित सम्बन्धित देवताका रुपमा वर्णन गरिएको पनि पाइ“दैन । यही बेला कुमारको जन्म संयोगमात्रै हो ।

सितिनखः वषर सुरु हुने समयको सुचक पनि हो । वषरको समयमा घरबाहिर सरसफाइ गर्न सकिन्न तसर्थ सितिको अवसरमा सरसफाइको काम गरिन्छ । बाटोघाटो बनाउने, पाटीपौवा मर्मत गर्ने, इनार सफा गर्नेलगायतका काम सम्पन्न गरिन्छ । खानेपानी सफा भएन भने रोगव्याधीले समात्छ भन्ने चेतनाले खोल्साखोल्सीहरु तथा कुवाको सफाइ गरिन्छ । यी दृक्ष्यहरु अझै पनि बाक्लो नेवारबस्तीहरुमा देख्न पाइन्छ । इनार सफा गर्नु एक दुईजनाले मात्रै र जो पायो उसैले गर्न सकिने कुरा होइन । तसर्थ सोही टोलका बलिया युवाहरु इनारभित्र पस्छन् । वर्ष दिनअघि मात्रै सफा गरिएको इनार भएपनि त्यहा“ प्राकृतिक ग्या“स रहेका हुन्छ । होस पु(याउन सकिएन वा सक्षम मान्छे परेन भने इनारभित्र पस्ने मान्छे बिरामीमात्रै नभई इनारभित्रै बेहोस भएर मर्ने गरेका घटनाहरु पनि छन् । त्यसै भएर इनारभित्र पस्नुअघि त्यहाँको ग्याँस निकाल्ने काम गरिन्छ । यसका लागि स्थानीय परम्परागत ज्ञानअनुसार आ–आफ्नै तरिकाहरु हुन्छन्, जस्तो पानी जम्मै निकालिसकेपछि ठूल्ठूला भाँडाभित्र पठाएर खाली नै निकाल्छन् तर त्यसमा ग्याँस भरिएको हुन्छ । यस्तै अन्य तरिकाहरु पनि अपनाउने गरिन्छ । जब भित्र ग्याँसको मात्रा कम भयो भन्ने लाग्दछ, एउटा बलेको मैनबत्ती वा टुकी धागोले बा“धेर इनारभित्र पठाइन्छ । बत्ती चाँडै निभ्यो भने त्यहाँ ग्याँस अझै पनि प्रसस्तमात्रामा बाँकी रहेछ भन्ने बुझिन्छ र होइन भने विस्तारै मान्छे पस्ने गर्दछ । इनार निकै साँघुरो हुने भएकोले एक वा दुईजना भन्दा बढी पस्दैनन् । भित्रको मान्छेले लेउ लागेका इँटा सफा गर्नुका साथै फोहर पानी बाल्टिनमा हाल्दिन्छन् । मान्छेहरु धेरैबेर इनारभित्र बस्न नसकिने भएकाले काम चाँडोचाँडो सकाउन माथिबाट पानी तान्नेहरु सक्रिय भइरहेका हुन्छन् । यस कार्यमा ज्यादाजस्तो टोलभरिका युवायुवतीहरु नै हुन्छन् र यो सरसफाइ कार्य जति जोखिमपूर्ण छ, त्यत्तिकैं साहसिक र रोचक पनि । टोलमा यो दिनको एउटा आकर्षण इनार सफा गर्ने नै पनि रहेको हुन्छ । यसरी नै कुवा, पानीका मुहानहरु, ढुङ्गेधारा, पोखरी आदिको पनि सरसफाइ गर्ने काम यसैबेला हुन्छ । उपत्यकामा यिनीहरुको निर्माण उहिले साधारण तरिकाले आजभोलिजस्तो गरिँदैनथ्यो । तान्त्रिक विधिविधान पु¥याएर सितिद्यः वा नागराजलाई प्रतिष्ठापन गरिएको हुन्छ । देवताप्रतिको आस्था र डरका कारण एक त ती ठाउँहरुमा मान्छेहरु फोहर नै गदैनथ्यो, अर्को प्राकृतिक तवरले नै फोहर हुन गए पनि तत्कालै मान्छेहरु सरसफाइतिर लागिहाल्थे । सितिनखःको दिन त वातावरणीय सरसफाइको केन्द्रबिन्दू मानेर औपचारिक रुपमा नै मनाइने प्रमुख दिनमात्रै हो । सितिनखःलाई आजभोलिको प्रचलित भाषामा भन्दा यो वातावरण तथा सरसफाइ दिवस हो ।

काठमाडौं उपत्यकाको जनजीवन कृषि तथा व्यापार–व्यवसायमा आधारित छ । यसै भएर यहाँको संस्कृतिमा पनि कृषिको झलक पाइनु वा कृषिमा नै आधारित हुनु सामान्य कुरा हो । वर्षामा रोपाइँमा कृषकहरु अति नै व्यस्त हुनुपर्दछ । आजको काम भोलि भन्ने मौका नै पाएको हुँदैन । यसबेला सबै कामहरु छाडेर सम्पूर्ण ध्यान रोपाइँमा नै केन्द्रित बनाएको हुन्छ । खेतमा जाँदै गर्दा बाटोका खोल्साखोल्सी, कुवा, इनार, ढुङ्गेधारा आदिमा निर्धक्कसाथ पानी पिउँछन् । जस्तो पायो त्यस्तो पानी पिउनु बेफूर्सदीले गर्दा भएको लापरबाही होइन, विभिन्न प्रकारका रोगहरु लाग्छ भन्ने हेक्का पनि उनीहरुलाई छ तर पनि त्यसो गर्नुको कारण उनीहरु के कुरामा ढुक्क हुन्छछन् भने, यस्तै रोगहरु लाग्न नपाओस् भनेर सितिनखःको बेला त्यस्ता ठाउँहरुको उचित सरसफाइ गरिसकेको हुन्छ ।

सितिनखः कहिलेदेखि प्रचलनमा आयो भन्ने कुरा स्पष्ट लेखोट अझैसम्म भेट्टाइएको त छैन तर राजा यक्ष मल्लको समयको एउटा लेखोट प्राप्त छ । जसमा ू श्री श्री जय यष मल्ल देव प्रभू ...... कष्ट गरिकन यो गढ बनाइएको हो । अबदेखि खाई, पर्खाल, ढोका, किल्लासंग सम्बद्ध राख्ने काम आफ्नो घरको इलाकाबाट गर्न पनि आफै आफैंले गदै जानु पर्दछ ...... भक्तपुरमा बस्ने सबैले वर्षाद् लाग्नुभन्दा पहिले थंथुलं कोथुलं र आफ्नो इलाकामा परेका किल्लाको हेरचार आफैं गर्नुपर्छ ..... किल्लाका छाना मर्मत गर्न मानिसहरुलाई सामानको बन्दोबस्त गरिदिई सिठी ९सितिनखः० भन्दा पहिले क्वाथः नायकले मर्मत गर्न लगाउनुपर्छ । किल्लाका छाना मर्मत गर्न लाएन भने सिठीको भोलिपल्ट क्वाथ नायकलाई १२ दाम दण्ड गर्नू (धनबज्र बज्राचार्य, देश रक्षाको व्यवस्था र त्यसप्रति पूजाको कर्तव्य’, पूर्णिमा, वर्ष १, अंक २, पेज २५)’ यसबाट के बुझिन्छ भने राजा यक्ष मल्लको समयमा नै सितिनखः र यसको अर्थ वा महत्व समाजमा दरिलोसँग स्थापना भइसकेको छ । र, वातावरणीय सरसफाइमा मात्र सितिनखः सीमित नभएर ठूल्ठूला कामको जिणरेद्धारलगायतका कामहरु यसै अवसरमा गरिन्छ भन्ने बुझिन्छ । आजभोलि पनि सितिनखःको अवसरमा बाटोघाटो, धारा, ढल, पाटीपौवा आदिको मर्मत कार्य गरिन्छ । सितिनखःको दिन सिति देवताको पूजा गर्छन् । सरसफाइ तथा नुहाइधुवाइ गरेर विभिन्न परिकारका खानेकुराहरु खाने गरिन्छ । यस दिन विशेष परिकारका रुपमा चतामरी, मास्, मुंगी, कःसू आदिको बारा पकाइएको हुन्छ । वर्षभरिमा नसकिएको काम सितिनखःको दिन सम्पन्न गरिन्छ । महिना दिनअघिदेखि चल्ने देगु पूजा कारणबस पूरा हुन सकेको थिएन भने यसै दिन सो विधि सम्पन्न गरिन्छ । यसरी नै विभिन्न मन्दिरमा जाने पूजाआजामा सरिक हुने आदि काम गगर्नु हुँदैन भनी सबै काम स्थगित गर्छन् । कोला राग गाउन छाडेर ‘सिनाज्या मे’ गीत गाउँछन् जुन मूलतः रोपाइँसित सम्बन्धित हुन्छ । यो चाड पर्वमा छोरीबेटीहरु बोलाएर भोज खुवाउने पनि चलन छ । यसलार्ई नेवार समाजमा मनाइने चाडपवहरुमा सबैभन्दा पछिल्लो मानिन्छ तसर्थ यसलार्ई ‘छोरीको चाड’ पनि भन्ने गरिन्छ ।

आजभोलि वातावरणीय सचेतता जागेको छ । तर, दुर्भाग्यको कुरा, वातावरण र सरसफाइ क्षेत्रमा लागेकाहरु यो विषय नेपालमा कति प्ुरानो छ र यो संस्कृतिकै रुपमा उहिल्यै थियो भन्ने कुराप्रति हेक्का राख्दैनन् । हुन पनि कुनै अन्तर्राष्टि«य दातृसंस्था वा सरकारकै वातावरणसम्बन्धी कुनै प्रोजेक्ट हात प¥यो भनेमात्रै आफूलार्ई वातावरण तथा सरसफाइको मसीहा ठान्नेहरुलाई यस्तो कुरा थाहा नहुनु आक्ष्चयको कुरा पनि होइन । वातावरण तथा सरसफाइ नेपालको परम्परा र संस्कृति पनि हो जसको धरोहर …सितिनखःÚले धानेको छ । विशेषतः नेवार सम्ुदायमा प्रचलित यो चाड प्रत्येक वर्ष जेठ महिनाको शुक्लपक्षको षष्ठीको दिनमा पर्दछ । नेपालभाषा (नेवार, Newar Language) मा पानीको अर्थमा …वाति, नाःति र …लख वा …लः प्रय्ुक्त ह्ुन्छ जसलार्ई …सिति शब्द पनि उपय्ुक्त ह्ुन्छ । यसबाट प्रस्ट हुन्छ, सितिनखः पानीसित सम्बन्धित चाड हो । नेवार बोलीमा …सितिनखः भए पनि …सिथिनखःÚ कसरी रहन गयो भन्ने अध्ययनको विषय हो जबकि सिथिको कुनै अथ लाग्दैन । सितिनखः विशुद्ध रुपमा काठमाडौं उपत्यकाको आदिबासी संस्कृति भएकोले यसलार्ई शब्द संयोजनको आधारमा अन्य धामिक ग्रन्थहरुस“ग जोड्नु संस्कृति तथा सभ्यताका बारेमा अध्ययन गर्नेहरुलार्ई व्यवधान खडा गरिदिनु मात्रै हो । यस दिन नेवारहरु बडो श्रद्धाका साथ सिति देवताको पूजा गछन् । संस्कृतिविद् सुरेन्द्रमान श्रेष्ठका अन्ुसार सिति देवता आजु अजिमासित सम्बन्धित …क्ुम्हःध्यःÚ हो । उनी आजु अजिमालाई विभिन्न ठाउ“मा विभिन्न रुपमा लिई मानिआएको र तीमध्ये एक रुप जलाशय, जलाधारका लागि सितिध्यः (नागराज) लाई मानिआएको उल्लेख गछन् । यसबाट प्रस्ट रुपमा के बुझियो भने सितिनखःको दिन पुजिने देवता कार्तिकेय क्ुमार नभएर सितिध्यः वा सिति देवता ह्ुन््, । कुम्हःध्यः र कुमारबीचको भेद भएको माथिका उल्लिखित कुराहरुबाट बुझिन्छ फेरि क्ुमारलार्ई पानीसित सम्बन्धित देवताका रुपमा वणन गरिएको पनि पाइ“दैन । यही बेला क्ुमारको जन्म संयोगमात्रै हो । सितिनखः वषर्ा स्ुरु ह्ुने समयको स्ूचक पनि हो । वषर्ाको समयमा घरबाहिर सरसफाइ गर्न सकिन्न तसर्थ सितिको अवसरमा सरसफाइको काम गरिन्छ । बाटोघाटो बनाउने, पाटीपौवा मर्मत गर्ने, इनार सफा गर्नेलगायतका काम सम्पन्न गरिन्छ । खानेपानी सफा भएन भने रोगव्याधीले समात्छ भन्ने चेतनाले खोल्साखोल्सीहरु तथा कुवाको सफाइ गरिन्छ । यी दृक्ष्यहरु अझै पनि बाक्लो नेवारबस्तीहरुमा देख्न पाइन्छ । इनार सफा गन्ु एकदुर्ई जनाले मात्रै र जो पायो उसैले गन सकिने कुरा होइन । तसर्थ सोही टोलका बलिया युवाहरु इनारभित्र पस्छन्् । वर्षदिनअघिमात्रै सफा गरिएको इनार भए पनि त्यहा“ प्राकृतिक ग्या“स रहेका ह्ुन्छ । होस प्ु¥याउन सकिएन वा सक्षम मान्छे परेन भने इनारभित्र पस्ने मान्छे बिरामीमात्रै नभर्ई इनारभित्रै बेहोस भएर मने गरेका घटनाहरु पनि छन्् । त्यसै भएर इनारभित्र पस्न्ुअघि त्यहा“को ग्या“स निकाल्ने काम गरिन्छ । यसका लागि स्थानीय परम्परागत ज्ञानअनुसार आ–आफ््नै तरिकाहरु हुन्छन्, जस्तो पानी जम्मै निकालिसकेपछि ठूल्ठूला भा“डाभित्र पठाएर खाली नै निकाल्छन् तर त्यसमा ग्या“स भरिएको ह्ुन्छ । यस्तै अन्य तरिकाहरु पनि अपनाउने गरिन्छ । जब भित्र ग्या“सको मात्रा कम भयो भन्ने लाग्दछ, एउटा बलेको मैनबत्ती वा टुकी धागोले बा“धेर इनारभित्र पठाइन्छ । बत्ती चा“डै निभ्यो भने त्यहा“ ग्या“स अझै पनि प्रसस्तमात्रामा बा“की रहेछ भन्ने बुझिन्छ र होइन भने विस्तारै मान्छे पस्ने गर्दछ । इनार निकै सा“घुरो हुने भएकोले एक वा दुर्ईजना भन्दा बढी पस्दैनन् । भित्रको मान्छे लेउ लागेका इ“टा सफा गनुका साथै फोहर पानी बाल्टिनमा हाल्दिन्छन् । मान्छे धेरैबेर इनारभित्र बस्न नसकिने भएकोले काम चा“डोचा“डो सकाउन माथिबाट पानी तान्नेहरु सक्रिय भइरहेका हुन्छन् । यस कार्यमा ज्यादाजस्तो टोलभरिका युवायुवतीहरु नै ह्ुन्छन्् र यो सरसफाइ कार्य जति जोखिमपूर्ण छ, त्यत्तिकैं साहसिक र रोचक पनि । टोलमा यो दिनको एउटा आकर्षण इनार सफा गर्ने नै पनि रहेको ह्ुन्छ । यसरी नै क्ुवा, पानीका म्ुहानहरु, ढ्ुंगेधारा, पोखरी आदिको पनि सरसफाइ गर्ने काम यसैबेला ह्ुन्छ । उपत्यकामा यिनीहरुको निर्माण उहिले साधारण तरिकाले आजभोलिजस्तो गरि“दैनथ्यो । तान्त्रिक विधिविधान प्ु¥याएर सितिध्यः वा नागराजलार्ई प्रतिष्ठापन गरिएको ह्ुन्छ । देवताप्रतिको आस्था र डरका कारण एक त ती ठाउ“हरुमा मान्छेहरु फोहर नै गदैनथ्यो, अकर्ो प्राकृतिक तवरले नै फोहर ह्ुन गए पनि तत्कालै मान्छेहरु सरसफाइतिर लागिहाल्थे । सितिनखःको दिन त वातावरणीय सरसफाइको केन्द्रबिन्द्ु मानेर औपचारिकमा नै मनाइने प्रम्ुख दिनमात्रै हो । सितिनखःलार्ई आजभोलिको प्रचलित भाषामा भन्दा यो वातावरण तथा सरसफाइ दिवस हो । काठमाडौं उपत्यकाको जनजीवन कृषि तथा व्यापार–व्यवसायमा आधारित छ । यसै भएर यहा“को संस्कृतिमा पनि कृषिको झलक पाइन्ु वा कृषिमा नै आधारित ह्ुन्ु सामान्य क्ुरा हो । वषामा रोपाइ“मा कृषकहरु अति नै व्यस्त हुनुपर्दछ । आजको काम भोलि भन्ने मौका नै पाएको ह्ु“दैन । यसबेला सबै कामहरु छाडेर सम्पूर्ण ध्यान रोपाइ“मा नै केन्दि्रत बनाएको हुन्छ । खेतमा जा“दै गर्दा बाटोका खोल्साखोल्सी, क्ुवा, इनार, ढ्ुंगेधारा आदिमा निर्धक्कसाथ पानी पिउ“छन् । जस्तो पायो त्यस्तो पानी पिउन्ु बेफ्ुर्सदीले गर्दा भएको लापरबाही होइन, विभिन्न प्रकारका रोगहरु लाग्छ भन्ने हेक्का पनि उनीहरुलार्ई छ तर पनि त्यसो गन्ुको कारण उनीहरु के कुरामा ढुक्क छ भने, यस्तै रोगहरु लाग्न नपाओस्् भनेर सितिनखःको बेला त्यस्ता ठाउ“हरुको उचित सरसफाइ गरिसकेको ह्ुन्छ । सितिनखः कहिलेदेखि प्रचलनमा आयो भन्ने कुरा स्पष्ट लेखोट अझैसम्म भेट्टाइएको त छैन तर राजा यक्ष मल्लको समयको एउटा लेखोट प्राप्त छ । जसमा ……श्री श्री जय यष मल्ल देव प्रभु ... कष्ट गरिकन यो गढ बनाइएको हो । अबदेखि खार्ई पखाल, ढोका, किल्ल, संग सम्बद्ध राखने काम आफ्नो घरको इलाकाबाट गनर््ु पनि आफै आफैंले गदै जानुपर्दछ । ... भक्तपुरमा बस्ने सबैले वर्षाद्् लाग्न्ु भन्दा पहिलो थंथुलं कोथुलन र आफ्नो इलाकामा परेका किल्लाको हेरचार आफैं गनर्छ । ... किल्लाका छाना मर्मत गर्न मानिसहरुलार्ई सामानको बन्दोबस्त गरिदिई सिठी (सितिनखः) भन्दा पहिले क्वाथ नायकले ममत गर्न लगाउनुपर्छ । किल्लाका छाना मर्मत गर्न लाएन भने सिठीको भोलिपल्ट क्वाथ नायकलार्ई १२ दाम दण्ड गन्ु (धनबज्र बज्राचार्य, देश रक्षाको व्यवस्था र त्यसप्रति पूजाको कर्तव्य", पूर्णिमा, वर्ष १, अंक २, पेज २५ ) ।यसबाट के ब्ुझिन्छ भने राजा यक्ष मल्लको समयमा नै सितिनखः र यसको अर्थ वा महŒव समाजमा दरिलोस“ग स्थापना भइसकेको छ । र, वातावरणीय सरसफाइमा मात्र सितिनखः सीमित नभएर ठ्ूल्ठ्ूला कामको जिणरोद्धारलगायतका कामहरु यसै अवसरमा गरिन्छ भन्ने ब्ुझिन्छ । आजभोलि पनि सितिनखःको अवसरमा बाटोघाटो, धारा, ढल, पाटीपौवा आदिको मर्मत कार्य गरिन्छ । सितिनखःको दिन सिति देवताको प्ूजा गर्छन्् । सरसफाइ तथा नुहाइधुवाइ गरेर विभिन्न परिकारका खानेक्ुराहरु खाने गरिन्छ । यस दिन विशेष परिकारका रुपमा चतामरी, मास््, मुगी, कःसू आदिको बारा पकाइएको ह्ुन्छ । वर्षभरिमा नसकिएको काम सितिनखःको दिन सम्पन्न गरिन्छ । महिना दिनअघिदेखि चल्ने देगु पूजा कारणबस पूरा हुन सकेको थिएन भने यसै दिन सो विधि सम्पन्न गरिन्छ । यसरी नै विभिन्न मन्दिरमा जाने प्ूजाआजामा सरिक हुने आदि काम गनर्ुहु“दैन भनी सबै काम स्थगित गर्छन् । कोला राग गाउन छाडेर 'सिनाज्या मे' गीत गाउ“छन् जुन मूलतः रोपाइ“सित सम्बन्धित हुन्छ । यो चाड पर्वमा छोरीबेटीहरु बोलाएर भोज ख्ुवाउने पनि चलन छ । यसलार्ई नेवार समाजमा मनाइने चाडपवहरुमा सबैभन्दा पछिल्लो मानिन्छ तसर्थ यसलार्ई 'छोरीको चाड' पनि भन्ने गरिन्छ ।

विवादमा नोबेल पुरस्कार

बसन्त महर्जन

विश्वमा सर्वाधिक प्रतिष्ठित मानिएको नोवेल पुरस्कारका बारेमा साहित्यकार ट्रीडवर्ग भन्छन्-नोवेल पुरस्कार विरोधी कुनै पुरस्कार भए म त्यो खुशी साथ लिन्छु ।ु

यही भनाईले गर्दा ट्रीडवर्गले उक्त पुरस्कार कहिल्यै पाएनन् । नोबेल पुरस्कार चयन कमिटीले उनलाई्र पुरस्कृत गर्न खोजेको थियो तर पुरस्कार विरोधी कुरा नगर्ने सर्तमा । साहित्यकार स्ट्रीतवर्गले आफ्ना शब्दहरु कहिल्यै फिर्ता लिएनन् ।
नोबेल पुरस्कारप्रति साहित्यकार ट्रीडवर्गलाई्र यति धेरै वितृष्णा किन भयो त उनले विरोधको नाउमा विरोध मात्रै गरेका होइन रहेछ भन्ने कुरा बुझिन्छ । उनको त्यो अभिव्यक्ति नोबेल पुरस्कारको अपमान वा विरोध नभएर त्यसको चयन प्रकृया प्रति असन्तोष मात्रै हो । उसो भए नोवेल पुरस्काको चयन प्रकृया कस्तो छ त र विवादमा पर्नुको खास कारण के हो त भन्ने प्रश्नमा र साहित्यका विषयमा मात्रै यो लेख सीमित रहने छ ।

प्रत्येक वर्षको अक्टोवर महिनामा विभिन्न ६ विषयमा नोबेल पुरस्कारको घोषणा गरिन्छ । स्टकहोम स्वीडेनबाट गरिने यो घोषणा सबैको चासोको विषय बन्छ । घोषणापश्चात् पुरस्कार विजेताका बारेमा विश्व भरी नै चर्चा हुन थाल्छ ।

नोबेल पुरस्कारका संस्थापक अल्प्रुेड बर्नहार्ड नोबेलले आफ्नो मृत्यु भन्दा पाँच वर्ष अघि आफ्ना अपार सम्पत्ति आफ्नो शेष पछि के गर्ने भन्ने सम्वन्धमा एक बसियत तयार पारेर गएका थिए । उनको उक्त वसियत पत्रमा आफ्नो सम्पत्तिलाई्र ऋण पत्रको रुपमा बैंकमा खाता खोली त्यसबाट आउने व्याजबाट प्रतिवर्ष पाँच विषय भौतिक रसायण चिकित्सा अथवा शरीर कि्रया विज्ञान साहित्य र शान्ति अर्थशास्त्र विषय पछि मात्रै थपिएको मा उत्कृष्ट एवं उल्लेखनीय कामको लागि त्यो पुरस्कार दिइयोस् भन्ने इच्छा व्यक्त गरेका थिए । जसले गएको वर्ष मानव समाजको महानतम हित पुर् याएको हुनु पर्छ भन्ने उनको मान्यता थियो । नोबेलले जुन वसियत पत्र लेखका थिए त्यसमा पुरस्कार विवादमा नपरोस् भन्ने हिसाबले केही शर्तहरु पनि राखेएका थिए । उक्त वसियतमा लेखिएको थियो- ु… महिला वा पुरुषलाई्र दिइने छ जसले गएको वर्ष सबैभन्दा महत्वपूर्ण र आदर्शवादी स्वभावको साहित्य रचना गर्दछ । मेरो इच्छा के हो भने यो पुरस्कार दिइदा उम्मेदवारको राष्ट्रियतामा ध्यान नदिइयोस् पुरस्कार त्यसलाई्र दिइनु पर्दछ जो यस पुरस्कारको सच्चा अधिकारी हो त्यो व्यक्ति स्क्याडिनेविया नोबेलको जन्मथलो निवासी नै हुनु पर्दछ भन्ने छैन ।ु

नोबेलका अनुसार पुरस्कारको चयन गर्दा राष्ट्र राष्ट्रियता भाषा समुदाय वर्ण वैचारिकता आदिमा ध्यान नदिई आदर्श र उच्चतम कृतिलाई्र मात्र दिइनु पर्दछ भन्ने हो । तर यहाँ वसियतमा लेखिएअनुसार पुरस्कार विजेताको चयन भएन भन्ने विवाद छ । साहित्यतर्फ पुरस्कार विजेता चयन गर्ने साहित्य मर्मज्ञ एवं लेखकहरुको संस्था स्वीडिश एकेडमीका सदस्यहरु राजनीतिबट मुक्त नभएको आरोप लगाइन्छ । यी सदस्यहरु निहित व्यक्तिगत स्वार्थका लागि पुरस्कारको पात्रलाई उपेक्षा गरी अपमानको घोषणा गर्दछन् भन्ने आरोप लगाइन्छ ।
सन् १९०१ बाट नोबेल पुरस्कार दिन थालिएको थियो र त्यसै वर्षदेखि नै विवादमा फस्न पुगेको थियो । त्यस वर्ष प्रुान्सका कवि रेने प्रुासुआ अर्माप्रूधोलाई्र दिइएको थियो । र सुरुमै विवादमा पर्नुको कारण महान साहित्यकार लियो टाल्सटायलाई्र दिनु पर्नेमा अर्कैलाई्र पर् यो भनेर हो । यो विवाद वा आरोपको खण्डन गर्दै त्यति बेलाका चयनकर्ताहरुले भनेका थिए- टाल्सटायका रचनाहरुले समाजमा अराजकता ल्याउने भएकाले नदिइएको ।

त्यसको अर्को वर्ष अर्थात् १९०२ को नोबेल पुरस्कार पनि विवादकै घेरामा पर् यो । यस वर्ष साहित्य तर्फको नोबेल पुरस्कार त्यस्तो व्यक्तिलाई्र दिन पुगेको थियो जो साहित्यकार नै थिएनन् । जर्मनको इतिहासकार थियो । डोर मोमसनलाई्र साहित्य तर्फको नोबेल पुरस्कार दिइएपछि निकै विवाद भएको थियो । नोबेल पुरस्कारको इतिहासमा यस प्रकारको घटना पछि पछि पनि भएको पाइन्छ । १९०८ मा कि्रष्टोफर यूकेनलाईृ सन् १९२७ मा हेनरी वर्गसनलाई्र सन् १९५० मा बटे्रण्ड रसेललाई्र र सन् १९५३ मा बेलायतका प्रधानमन्त्री बिन्स्टन चर्चिललाई्र साहित्यतर्फको नोबेल पुरस्कार दिएको थियो जो गैर साहित्यकार थिए जो अर्कै क्षेत्रका व्यक्तिहरु थिए ।
नोबेल पुरस्कारलाई्र कम्युनिज्म विरोधी पुरस्कार भन्ने आरोप पनि लगाइन्छ । त्यसो भए यो कम्युनिज्म विरोधी पुरस्कार नै हो त वसियतनामामा लेखिएको स्पष्ट कुराहरुका कारण यसका चयनकर्ताहरुले हो नै भन्न सकेका त छैनन् तथापि उनीहरुको व्यवहारले त्यस्तै कुराको झलक दिन्छ । तर यस कुराको प्रतिवाद गर्दा सोभियत रुसका ती लेखकहरुको नाम अघि सार्ने गरिन्छ जसलाई्र नोबेल पुरसकारबाट सम्मानित गरिसकेका छन् । सोभियत रुसको राजनीतिक विखण्डनअघि ५ जना रुसी साहित्यकारले उक्त पुरस्कार पाएका थिए । लियो टाल्सटाय म्या_िक्सम गोर्की दोस्तोभस्की इभान तुर्गनेभस जस्ता महान हस्तीहरुले नपाएको उक्त पुरुकार पाउने पाँचजना साहित्यकारहरु त्यस वर्गबाट थिए जो कम्युनिज्म विरोधी थिए । कम्युनिज्मभित्र पनि पूँजीवादी विचार राख्ने ५ जना लेखकहरुलाई्र यो पुरस्कार दिइएकै कारणले होला अर्का महान साहित्यकार ज्याँ पाल सार्त्रले सो पुरस्कारको तीखो आलोचना गर्दै टिप्पणी गरेका थिए – नोबेल पुरस्कार भनेको दक्षिणपन्थीहरुको प्रचार संगठन हो । सार्त्रको भनाइअनुसार यो पुरस्कार ती रुसी लेखकहरुलाई्र दिइयो जसको रचना रुसमा नभएर विदेशमा निस्क्यो र स्वदेशमा प्रतिवन्ध लगाइयो ।

हुन पनि साहित्यकार वोरिस पास्तरनाकले जुन पुस्तकबाट नोबेल पुरस्कार पाएका थिए त्यो रुसबाट नभएर इटालीबाट निस्केको थियो । पुरस्कृत पुस्तक ुडा। जिभागोु मा महान रुसी क्रान्ति भनिने रुसी क्रान्तिप्रति निराशा व्यक्त गरिएको थियो । त्यस्तै १९१९ मा नै प्रुान्समा निर्वासित भइसक्ने अर्का लेखक इभान बुनीनलाई्र दिइयो । नोबेल पुरस्कार चयन कमिटीका सदस्य डा। ओस्तर िलंकको धारणा अनुसार लेखक इभानको साहित्यिक स्तरीयतालाई्र हेर्दै नहेरी टाल्सटाय गोर्की चेखवजस्ता साहित्यकारहरुलाई्र नदिएको तर रसियनहरुलाई्र पनि दिने गरको भनेर देखाउन मात्रै उनलाई्र सो पुरस्कार दिइएको थियो ।

सोभियत रुसको कम्युनिष्ट सरकारद्वारा सन् १९२० मा प्रतिक्रान्तिकारी १९३० मा जनताका शत्रू र १९४० मा विश्वासघाती आरोप लगाइएका लेखक अलेक्जेण्डर सोल्जेनि_ित्सनलाई्र दिइएको पुरस्कार पनि यसै अन्तर्गत राख्न सकिन्छ । यस्ता विवादहरुबाट मुक्त हुन भनेर नै होला पछि व्राडस्कीलाई्र पुरस्कारको घोषणा गरिएको तर यो पनि आरोपबाट मुक्त रहन सकेन । अन्तमा आएर सोभियत रुसकै राष्ट्रपतिलाई्र शान्तिको लागि नोबेल पुरस्कार भनेर दिइयो तर राष्ट्रपति मिखायल गोर्भाचोव पनि कम्युनिष्ट विरोधी को रुपमा देखापर् यो ।
त्यसो भए के त सोभियत रुसमा ती पाँच जना पुरस्कृत विजेताहरु योग्य थिएनन् त योग्य त थिए होला तर चयनकर्ताहरुले चयनको मापदण्ड अर्के अपनाएपछि कसको के लाग्छ र सन् १९३० तिर नोबेल पुरस्कार पाउने बि्रटिस भारतका साहित्यकार रवीन्द्रनाथ टैगोरको पुरस्कार चयनलाई्र लिएर पनि विवाद सिर्जना भएको थियो । यूरोपको महान साहित्यकारहरु यीट्स एज्रा पाउण्ड जस्ता मूर्धन्य साहित्यकारहरुको विशेष प्रयासले मात्र यो पुरस्कार पाउन टैगोर सफल भएको भन्ने आरोप भारतका साहित्यकारहरु लगाउँछन् । पुरस्कारको यस चयनमा बेलायती सरकारको पनि हात रहेको कुरा विवादको क्रममा उठेको थियो । भारतमा आफ्नो प्रभाव जमाइ राख्न र जनतालाई्र आफ्नो पक्षमा ल्याउन रव्ििन्द्रनाथलाई्र यो पुरकार दिन बेलायत सरकार आफै लागिपरेको आरोप लगाइन्छ ।
नोबेल पुरस्कार सम्वन्धी यस्तै विवादहरुलाई्र उल्लेख गरी उपन्यासकार इरिवंग वैलेस एक पुस्तक नै तयार पार्छन्- त्जभ एचष्शभ । पुस्तकमा उनले यसरी भण्डाफोर गरे कि स्वीडेनमा त्यो पुस्तक प्रतिवन्धित नै भयो । सन् १९३८ मा पुरस्कार प्राप्त गरेका अमेरिकी उपन्यासकार पर्ल एस वकको बारेमा उक्त पुस्तकमा उल्लेख भएको छ । उक्त पुस्तकका अनुसार पुरस्कार चयन कमिटीका एक सदस्य डा। हेदिन गैर साहित्यकार ४ मध्ये ३ वटा कमिटीका सदस्य कै प्रयासमा लेखकलाई्र पुरस्कार दिइएको हो । पर्ल एस वकलाई्र पुरस्कार दिने निर्णय गिरंदा २८ मध्ये १९ सदस्यले विरोध गरेका पनि थिए । तर डा। हेदिनले निकै ठूलो प्रयास गरेर बकलाई नै पुरस्कार दिने निर्णय गराएका थिए । डा। हेदिनको यो विशेष प्रयास कुन कारणले गरिएको भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो । पर्ल एस बकलाई्र पुरकार दिलाएवापत डा। हेदिनले लिएको फाइदा भनेको त्यस बापत आफूले लेखिराखेको चीनकाई सेकको जीवनी पुस्तकप्रकाशित गराएका थिए । यसै गरी सन् १९४५ मा पुरस्कार प्राप्त गरेका साहित्यकार ग्रेविलाको सम्वन्धमा पनि कमिटीका एक सदस्यमात्रै ग्रेविलबाट प्रभावित थिए ।
साभारः हसना म्यागेजिन
maharjan_basanta@yahoo.com

अनुभूतिमा वाग्द्वार

–बसन्त महर्जन

वैशाख १ गते विहान सात बजेतिर काठमाडौं उपत्यकासको उत्तरस्थित बूढानिलकण्ठ परिसरमा पुगियो। साथमा थिए, मित्र प्रभातकिरण कोइराला। गन्तव्य थियो– वाग्द्वार, बागमती नदीको मुहान। बैशाख १ गते काठमाडौंका धेरै ठाउँ घुमिने ठाउँ मध्येको एक यो पनि हो। यस दिन यहाँ ठूलो मेला लाग्दछ। हाम्रो उद्देश्य पनि मेला भर्नु नै थियो। हुन त मान्छेहरू अघिल्लो दिन नै हिंडी वाग्द्वारमा रात बिताई स्नान गरेर फर्कन्छन्। एक हिसावले भन्दा यो परम्परागत रीत हो। तर सोही दिनमात्र पहाड चढ्ने र फर्कने हाम्रो पूर्व योजना बनेको थियो। योजना अनुसार त विहान ६ बजे नै बूढानिलकण्ठमा पुगेर उक्लिसक्ने थियो तर एक घण्टा ढिलो पुगियो। मेला भर्न जानेहरूको कुनै चहलपहल पनि त्यहाँ थिएन। ढिलो भइयो र पछि परियो। बाटो सोध्दै अगाडि बढ्यौं। केही बाटो अघि बढेपछि शिवपरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार आइपुग्यो। शिवपुरी क्षेत्र नेपाली सेनाको नियन्त्रणमा छ। प्रवेशका लागि नेपाली नागरिकका लगि प्रति व्यक्ति दश रुपैया तिर्नुपर्ने रहेछ। दुई जनाको २० रुपैया को टिकट काट्यौं र त्यहीं प्रवेश पुस्तिकामा नाम र हस्ताक्षर गरी यात्रा थालनी गर्यौंन।

अब बाटामा हामी मात्रै थिएनौं। काभ्रेवनस्थलीतिरका एक हूल आइमाईहरूमध्ये एक जना हिड्न नसकेर त्यतै मेला भर्नका लागि गाडी नै रिजर्भ गरेर आएकाहरूसँग पठाइएको थियो। गाडी घुइय्य गरेर अघि बढ्यो। हामी तिनै आइमाईहरूसँग कुरा गर्दै अघि बढ्यौं। कुराकानी रमाइलो नै भयो। हाम्रो प्रश्न थियो– मेलामा आइमाईहरू मात्र किन त?' उनीहरूमध्ये एकले जवाफ दिइन् – पुरुषहरू मेलामा के आउँथे र? आउन नै नमान्ने। हामीमात्रै आयौं। पुरुषहरू त यति बेलासम्म (करीव आठ बजेतिर) पनि सुत्दै होलान्।'

महिलाहरू निकै बलिया नै देखिन्थे। ती मध्ये हिड्न नसक्ने त झापाा माइत रहेकी महिला रहेछ। मेरो साथी प्रभात पनि झापाली नै। मैले भनें– झापाली हुँदैमा हिड्न नसक्ने त होइन, उहाँ पनि झापाली नै हुनुहुन्छ। बाटामा अनेकौं कुरा भयो। विहानै उठेर सपनतीर्थको दर्शन गरी बूढालीलकण्ठ हुँदै आएका रहेछन्, उनीहरू। विहान निस्कँदा हल्का पानीपरेको थियो। यात्रामा निस्कने बेला यसरी पानी पर्नु शुभ मानिन्छ, नेपाली समाजमा। उनीहरू खुशी थिए।

अलि अगाडि बढेपछि गोठाटारबाट आएका दुई जोडी (संभवतः लोग्नेस्वास्नीहरू) भेटिए। पहिलो पल्ट आएका रहेछन्, सोधे– बाटो कति बाँकी होला?' अहिले सम्झँदा हाँसो पनि उठ्छ , सम्पूर्ण बाटोको एक प्रतिशत पनि यात्रा गरिएको थिएन, त्यति बेलासम्म। उनीहरूसँग पनि केही बेर कुरा गर्दै अगाडि बढे्दै गर्दा उपत्यका छर्लङ्गैै देखियो, दृष्यलाई क्यामेरामा कैद गरिहालें। दृष्यलाई पृष्ठभूमिमा राखेर उनीहरूकै क्यामेराबाट पनि उनीहरूको फोटो खिचिदिएँ। उनीहरू विस्तारै हिडिरहेेका थिए। हामी अगाडि बढ्यौं। बागद्वारमा घन्टौं अलमलिदासम्म पनि उनीहरू आइपुगिसकेका थिएनन्।

बाटोमा एउटा घ्याङ आइपुग्यो। ठूलो चौर पनि रहेछ। मान्छेहरू त्यहाँ खानपिन गरिरहेका थिए। घ्याङमा खाने कुराको पसल पनि रहेछ। त्यहीं पसल नजिकै दुईचार जना आनीहरू मिलेर आलु तरकारी, पुरी, चिउरा आदि बेचिराखेका थिए। हामीले आलु तरकारी दुई ठाउँमा किन्यौं र बोकेर गएका अरु खानेकुरा झिकेर खान थाल्यौं।

हामी हिड्दै गयौं बढ्दै गयौं। थालनीमा हामी मात्रै छौं जस्तो लागेको थियो, माथि माथि पुगेपछि त भीड भेटिन शुरू भयो। भीड यतिसम्म कि कहिले काहीं साँघुरो बाटो आयो कि रोक्नु नै पथ्यर्ों। चार जना आइमाइहरू एक ठाउँमा बसिरहेका थिए। तिनीहरूमध्ये एकले सोधिन्– अब कहिले पुग्ने होला?' फर्किराखेकाहरू मध्ये कसैले एक घन्टा भने त कसैले डेढ घण्टा। दुई घण्टामा पुगिन्छ भन्नेहरू पनि आए। मैंले भनें– 'तपाईहरू यस्तै बसिराख्ने हो भने पाँच छ–घन्टा लाग्न सक्छ, पुग्दै नपुग्न पनि सक्छ।' अलि ठट्यौलो पारामा भनेको थिएँ तर मेरो कुराले तिनीहरूलाई लज्जित बनाएछ कि कुन्नी, हिड्ने तरखर गर्न थाले। तिनीहरूमध्ये एउटी युवतीको हातमा मोवाइल फोन थियो र त्यसबाट गीत सुनिराखेकी थिइन। हिन्दी गीत राम्रो थियो। गीत सुन्दै संगै हिड्न थाल्यौं। केही बेरपछि फर्केर आइरहेको एउटा त्यस्तै १७–१८ वर्षको तामाङ केटोले ती मोबाइलधारी आइमाईसँग केही कुरा सोध्यो, हामीले बुझेनौं। पछि बुझ्दा थाहा भयो, त्यो मोबाइल त्यही केटाको रहेछ, बाटोमा खसेको र ती आइमाईहरूले भेट्टाएको। मोबाइल अर्कै आइमाईले भेट्टाएको रहेछ, र किन त्यत्तिकै बोकेर हिड्ने बरु गीत सुन्दै जाऔं न भनेर युवतीले लिएको रहेछ। फिर्ता भयो। हामी अघि बढ्यौं। केही माथि पुगेपछि एउटी आइमाई पछाडि फर्केर फत्फताइरहेकी थिई– ''साले हरामी, मार्दिन्छु म त्यसलाइ त, कस्तो शुद्धि नभएको ...।'' तिनले आफ्नो छोरालाई गाली गरिरहेकीे रहिछन्। अघि मोबाइल हराउने उनैको छोरो रहेछ। मोबाइल हराएकोमा रिसाएकी। मोबाइल भेट्टाइसकेको सूचना दियौं। अर्थ नै नबुझी शब्दको प्रयोग गर्दा कति उल्टो पर्न सक्छ, आफ्नै छोरालाई 'हरामी' भन्दै थिईन् उनी।

बल्ल बाग्द्वार पुग्यौं। हेर्दाहेर्दै भीड बाक्लियो। पूजा मात्रै गर्नेको र धारामा नुहाउनेहरूको गरी दुई लाइन थियो। तीनतिर पहाड र खोंचमा धारा। धारा अगाडि केही फीटको बाटो र त्यो बाटो मुनि सानो पोखरी। र, यसको वरिपरि मेला भर्न आउनेहरूको भीड। लाइन मिलाउन बसिराखेका स्थानिय 'भोलेन्टियर'हरूमा अलिकति पनि शिष्टता थिएन। धारा कता छ र कहाँबाट जाने अथवा कहाँ जानु हुन्छ र जानु हुन्न भन्ने केही थाहा नपाएर अलमिलिरहेको भीडलाई ती 'भोलियन्टिर'हरू यसरी गाली गर्दै थिए, मानौं, भीडलाई सबै कुरा थाहा थियो र थाहा भएपनि नियम मिच्दै थियो। बाटो देखाउन बसेका 'भोलेन्टियर'हरू गाली गर्नमैं मस्त देखेर दुःख पनि लाग्यो। अरू बेला देखाउन नपाएको तुजुक उनीहरू देखाइरहेका थिए। हामीलाई हतारो थिएन। तत्काल भीडतिर लागेनौं पनि। माथि डीलबाट भीड हेर्यौंद। डीलमा बसेर भीड हेर्नेहरूको भीड त्यहाँ अलग्गै थियो। बरु त्यही भीडमा हुल्यौं। क्यामेराबाट भीडको दृष्यहरूलाई धमाधम उतार्यौंड पनि। त्यहीं गफ गरेर बसिरहेको बखत हामी नजिकै एक बोटल पानी आइपुग्यो, धारामा थापेर ल्याएको रहेछ। लाइनमा बसेर जान नचाहेको वा नसकेकाले एक जनामात्रै गएर पानी ल्याएको रहेछ र त्यो पानी त्यहीं टाउको टाउकोमा पर्ने गरी छर्कियो। भनें– ''लौं, हामी पनि बाग्द्वारमा पुग्यौं र नुहायौं, होइन त?'' सबै गललल हाँसे।

एक घन्टा त्यहाँ बसेपछि बाग्द्वारको धारालाई नजिकबाट फोटो खिच्ने अभिप्रायले तल झर्यौंट। एउटा भोलेन्टियर'लाई फोटो मात्रै खिच्ने र फर्किहाल्ने भनेर मनाइसकेको थिएँ, तर अरु 'भोलेन्टियर'हरूले मान्दै मानेनन्। अलिबेर कराउन थालेपछि बल्ल भित्र पस्न दियो। एउटा धारा, त्यहीं थियो बागमतीको मुहान। अरु बेला पहाडबाट मूल फुटेर आइरहेकोलाई बाघआकृतिको ढुङ्गाको धाराबाट बगाइराखेको हुन्छ भने त्यस दिनमात्र पित्तलको धारा जडान गरिन्छ। वरिपरि ढुङ्ागका केही कलाकृतिहरू पनि थियो र ती कलाकृतिहरूमाथि सामान्य दृष्टि थिएँ। ती कलाकृतिहरू काठमाडौंका नेवार जातिले चढाएका हुन् अथवा अन्य समुदायले काठमाडौंमा बनाउन लगाएर चढाएका हुन्, शैलीले यही भन्छ। केही वर्षअघिसम्म पनि बाग्द्वारमा काठमाडौंका नेवारहरू ठूलो मात्रामा जान्थे, बाजागाजासहित। तर अचेल पातलिन थालेको छ र गएका नेवारहरूलाई पनि अन्य सम्ुदायबाट छोपिन थालेको छ।

अघिल्लो दिन नै पुगी वास बस्न जानेहरू कहाँ बस्छन् त? धारा वरिपरि वास वस्ने ठाउँ त देखिन्न। धाराभन्दा अलि माथि अर्को ठाउँ पनि रहेछ। त्यहीं वास बस्दा रहेछन्। त्यहाँ त त्यतिबेला सानो बजार लागेको थियो। बाग्द्वार मात्रै जानेहरू यत्तिमै फर्कदारहेछन् तर हामी भने शिवपुरी हुँदै विष्णुपादुका (विष्णुमतीको मुहान) भएर फर्कने हिसावले झन् झन् उक्लदै गयौं।

जहाँ नियम पुर्यानउन भ्रष्टाचार हुन्छ

–बसन्त महर्जन

राज्य संयन्त्रले आर्थिक भ्रष्टाचारका घटनाहरू निर्मूल गर्न भनेर जतिसुकै आदर्शका कुराहरू गरे पनि र कारवाहीको तत्परता देखाए पनि उनैले बनाएका नीति निर्देशनहरू भ्रष्टाचारका लागि मलिलो ठाउँ बनेका छन्। ऐन तथा आर्थिक नीतिहरू नै भ्रष्टाचार गर्न सिकाउने र त्यसप्रति प्रेरित गर्ने माध्यम बनेका छन्। नियमले नदिंदा नदिंदै पनि भ्रष्टाचार गर्न पल्केकाहरू नियमसंगत नै भ्रष्टाचार गर्न पाए पछि कसरी छालान्? प्रश्न स्वाभाविक छ।

सामान्यतः नीति नियम भ्रष्टाचार रोक्न र सरकारी कामलाई व्यवस्थित गर्न बनेका हुन्छन्। तर नेपाल त्यस्तो मुलुक हो, जहाँ लेखा अधिकृतहरूले नीतिनिमय पालना गर्नकै लागि पनि भ्रष्टाचार गर्नुपर्छ। कागजमा हिसाब मिल्यो कि समस्या समाधान भएको ठान्ने प्रवृत्ति व्यापक बन्दै गएको छ। आवश्यक सामानको खरीद गरेवापत भुक्तानीका लागि बिल अनिवार्य पेश गर्नुपर्ने नियम छ। तर नेपालमा सबै ठाउँमा सामान खरिदपछि बिल दिने चलन छैन। यो कुरा लेखापाल तथा लेखा अधिकृतहरू सबैलाई थाहा भएकै कुरा हो। हिसाब मिलानका लागि त्यस्तो अवस्थामा लेखापाल वा लेखा अधिकृतहरू सम्बन्धित कर्मचारी वा कामदारलाई झन्झटमा फसाइदिने, दुःख दिने वा काममा ढिलाई गरिदिने गर्दछन्। यदि हेप्न नसक्ने वा आफ्नो मान्छे पर्योन भने कुने एउटा नक्कली बील बनाएर पेश गर्न उनीहरू आफै सल्लाह दिन्छन् र हिसाव मिलान भइहाल्छन्। काममा घटीबढीको हिसाव मिलाउने काइदा भनेकै नक्कली बील हुने गर्दछ। नक्कली बिल बनाउन सिकाउने नै भ्रष्टाचारको शिक्षा हो।

अध्ययन अनुसन्धान कार्य नीति निर्माणमा सहयोग पुर्यालउने उद्देश्य नभई अर्के कुराले प्रेरित भएर यस शिर्षकमा खर्च गर्ने प्रवृत्ति छ। अध्ययन अनुसन्धानमा आफ्नो संस्थाले यतिउति खर्च गरेको छ भनेर देखाउन पाउँदा सम्बन्धित अधिकारी आफू पनि अध्ययन अनुसन्धानको महत्व बुझ्ने र यस क्षेत्रमा 'योगदान' गरेका भन्ठान्छन्। काठमाडौं महानगरलगायत दुई उपमहानगर र देशभरका अरू नगरपालिका तथा गाविसहरू आफ्नो क्षेत्रभित्रको अध्ययन अनुसन्धान गराउने भनेर बजेट बनाउँछन्। अध्ययन अनुसन्धान गराउने नाममा बजेट खर्च गर्नेहरूमा संभवतः यी नगरपालिकाहरू अग्रपङ्तिमा पर्दछन्। यस्ता अनुसन्धान कार्यहरू अनुसन्धातालाई नभई राजनैतिक पार्टीका कार्यकर्ता र सोही निकायका कर्मचारी र उनका आफन्तकहाँ पुग्छ। अचम्म त के भने उनीहरू जुन विषयमा अनुसन्धान गर्ने भनेर पैसा लिन्छन्, त्यस पैसाले सम्बन्धित विषयका पुस्तकसम्म किन्दैनन्। किनीहाले पनि सही ढङ्गले प्रयोग हुँदैन।

अध्ययन अनुसन्धान पूर्व कार्यमा थप कार्य हो तर अचेल 'फेशन' जस्तै भएको छ। अनुसन्धानका नाममा हुने खर्च धेरै जसो 'पुनरावृत्ति', 'नक्कली' र 'चोरी' हुने गरेको छ। अध्ययन अनुसन्धानमा पुनरावृत्ति नहोस् भन्ने हेतुले प्रस्तावना लेखनमा नै पूर्वप्रयासको समीक्षा हुनुपर्छ, जुन ठ्याम्मै हुँदैन। यस अर्थमा ती अनुसन्धानका काम सुरुमै चिप्लिसकेका हुन्छन्। नगरपालिकाहरूले गरेका अध्ययन अनुसन्धानको नै 'अनुसन्धान' गर्ने हो भने निकै रमाइला घटना निस्कछन्। एउटै मन्दिर वा अन्य सम्पदाहरूको पटकपटक अनुसन्धान भइरहेको छ तर ती अघिल्लो अनुसन्धानको प्रतिलिपिभन्दा फरक हुँदैनन्। तर अघिल्ला अनुसन्धान रिपोर्ट पछिल्लो अनुसन्धानअघि नै त्यहाँबाट हराइसक्छ। यो पनि भ्रष्टाचार नै हो। यसअघिको भ्रष्टाचार अझ रोचक हुन्छन्। अनुसन्धान गर्नेले जसको नक्कल गरेका हुन्, उसलाई थाहू हुँदैन, जसले नक्कल गरेको हो उसले कसको नक्कल गर्दै छु भनेर। काठमाडौं महानगरले हनुमानढोका दरबार क्षेत्रका सम्पदाहरूको लगत तयार पार्न विभिन्न समयमा विभिन्न व्यक्तिलाई 'अवसर' दिएको छ। साधारणतः हनुसन्धान भनेका पुस्तकका रुपमा प्रकाशित गर्न र त्यसलाई सम्वन्धित विज्ञ वा साधारण पाठकलाई पढाउन हो। तर आफ्ना रिपोर्ट महानगरलगायत कसैले पनि गरेको पाइँदैन। प्रकाशनतिर ध्यान नदिएकै कारणले पनि एउटै अनुसन्धान पटकपटक हुने गरेका छन्। हनुमानढोका दरवार क्षेत्रको सम्पदाको लगत विवरणहरू प्रायसः मनबज्र बज्राचार्यद्वारा लिखित पुस्तक 'हनुमानढोका दरवार'बाट हुबहु सारिएका हुन्छन्। केही समयअघि यस लेखक समक्ष पनि हनुमानढोका दरवार क्षेत्रका सम्पदाहरूको लगत तयार पार्न भनेर एउटा प्रस्ताव आएको थियो। प्रस्ताव लिएर आउने व्यक्ति महानगर पालिकासम्वद्ध व्यक्ति त थिएनन् तर कर्मचारीसँग उसको घनिष्ट सम्वन्ध भने थियो। संयोजक, सल्लाहकार वा यस्तै कुनै पद सिर्जना गरेर त्यस अनुसन्धान कार्यमा प्रस्तावक व्यक्ति पनि संलग्न हुने रहेछन्। इतिहास, संस्कृति तथा पुरातत्व कुनै पनि विषयसँग सम्वद्ध नै भएका तर व्यक्तिगत चिनाजान र 'लटरपटर' जान्ने भएकै कारणले पनि त्यस्ता व्यक्तिहरू यस क्षेत्रमा संलग्न हुने गर्दछन्। तर त्यसका लागि बजेट सीमित मात्र रहेछ। हनुमानढोका दरवार क्षेत्रको अध्ययन अनुसन्धान त आवश्यक कुरा हो नै। यसका सम्वन्धमा जति पनि काम भएका छन् त्यो निकै थोरै मात्र हो। मनबज्र बज्राचार्यको अनुसन्धानमा नै पनि केही गल्ती रहेको पाइन्छ र थप अनुसन्धान गर्नु पर्दछ। तर विगतका अनुसन्धानहरू मनबज्रबाट अगाडि बढ्न नसकेको मात्र होइन कि एक पछि अर्को पुनरावृत्ति मात्र भइराखेको थियो। थप अनुसन्धान गर्न उक्त बजेट अपुग भएकोले स्वीकार्न सकिएन, संभवतः अरु नै कसैले सो काम पाएको छ।

अनुसन्धानका नाममा हुने गरेको भ्रष्टाचारको एउटा अर्को नमूना नेपाल पर्यटन बोर्डबाट लिन सकिन्छ। बोर्डले कीर्तिपुरको कला तथा सम्पदाहरूको विषयमा त्रिभुवन विश्वविद्यालयका एक आंशिक प्राध्यापकलाई अनुसन्धान गर्न लगाएको थियो। सो अनुसन्धान प्रतिवेदनमाथि नै अनुसन्धान गर्ने हो भने पनि भ्रष्टाचार ठम्याउन सकिन्छ। कीर्तिपुरका सम्वन्धमा विभिन्न पक्षमा अध्ययन अनुसन्धान भई दर्जनौ पुस्तकहरू र सयौं उत्कृष्ट अनुसन्धानात्मक लेखहरू प्रकाशित भइसकेको अवस्थामा नेपाल पर्यटन बोर्डले त्यस्तो निम्न स्तरको अनुसन्धान किन गर्न लगायो भन्ने प्रश्न उठ्छ। अरु त अरु त्यस अनुसन्धान रिपोर्टमा सन्दर्भ सामग्रीसम्म पनि सही ढङ्गले दिन सकेको छैन। सन्दर्भ सामग्रीमा उल्लेख भएको शुक्रसागर श्रेष्ठद्वारा लिखित पुस्तक ''कीर्तिपुरको साँस्कृतिक तथा पुरातात्विक अध्ययन'' को नकल मात्रै गरेर प्रतिवेदन तयार पारेको भएपनि केही काम देखिने थियो। रोचक कुरा त श्रेष्ठले सो पुस्तक जम्मा तीस हजारको धनबज्र विद्वत्वृत्तिमा तयार पारेका थिए भने उल्लेखित अनुसन्धान रिपोर्टका लागि नेपाल पर्यटन बोर्डले दुई लाख रुपैया खर्चेको थियो। कीर्तिपुरकै अनुसन्धानका सम्वन्धमा अर्को रोचक कुरा के रहेको छ भने, यही विषयवस्तुमा कीर्तिपुर नगरपालिकाले स्थानिय राजनीतिक कार्यकर्ताहरूलाई आजभोलि लगाइराखेका छन्।
सम्वन्धित ज्ञानको अभावमा पनि थुप्रै मात्रामा भ्रष्टाचार हुने गर्दछ। यस लेखको थालनीमा चर्चा गरिएका दुई घटनाबाट पनि यस कुराको पुष्टि हुन्छ। थालनीमा उल्लेख गरिएका दुई घटनामा दोषी वा कमजोरी लेखासम्वद्ध व्यक्तिमा देखियो तर अनुसन्धानकर्ताहरू मात्रै चोखा भन्ने होइन। अनुसन्धानकर्ताहरू मात्रै पनि कम भ्रष्टाचारी हुँदैनन्। नेपालमा इतिहास, संस्कृति जस्ता कुरामा लाग्नेहरू सच्चा, इमानदार र विद्वान हुन्छन् भन्ने छवी विद्यालयबाटै दिने गरिन्छ र यो छवी बनेको छ पनि। इतिहासकार बाबुराम आचार्यलगायत केही सच्चा व्यक्तित्वहरूको आदर्श देखाउन विद्यालयको पाठ्यक्रममा राखिएका जीवनीहरूकै प्रभावमा त्यो छवी बनेको हो। तर त्यही छवी ओढेर आर्थिक तथा नैतिक भ्रष्टाचार गर्नेहरू मौलाइरहेका छन्। ती भ्रष्टाचारीहरूको सूचीमा कोही विश्वविद्यालयका प्राध्यापक छन् त कोही राष्ट्रिय व्यक्तित्वका रुपमा चिनिएका छन्। कोही यस्तै निकायका ठूल्ठूला पदमा पुगी हाल अवकास पाइसकेका छन् त कोही बहालवाला नै पनि छन्। यी व्यक्तित्वहरूमाथि कमै मात्र शंका गरिन्छ। केही समयअघि यो पंक्तिकारले नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास), त्रिभुवन विश्वविद्यालयबाट यस क्षेत्रमा नाम कहलिएका विभिन्न विद्वानहरूद्वारा सम्पन्न गराइएका अनुसन्धान कार्यहरूको रिपोर्ट हेर्ने अवसर पाएको थियो। सिनास कै पैसा खर्चेर गरिएका ती अनुसन्धानकार्यहरू सिनासकै स्वामित्वमा हुनु पर्ने हो तर ती अनुसन्धान रिपोर्ट अन्यत्र पनि बुझाएर ती संस्थाको लागि पनि अनुसन्धान गरेको भनेर दोहोरो पारिश्रमिक हात पारेको देखियो। सिनासको खर्चमा भएको अनुसन्धान अन्य अनुसन्धानकेन्द्रहरूको दराजमा पनि देखिनु र पुस्तककै रुपमा पनि प्रकाशित हुनुबाट यो कुरा खुल्दछ। सिनासमै पनि रिकर्डहरू चुस्तदुरुस्त नहुनाले ती अनुसन्धानहरू कुन सालमा गरिएको भन्ने खुल्दैन र विद्वानहरूले कताको रिपोर्ट कता बुझायो भन्न गार्हो। छ। कतिपय अनुसन्धानका रिपोर्टहरू हराएको पनि पाइन्छ। अनुसन्धान कार्यका रिपोर्टहरू हराउने घटनाहरू त्यहाँ कम रोचक पनि छैनन्। सिनासबाट अनुसन्धान कार्य सकाएर सोको रिपोर्ट बुझाइवरी पारिश्रमिक पनि लिएर पछि सो संस्थाको कर्मचारीको सहयोगमा सो रिपोर्ट गायव पारी उल्टो सिनासले रिपोर्ट नै हराइदियो भन्ने हल्ला फिजाउँदै हिड्ने इतिहासकार पनि छन्। तत्कालिन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको अनुसन्धान परियोजनाबाट निस्केका भनिएका पुस्तकहरूमध्ये कतिपय पुस्तकका केही भाग वा पूरै सिनासको आफ्नै अनुसन्धान कार्यका रुपमा दराजमा थन्किएर रहेका छन् भने कतिपय रिपोर्ट अन्यत्र होलान्।

इतिहास, संस्कृति तथा पुरातत्वसम्वन्धी अनुसन्धान गर्ने संस्थाहरूमा तत्कालिन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, पुरातत्व विभाग, नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास, त्रिवि), विश्वविद्यालय अनुसन्धान आयोग, राष्ट्रिय जनजाति प्रतिष्ठान, नगरपालिकाहरू, तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू छन्। यी अनुसन्धान केन्द्रहरूले गरेका कामहरूको मात्रै एक मुष्ट अनुसन्धान गर्ने हो भने पनि डुप्लिकेशन, ओभरल्यापिङ तथा फट्याईहरू प्रसस्त मात्रामा भेटाउन सकिन्छ। एक ठाउँबाट अनुसन्धान कार्य गरी पारिश्रमिक लिई अन्यत्र पनि बुझाएर दोहोरो पारिश्रमिक लिनेहरूको भएको ठाउँमा बौद्धिक इमानदारिताको कुरा गर्नुको अर्थ नै देखिन्न। एउटै अनुसन्धान कार्य एउटै संस्था अनेकौ पल्ट बुझाएको घटनामाथि काठमाडौं महानगर पालिकाको प्रसंगमा उल्लेख भएजस्तै त्रिभुवन विश्वविद्यालयमा एउटै व्यक्तिले एउटै अनुसन्धानकार्य दुई पल्ट बुझाएको घटना यस लेखकले फेला पारेको छ। विश्वविद्यालय अनुसन्धान आयोगको खर्चमा नेपालको एउटा ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको अनुसन्धान गरी नेपाली भाषामा तयार पारेको सो रिपोर्टलाई पछि विद्यावारिधीका लागि अंग्रेजी भाषामा तयार पारेर शोधग्रन्थका रुपमा एउटा भारतीय विश्वविद्यालयमा प्रस्तुत गरेका थिए। विद्यावारिधीको शोधग्रन्थलाई परिमार्जन गरी पुस्तकको रुपमा प्रकाशित भइसकेको त्यो रिपोर्ट वा ग्रन्थ मौलिक रुपमा तयार पार्न (अर्थात् नेपाली भाषामा तयार पारी विश्वविद्यालय अनुसन्धान आयोगमा बुझाएको) पहिलो पल्ट विश्वविद्यालय अनुसन्धान आयोगबाट पारिश्रमिक पाएको थियो भने भारतको विश्वविद्यालयबाट विद्यावारिधी गराउन पनि स्थायी शिक्षक भएका कारण विश्वविद्यालयले नै खर्च गर्नु परेको थियो।

इतिहास तथा संस्कृतिको अनुसन्धान गराउनेहरूमा सम्वन्धित विषयको ज्ञानको कमीले गर्दा विद्वान भनाउँदाहरूबाटै कतिसम्मको भ्रष्टाचार हुने गरेको छ भन्ने चर्चापछि सोही ज्ञानले भ्रष्टाचार कसरी रोक्न सकिन्छ भन्ने कुराको एउटा दृष्टान्त पनि नभएको होइन। केही समयअघि मात्रै एउटा अनुसन्धान केन्द्रमा अनुसन्धानका लागि प्रस्तावहरू सार्वजनिक आव्हान गरिएको थियो। एउटा प्रस्ताव पत्र त्रिभुवन विश्वविद्यालयमा प्रध्यापनरत् महिला शिक्षकको नाममा प्रस्तुत भएको थियो। रमाइलो कुरा त के हो भने उक्त प्रस्ताव पत्रमा गर्ने भनिएको अनुसन्धानको काम उनी आफैले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधीको शोधग्रन्थ तयार पार्ने क्रममा सम्पन्न गरिसकेको थियो। अप्रकाशित रुपमा रहेको शोधग्रन्थलाई फेरि अनुसन्धान कार्यको रुपमा प्रस्तुत गर्न लागिएको थियो। अनुसन्धान केन्द्रमा प्राप्त एउटा अर्को प्रस्ताव पत्र सोही व्यक्तिको छोराको नाममा थियो। रमाइलो कुरा त के रहेछ भने, छोराको नाममा आएको प्रस्तावपत्र उनी आफैले लेखेको त थिएनन् तर लोग्नेले लेखेको भन्ने कुरा प्रस्ताव पत्रमा प्रयुक्त भाषा शैलीबाट बुझियो। लोग्ने पनि त्रिभुवन विश्वविद्यालयअन्तर्गत कार्यरत् शिक्षक नै हुन्। यी जम्मै कुरा मूल्याङ्कन समितिका एक सदस्यले पत्ता लगाएको थियो। ती दुवै प्रस्ताव पत्र सुरुमै अस्वीकृत भएको थियो।

अनुसन्धानको प्रस्ताव पत्र अनुसार सम्वन्धित व्यक्तिले सो अनुसन्धान कार्य गर्न सक्छ कि सक्दैन भन्ने निर्क्यौल मूल्याङ्कन समितिले गर्ने हो। तर मूल्याङ्कन समितिमा सम्वन्धित ज्ञानको अभावमा पनि अनुसन्धान कार्य असम्बन्धित व्यक्तिको हातमा पर्न जाने गरेको घटना थुप्रै मात्रामा पाइन्छ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा संलग्न केही परामर्शदाताहरू पनि एक प्रकारले भ्रष्टाचार नै गर्दछन्। नेपालको इतिहास, संस्कृति तथा सम्पदाहरूका सम्वन्धमा परामर्श दिनु पर्योस भने तिनीहरू आफैले वा आफ्नो अनुसन्धान केन्द्रबाट तयार पारेको भनी जुन रिपोर्ट पेश गर्दछन् त्यो स्थानिय वा नेपाली भाषामा प्रकाशित लेखरचना वा पुस्तकका केही अंश हुने गर्दछन्। यो फट्याई गर्नेहरू ज्यादाजसो अवकाश प्राप्त प्राध्यापक, उच्च पदका पदाधिकारीहरू तथा अनुसन्धानकर्ताका रुपमा ख्याती कमाइसकेकाहरू हुने गर्दछन्। यो समस्यालाई नयाँ बन्ने संविधान र राज्यको संरचनाले कसरी सम्बोधन गर्छ, चुनौती र जिज्ञासाको विषय बनेको छ।

Monday, August 24, 2009

नयाँ नेपालको नयाँ राजधानी

वसन्त महर्जन


नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणासँगै 'नयाँ नेपाल' निर्माणको प्रसंग उठेको छ । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि वषौर्ंैअघिदेखि संघर्ष गरिरहेका जनताको चाहना स्वयंमा नयाँ नेपालको स्थापना हो । सैद्धान्तिक रूपमा नयाँ नेपालको स्थापना भए पनि व्यावहारिक रूपमा यसले मूर्तरूप लिन सकिरहेको छैन । अतः त्यस्ता थुप्रै मुद्दामाथि छलफल गर्नुपर्छ, जसले नयाँ नेपाललाई मूर्तरूप दिनेछन् । संविधान निर्माणको अभ्यास एउटा त्यही प्रयास हो भने अरू पनि थुप्रै मुद्दा छन् जसमाथि छलफल गर्नुपर्छ । त्यस्ता मुद्दामध्ये एक हो, राजधानीको स्थानान्तरण । अब राजधानीलाई नै अन्त सार्ने अर्थात् नयाँ राजधानीको स्थापना किन नगर्ने त ?

राजधानी अन्यत्रै सार्ने विषयमा बेलाबखत चर्चा हुने गर्छ, जुन गम्भीरतापूर्वक अगाडि बढेको छैन । काठमाडौं उपत्यकासँग मायामोह भएकाहरू राजधानी सारियो भने काठमाडौं उपत्यकालाई क्षति पुग्छ भन्ने धारणा राख्छन् । यसको विपरीत काठमाडौं उपत्यका वा उपत्यकावासीप्रति रोष प्रकट गर्नुपर्‍यो भने पनि राजधानीलाई अन्यत्रै सार्नुपर्ने घुर्की देखाउने पनि छन् । यी दुवै अतिवादी दृष्टिकोण काठमाडौं उपत्यकाको इतिहास, संस्कृति र सभ्यतासम्वन्धी ज्ञानको कमीको नतिजा हो । तर पनि राजधानी अन्यत्र सार्नु त पर्छ नै ।

अन्य भूभागभन्दा काठमाडौं उपत्यका हजारौँ वर्षदेखि अनेकौँ दृष्टिले विकसित, सम्पन्न र बेग्लै पहिचानयुक्त सभ्यताको केन्द्र रहँदै आएको छ । सैन्यदृष्टिले कमजोर भएको वेला वरिपरिका राज्यले यहाँ पटक-पटक आक्रमण र लुटपाट गरेका विवरण शिलालेख र गोपालराजवंशावलीमा उल्लेख छ । तिनै लुटपाटमा संलग्न राज्य पनि आफूलाई संकट पर्दा आश्रय खोज्दै यहीँ आउँथे । पटक-पटक आक्रमण गर्ने र लुटपाट मच्चाउने तिरहुत राज्यले गयासुद्दीन तुगलकको आक्रमणलाई थेग्न नसकेपछि राजा, राजपरिवार तथा अन्यले यहाँ शरण लिएका थिए । मध्यकालमा मात्रै होइन, प्राचीनकालदेखि नै यो उपत्यका शरणार्थीका लागि उपयुक्त स्थल थियो । व्यापार-व्यवसायलगायत विभिन्न उद्देश्यले यहाँ पस्नेहरू पस्यापस्यै हुने गर्छन्, जुन प्रक्रिया आज पनि चालू छ । जो जति बाहिरबाट पसे सबैले आ-आपना ज्ञान र सीप पनि सँगै लिएर आए, जसबाट यहाँको विकासमा पर्याप्त योगदान पुग्यो । र, तिनीहरू स्थानीयकरण हुँदै गए, 'एसिमिलेसन'को प्रक्रियाबाट । यसैले काठमाडौं उपत्यकालाई 'मेल्टिङ पट' पनि भन्ने गरिन्छ ।

समय सधँै उस्तै रहँदैन । बाहिरबाट मान्छे काठमाडौं पस्ने मात्रै गर्ने, तर अन्यत्र नलाग्ने गर्नाले स्थिति फेरिएको छ । यहाँ जनसंख्याको चाप बढ्दो छ र आधारभूत आवश्यकता अपर्याप्त भएको छ । खाद्य सामग्रीको आयात, मेलम्चीको कुराइ र फोहोर फाल्ने समस्या त्यसकै संकेत हुन् । । यी यावत् तथ्यले अब काठमाडौं उपत्यका थप बोझ बोक्न असमर्थ भएको देखाएका छन् । यस्ता समस्या हल गर्न पहिल्यै कार्ययोजना लागू गर्नुपथ्र्याे, जसको अभावमा उपत्यकाले आपनो पहिचानै गुमाउनुपर्ने भय छाएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा कोलकाताबाट सारिएको थियो भने पाकिस्तानको राजधानी पनि पहिलेदेखि इस्लामावाद थिएन । राजधानी सार्दा विकासमा क्षति हुन्छ भन्नु गलत रहेछ भन्ने कुराका दृष्टान्त यी राजधानी हुन् । संसारभरका सहर राजधानीको कृपाविना नै विकसित भएका हुन् । काठमाडौं पनि आफैँमा विकसित बस्ती हो, यसको विकासका लागि राजधानी भइराख्नुपर्दैन । कला-संस्कृतिले सम्पन्न कतिपय मन्दिर र भवन राजधानी भएकै कारण यसले गुमाउनुपरेको छ । ती गुमाइएका र बाँकी रहेका सम्पदा सिंगो मानवजातिकै गौरव हो, जसलाई जोगाउनु आवश्यक छ । यही गौरवले थेग्न सक्छ काठमाडौंलाई । संयुक्त राष्ट्रसंघको युनेस्कोले काठमाडौं उपत्यकालाई राजधानी भएर विश्वसम्पदा सूचीमा हालेको होइन, यहाँका इतिहास, कला, संस्कृति हेरेर सूचीकृत गरेको हो । अहिले ती सम्पदा युनेस्कोको मापदण्डअनुरूप संरक्षण नभएकोमा चित्त दुखाउनुपरेको छ । त्यसको एउटै कारण हो, राजधानी भएकै कारण काठमाडौं ती बेफाइदा भोगिरहन विवश हुनु । तसर्थ पनि राजधानी अन्यत्र सारी काठमाडौं उपत्यकालाई नेपालकै संरक्षित क्षेत्रका रूप दिइनुपर्छ । नयाँ नेपालमा पुरानो इतिहास पनि जोगिने र नयाँ राजधानीसँगै नयाँ इतिहास पनि निर्माण हुने वातावरण बनाउनुपर्छ ।

Wednesday, August 12, 2009

सिंहदरबार र झिल्के सालिक

वसन्त महर्जन

प्रमुख प्रशासनिक केन्द्रसिंहदरबारअगाडि पृथ्वीनारायणशाहको सालिक अझै पनि ठडिएको छ ।पहिले खाकी रंगमा रहेको सोसालिकलाई हालै रंगाएर झिल्केबनाइएको छ । सो सालिकलाई केगर्ने भन्ने विषयमा विवाद नैरहेको छ । यस्ता विवादकै बीचसम्बन्धित निकायले मध्यमार्गअपनाउन खोजेको देखिन्छइनामेलबाट झिल्के बनाएर, ताकिसालिक आक्रमणको तारो नबनोस् ।सालिकहरूले इतिहास बोल्छन् ।मल्ल राजाहरूका सालिकसुरक्षित छन् । राणाशासककासालिक पनि सुरक्षित नै छन् ।शाहवंशीय राजाहरूको सालिकआक्रमणको तारो बनिराख्दा पनिराणाहरूका सालिक सुरक्षित नैरहे । यसको अर्थ हो, जनतालेराणाहरूका सालिकलाई इतिहासकोवस्तु ठानिसकेका थिए ।
जतिवेलाकालीमाटीस्थित महेन्द्रकोसालिक आक्रमणको तारो बनिरहेकोथियो, त्यतिवेला गद्दीमा उनकामाइला छोरा ज्ञानेन्द्रलेतानाशाही लाद्न खोज्दै थिए ।ज्ञानेन्द्रको मनोबल गिराउनेएउटा मनोवैज्ञानिक उपायउनीसँग सम्बन्धित कुरामाथिधावा बोल्नु पनि हुन्थ्यो । उनीत्यही बाटोमा हिँडेका थिए जुनबाटो भएर महेन्द्र हिँडेका थिए। उनमा आफ्नो बाबुबाजेकोधङ्धङी थियो । यस अवस्थामामहेन्द्रदेखिपृथ्वीनारायणसम्मलाई अतीतकारूपमा नभई वर्तमानकै रूपमालिइयो र आक्रमणको तारो बनाइयो ।अन्ततः राजतन्त्रकोसमाप्तिपछि पूरै शाहवंशकाकुरा इतिहासका अंश बने ।त्यसैले त हो नारायणहिटी दरबारम्युजियममा फेरिएको । इतिहासले कोल्टे फेरिसकेकालेपृथ्वीनारायणको सालिक पनिइतिहासको वस्तु बनेको छ । अतःअब प्रश्न उठ्छ,सिंहदरबारअगाडिको सालिकलाईतलमाथि गर्नु हुन्छ त ? यसविषयमा छलफल चलाउनुपर्छ ।सिंहदरबारलाई नारायणहिटीदरबारलाई जस्तै म्युजियम बनाइएको भए सो सालिक त्यसठाउँमा ठिकै हुन्थ्यो, अझै पनि त्यहाँ प्रशासनिक निकाय नैरहेका कारण सो सालिक त्यहाँ सुहाउँदो भएन । हिजोसम्मसिंहदरबारलाई पृथ्वीनारायणकोसालिकले कुनै अर्थ दिन्थ्योहोला, तर अहिले त्यही सालिकलेअनर्थ पैदा गरिराखेको छ । अझैपनि सो सालिक त्यहीँ राखिनुपर्छ भन्ने अडान लिने होभने ठीक छ, राख्न सकिन्छ तरसिंहदरबारभित्रको प्रशासनिक केन्द्रलाई अन्यत्रसार्नुपर्छ ।
पृथ्वीनारायण शाह राष्ट्रियएकताका प्रतीक हुन सक्दैनन् ।राष्ट्र भनेको भूगोल पनि हो, तरभूगोललाई मात्र ध्यान दिइँदात्यो राष्ट्र वा राष्ट्रियताखोक्रो हुन्छ । जनताले त्यसअवधिमा राष्ट्रिय एकताकोअभ्यास कहिल्यै गर्न पाएनन् ।शासकीय शक्तिका आडमा जनतालाईदबाउन सक्नु नै राष्ट्रिय एकताकायम गर्नु होइन ।पृथ्वीनारायणले मात्र नभईउनका उत्तराधिकारीले समेतराष्ट्रिय एकतामा पटक्कैध्यान दिएनन् । तिनलेवैवाहिकलगायत कुनै पनि पक्षमानेपाली जनतासँग सम्बन्ध नैराख्न चाहेनन्, बरु विभिन्नभाषा, धर्म, संस्कृतिलाई एकनिश्चित समुदायभित्र विलयनगर्ने खोजे । नेपाली-नेपालीमाझनै 'फुटाऊ र शासन गर'को नीति लिएरचलाइएको शाहवंशीय शासनबाटराष्ट्रिय एकताको भावना जागृतहुन सक्दैन पनि ।सिंहदरबारअगाडिकोपृथ्वीनारायण शाहको सालिकऐतिहासिक पनि होइन । ऐतिहासिक हुनलाई त्यसमा इतिहासको झलकहुुनुपर्छ । सो सालिक उनीजिउँदो छँदै वा उनलाई देखेका कलाकारबाट बनाइएको होइन । धेरै समयपछि बनाउने हो भने पनि रेखाचित्र वा तस्बिरलाई आधारलिनुपर्छ, तर त्यस्तो केही आधारलिइएको छैन । उनको रेखाचित्रकोअनुहारसँग सालिकको अनुहारपटक्कै मिल्दैन । वास्तविकताके हो भने सालिक निर्माणको आधारत्यसका कलाकार अमर चित्रकारस्वयंको जीउडाल हो भनेअनुहारचाहिँ काल्पनिक ! हेक्कारहोस्, सो मूर्ति निर्माणअघिकलाकार स्वयंले मोडलिङ गरेरतस्बिर खिचाएका थिए र सोहीतस्बिरका आधारमा सालिक तयारगरेका थिए । यस अर्थमा सोसालिकले कुनै पनि ऐतिहासिकमहत्त्व राख्दैन । तसर्थ इतिहाससँग नभई कलासँगसम्बन्धित म्युजियममा मात्रयो शोभा बन्न सक्छ ।बुझ्नुपर्ने अर्को कुरा के होभने कुनै पनि दिवंगतव्यक्तित्वको सालिकलाई रंगाइँदैन पनि ।
वर्तमान नेपालको प्रमुख प्रशासनिक केन्द्रसिंहदरबारसँग पृथ्वीनारायणशाहको कुनै सम्बन्ध नभएकोअवस्थामा उनको सालिक त्यहाँठड्याइराख्नुको कुनैतात्त्विक अर्थ रहँदैन, त्यतिमात्रै होइन, त्यसरीठड्याइराख्नु आपत्तिजनक पनिहुन्छ । बरु त्यस ठाउँमा समग्रनेपाललाई प्रतिनिधित्व हुनेकुनै एउटा प्रतीक राखिनुपर्छ,नेपालको राष्ट्रिय झन्डामात्र ठड्याउनु नै पनिपर्याप्त हुन्छ ।