Thursday, March 15, 2012

गौतम बुद्धसँगको यात्रामा अग्रणी नेपालीहरू


O बसन्त महर्जन

समस्त बौद्धहरूका 'सम्येक सम्बुद्ध' अर्थात् गौतम बुद्धको जनमस्थल लुम्बिनी र हर्ुर्केबढेको कपिलवस्तु दुबै ठाउँ वर्तमान नेपालमा पर्ने भएकाले उनी नेपाली हुन् भन्ने कुरा अकाट्य छ । बुद्ध र बौद्ध विषयवस्तुलाई नेपालसँग सम्वन्धित गरेर हर्ेदा अरु पनि थुप्रै कुराहरू दृष्टिगोचर हुन आउँछन् । 

बौद्ध धर्म आज संसारभर फैलनुमा मुख्यतः बौद्ध भिक्षुहरूको प्रमुख भूमिका रहेको पाइन्छ । गौतम बुद्धलर्ेर् इ.पू. ५२८ मा बुद्धत्व प्राप्त गरी धर्मका कुरा सुनाउन लायक व्यक्तिहरू सम्झेकोमा केहीको मृत्यु भइसकेको थियो भने जीवितहरूमा पाँच जना ब्राम्हण सन्यासीहरू थिए जो त्यस बेला सारनाथमा रहेका थिए । तर्सथ बुद्ध सारनाथसम्म नै पुगे । यी तिनै सन्यासीहरू हुन् जो बुद्धत्व प्राप्तीका लागि सिर्द्धार्थ गौतम (बुद्ध हुनुपूवको गृहस्थी नाम) ले गृहत्याग गर्दा उनकै नाममा प्रव्रजित भएका थिए । तर केही कुरामा आएको मतविन्नताका कारण तिनीहरू सिर्द्धार्थलाई छाडेर गएका थिए । सारनाथमा बुद्धको उपदेश बुझ्ने पहिलो व्यक्ति कौण्डिन्य भए । पाँच जनामा सबभन्दा वृद्ध यिनले जसै धर्मको कुरा बुझे, बुद्ध अत्यन्तै उत्साहित भएर अनायास चिच्याउन नै पुगेका थिए । र उनलाई तत्क्षण आफ्नो भिक्षु बनाए । अर्थात गौतम बुद्धको पहिलो भिक्षु हुने सौभाग्य यिनलाई प्राप्त भयो ।

पहिलो भिक्षु कौण्डिन्य पनि गौतम बुद्धजस्तै नेपालका सुपुत्र हुन् । सिर्द्धार्थको जन्मपछि ज्योतिषशास्त्रमा पारंगत विभिन्न ब्राम्हणहरूलाई बोलाई भविष्यवाणी गर्न लगाउँदा एक कान्छो ब्राम्हणबाहेक सबैले शिशु घरमै बसे चक्रवर्ती राजा बन्ने र गृहत्याग गरी श्रमण बने बुद्ध हुने भविष्यवाणी गरेका थिए । ती कान्छो ब्राम्हण यिनै भिक्षु कौण्डिन्य हुन् । सिर्द्धार्थले गृहत्याग गर्दासम्ममा कौण्डिन्यबाहेक अरु सबैको मृत्यु भइसकेको थियो । जीवित यिनैले आफ्ना ती साथीहरूको घरमा गई तिनका छोराहरूलाई प्रव्रजित हुन उत्प्रेरित गरेका थिए । सिर्द्धार्थ गौतमका बाबु शुद्धोदनले आफ्नै देशका ब्राम्हणहरूलाई भविष्यवाण गर्न निम्त्याइएको थिए । यस प्रकार यिनीहरू सबै नेपाली ब्राम्हण नै हुन् । त्यति बेला कपिलवस्तु वरिपरिका नगरहरूमा चातुमा, खोमदुस्सा, मेतलुप, सामगाम, सिन्सुमार, शिलावती र शक्कर आदि नगरहरू समृद्ध थिए । कौडिन्य कपिलवस्तु नजिकैको गाउँ द्रोणवस्तुका ब्राम्हण हुन भन्ने उल्लेख पाइन्छ । वर्तमान दाङ उपत्यका नै प्राचिन द्रोणवस्तु हुनु पर्ने अनुमान छ । यसरी नै अन्य नगरहरूको अवस्थिति खोज्नु पर्ने चुनौती अहिले छ । भिक्षु कौण्डिन्यपछि आफ्नो गाउँ द्रोणवस्तुमा फर्केर भाञ्जा पर्ूण्ा मानवलाई आफैले प्रव्रजित गरेका थिए ।                 

बाँकी चार ब्राम्हणले पनि धर्मबोध गरेपछि बुद्धले चारैजनालाई भिक्षु बनाई धर्म प्रचारका लागि विभिन्न ठाउँको भ्रमण गर्न आदेश दिएका थिए । यी पाँच भिक्षुमध्ये सबभन्दा कान्छो अस्सजिसँग राजगृृहको बाटोमा उपतिस्स नामक युवकको भेट भएको थियो । त्यस बेला राजगृहमा प्रख्यात पर्रि्राजक संजयका यिनी शिष्य थिए । अस्सजिलाई देखेर उपतिस्स अचम्म मान्दै कुराकानी गर्न पुगेका थिए । ज्यादै जिज्ञासु उपतिस्स अस्सजिबाट बुद्धका कुरा सुनेर र प्रभावित भई आश्रममा आफ्नो साथी कोलित र अन्यलाई लिएर वेणुवन पुगी त्यहाँ बुद्धसँग भिक्षुत्व ग्रहण गरेका थिए । उपतिस्स र कोलित पछि अग्रश्रावकद्वय सारिपुत्र र मौद्गल्यायनका नामले प्रसिद्ध भए ।

बुद्धत्व प्राप्त गरी छोरा यताउता विचरण गरिहेको थाहा पाई बाबु शुद्धोदनले छोरालाई गृहनगर कपिलवस्तुमा आमन्त्रणका लागि आफ्ना थुप्रै मान्छेहरू पठाए तर ती सबै कपिलवस्तुवासी भिक्षु नै भई बसे । कपिलवस्तुको आगमनको अवसरमा पनि थुप्रैले भिक्षुत्व ग्रहण गरे । यसमा गौतम बुद्धका भाई नन्द र छोरा राहुलको नाम पनि लिन सकिन्छ । अर्का भाई आनन्द त पछि बुद्धको उपस्थापक -निजि सचिव) नै भए । भिक्षु संघका साथसाथै भिक्षुणी संघ पनि बनाउन जोड गर्ने भिक्षु आनन्द नै हुन् र पहिलो भिक्षुणी बन्ने सौभाग्य प्रजापति गौतमीले पाए । यिनी स्वयं गौतम बुद्धका कान्छी आमा -सानीमा) हुन् । यस प्रकार बौद्ध इतिहासमा पहिलो भिक्षु मात्रै नभएर पहिलो भिक्षुणी पनि नेपाली नै हुन पुगेका छन् । पाँच सय कपिलवस्तुवासी महिलाहरू भिक्षुणी बन्न गएका थिए । पछि स्वयं बुद्धका पत्नी यशोधरा, पनि भिक्षुणी बनेकी थिइन् ।

बुद्धको महापरिनिर्वाणपछि उनका उपदेशहरू संग्रह गर्न मगधमा पहिलो संगायन लामो समयसम्म भएको थियो । यस संगायनको मुख्य उपलब्धी बुद्धद्वारा देसित उपदेशहरूको संग्रह हो । यी उपदेशहरूलाई सुत्त पिटक र विनय पिटक गरी दर्ुइ भागमा चिनाइएको छ । भिक्षु आनन्दबाट सुत्तपिटक र भिक्षु उपालीबाट विनयपिटक -भिक्षु र भिक्षुणीहरूले पालना गर्नु पर्ने नियमहरू) संग्रह गरिएको थियो । भिक्षु उपाली गृहस्थ छँदा कपिलवस्तुका शाक्य कुमारहरूका सहायक थिए । यस अर्थमा सुत्तपिटक र विनय पिटक को संग्रहमा पनि नेपाली सुपुत्रहरूकै योगदान रहेको छ । 

बुद्ध र बुद्ध धर्मसँग नेपालको सम्वन्धबारे चर्चा गर्नु पर्दा लुम्बिनी र कपिलवस्तुकै सम्वन्धमा बढी चर्चा भएको पाइन्छ । तर बुद्ध भइसकेपछि उनी बेला बेलामा यस क्षेत्रमा आई देवदह लगायत अन्य क्षेत्रमा धर्मोपदेशहरू दिन्थे र यस क्षेत्रका थुप्रै नेपालीहरूले भिक्षुत्व ग्रहण गरेको कुरा ठ्याम्मै भुल्ने गर्दछन् । कपिलवस्तु भनेर आजभोलि पर्यटकहरूलाई देखाइने तिलौलाकोटका केही पुरातात्विक स्थलहरूमात्रै बुझ्नु तत्कालिन कुरा बुझ्दै नबुझ्नु हो । कपिलवस्तु नजिकको गाउँ द्रोणवस्तु वर्तमान दाङ उपत्यका हुनसक्ने अनुमानपछि त्यस राज्य कति विस्तृत भूभागमा फैलिएको होला भनेर अर्को अनुमान गर्न सकिन्छ । यसरी नै बुद्धको जीवनकालमा नै काठमाडौं उपत्यकामा बौद्ध उपासक उपासिकाहरू प्रसस्त मात्रामा भइसकेका र भिक्षुहरू पनि रहेको दृष्टान्तबाट बुद्ध धर्मलाई सुरुमा नेपालीहरूबाटै विकास र विस्तार गरेको तथा योगदान पनि अद्वितीय भएका कारण बुद्ध धर्मसँग नेपालको घनिष्ट सम्वन्ध रहेको सिद्ध हुन आउँछ । यहाँ बुद्धको जीवनकालमा नै संघमा प्रवेश गरेका नेपालीहरूको मात्रै संक्षिप्त चर्चा गरिएको छ । यस सम्वन्धमा एउटा राम्रै अनुसन्धान गर्न सकिन्छ । (युवामञ्च, वर्ष२४ अङ्क ९, २०६८ फागुन)

No comments: