Saturday, June 26, 2010

नेपालमा अर्का दुइ बुद्ध


- बसन्त महर्जन

वर्तमान विश्वले बुद्ध भनेर गौतम बुद्धलाई मात्र बढी चिन्छन् । यिनैको जन्मभूमि भनेर नेपालले गौरव गर्न पाएको छ । ुबुद्धु व्यक्ति नभएर पद हो र यो पद धारण गर्ने उनी मात्र नभएर अरु पनि थिए । विपश्वी, शिखी, विश्वभू, क्रकुच्छन्द, कनकमुनि, कश्यप आदि तिनै मावन बुद्धहरूका नाम हुन् । हाल हामीसँग गौतम बुद्धका उपदेशहरू मात्र छन् र उनी स्वयंले आफूभन्दा अघिका बुद्धहरू र आफूपछि बुद्धको रूपमा मैत्रेय पदार्पण हुने जानकारी गराएका थिए । ऐतिहासिक तथा पुरातात्विक आधारमा जसरी गौतम बुद्धका सम्वन्धमा यिनी पौराणिक पात्र होइनन् भन्ने सिद्ध भएको छ त्यसरी नै क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्धका सम्वन्धमा पनि सिद्ध गर्न सकिने आधारहरू प्राप्त भएका छन् । संयोगकै कुरा मान्नु पर्दछ, गौतम बुद्धको जन्मस्थल जस्तै यी दर्ुइ बुद्धको जन्मस्थल पनि वर्तमान राजनीतिक भूगोलमा नेपालअर्न्तर्गत नै पर्दछ । धार्मिक ग्रन्थहरूमा यी दर्ुइ बुद्धका सम्वन्धमा यथेष्ट मात्रामा उल्लेख पाइन्छ तर यहाँ उपलब्ध ऐतिहासिक र पुरातात्विक तथ्यहरूमा आधारित भएर केही चर्चा गरिन्छ ।
बौद्ध वाङमयमा क्रकुच्छन्द र कनकमुनि दुवै बुद्धको राम्रो वर्ण्र्ाापाइन्छ । क्रकुच्छन्द बुद्ध क्षेमावती नगरस्थित अग्निदत्त नाउँका एक ब्राम्हणको घरमा जन्मेका थिए । आमा विश्वचिनी देवीबाट जन्मेका यिनले शिरीषको वृक्षमुनि बोधिज्ञान लाभ गरेका थिए । यसरी नै त्यसपछि कनकमुनि बुद्ध शोभावती नगरमा पिता यज्ञदत्त र माता उत्तराको पुत्रको रूपमा जन्मेका थिए । बौद्ध ग्रन्थहरूमा यी दुवै बुद्धका सम्वन्धमा कालनिर्धारण एवं अन्य विवरण दिइएको भएपनि ती प्रमाणित हुनु बाकी नै छ । शोभावती र क्षेमावती दर्ुइ नगर पनि कहाँ कस्तो अवस्थामा रहेको छ भन्ने कुरा यकिन भइसकेको छैन । तर सो नगर नेपालमा नै भएको ऐतिहासिक आधार भने रहेको छ ।
गौतम बुद्धसँग सम्बन्धित स्थलहरूको भ्रमण गर्ने क्रममा मौर्य सम्राट अशोक विभिन्न ठाउँको भ्रमणमा निस्केका थिए । भ्रमणको क्रममा महत्वपर्ूण्ा स्थलहरूमा आफ्नो शिलास्तम्भ स्तभण एवं अभिलेख स्थापना गर्दथे । सम्पर्ूण्ा भारतीय इतिहास अध्ययनमा सम्राट अशोकको अभिलेखलाई अकाट्य प्रमाणका रूपमा लिइन्छ । अशोकका अन्य अभिलेखहरूमा भन्दा केही थप विशेषताहरू सहितको अभिलेख लुम्बिनीस्थित अभिलेख हो र यसले नै गौतम बुद्धको जन्म नेपाल तर्राईस्थित रूपन्देही जिल्लाको लुम्बिनी बगैंचामा भएको हो भनी प्रमाणित गरेको थियो । तर्राई क्षेत्रको कपिलवस्नु जिल्लाको सदरमुकाम तौलिहवादेखि ७-८ कि। मि। उत्तरमा पर्ने निग्लिहवा गाउँमा पनि अभिलेखसहितको अशोक स्तम्भ रहेको छ । तर अभिलेख अनुसार यो गौतम बुद्धसँग सम्वन्धित नभएर कनकमुनि -कोनागमन० बुद्धसँग सम्वन्धित रहेको छ ।
निग्लिहवास्थित अशोक स्तम्भमा सम्राट अशोकले ब्राम्ही लिपि र पाली भाषामा अभिलेख कुँद्न लगाएका थिए । उक्त अभिलेखलाई देवनागरी लिपिमा रूपान्तरण गर्दा ुुदेवानं पियेन पियदसिन लाजिन चोदसवसा -भिसि० तेन बुधस कोनाकमनस थुबे दुतियं वदिसे -वीसतिव० साभिसितेन च अतनं आग्राच महीयिते -सिलाथुबे० च उस पापितेु हुन आएको छ । चार पंक्तिको उक्त अभिलेखमा पहिलो पंक्तिको अन्तिम अक्षर क्षयग्रष्त भए पनि ुतेनु शब्दको आधा त अक्षरको ुत् ु र आधा न अक्षरको ुन्ु भने प्रष्ट देखिन्छ । तेस्रो पंक्तिको पहिलो शब्द पनि त्यसरी नै क्षयग्रष्त भएपनि ब्राम्ही लिपिको प्रकृतिअनुसार अनुमान गरी पढ्ने गरिएको छ । तर बुझाईमा भने केही फरक देखिएको छ । एक थरीले यसरी अर्थ्याएका छन् - ुदेवताहरूका प्यारा राजा प्रियदर्शी -अशोक० ले कनकमुनि बुद्धको जन्म स्तूपको दर्ुइ पटक मर्मत गरी राज्याभिषेक भएको वीस वर्षछि आएर पूजा गरियो र विशाल स्तम्भ खडा गरियो ।ु राजा अशोकको लुम्विनी यात्रा इ।पूं २५० मा भएको थियो अर्थात सो स्तम्भ पनि उही बेला स्थापना गरिएको हो ।
निग्लिहवामा बाहेक त्यसको केही पर गोटीहवा भन्ने गाउँमा पनि अर्को यस्तै अशोकस्तम्भ पाइएको छ । खण्डित अवस्थामा रहेको यो अभिलेखमा भने अभिलेख छैन अथवा अभिलेख भएको खण्ड प्राप्य छैन । यस शिलास्तम्भको वरिपरि पुरातात्विक उत्खनन् हुँदा त्यहाँ स्तुपको अवशेष भेटिएको थियो । त्यहाँ रहेको सूचना पाटी तथा अन्यत्र पनि यस स्थललाई क्रकुच्छन्द बुद्धको गृहनगर भनी चिनाइएको छ ।
बौद्ध सभ्यतामा बुद्ध शासनुको मान्यता छ । यस अनुसार यहाँ ुबुद्ध शासनु कहिल्यै रिक्त हुँदैन । नयाँ सम्यक सम्वुद्ध नआएसम्म अघिल्लो बुद्धलाई नै त्यसको शासक मानिन्छ र सम्पर्ूण्ा क्रियाकलाप उनैको नाममा सम्पन्न गरिन्छ । उदारहणका लागि वर्तमान बुद्धशासन गौतम बुद्धबाट भइराखेको छ । एवं रीतले गौतम बुद्धभन्दा अघि कश्यप बुद्धको शासन थियो । तर कश्यप बुद्धको बारेमा त्यत्ति धेरै कुरा थाहा पाइएको छैन । पर्ूव बुद्धहरूमा पनि बौद्धहरू उत्तिकै श्रद्धा र सम्मान गर्दछन् । यसै क्रममा विभिन्न ठाउँहरूमा स्तुप वा अन्य निर्माण हुन्थ्यो भन्ने कुरा क्रकुच्छन्द र कनकमुनि बुद्धको प्रसंगबाट थाहा भयो । यति मात्र नभई पछिसम्म पनि त्यसको जीर्णोद्धार हुने कुरा मौर्यसम्राट अशोकको अभिलेखबाट ज्ञात भयो ।
चिनियाँ यात्रीद्वय फाहियानले सन् ४०९ र ह्वेन-साङले सन् ६३७ अघि बुद्धसँग सम्वन्धित स्थलहरूको भ्रमण गर्ने क्रममा वर्तमान नेपालको तर्राई क्षेत्रमा पनि पुगेका थिए । लुम्बिनीलगायत थुप्रै बौद्ध स्थलहरूको खोजी कार्यमा ती चिनियाँ यात्रीहरूको वर्ण्र्ााे महत्वपर्ूण्ा काम गरेको छ । यी यात्रीहरूले क्रकुच्छन्द र कनकमुनि दर्ुइ बुद्धसँग सम्वन्धित ठाउँको पनि वर्ण्र्ाागरेका थिए । उनीहरूले त्यहाँ स्तूप र स्तम्भ पनि देखेको कुरा वर्ण्र्ाागरेका छन् ।
निग्लिहवाको अशोक स्तम्भ पत्ता लगाउने तथा त्यसको अभिलेख उतार गरेर अनुवाद गराउने श्रेय डा। फुहररलाई जान्छ । यस सम्वन्धी उनले लेखेको रिपोर्टमा स्तम्भ नजिकै केही यस्ता सामग्रीहरू पनि देखेका थिए जसलाई स्तूपको भग्नावशेष भन्न सकिन्थ्यो । सामान्य उत्खनन्बाट थाहा भएअनुसार स्तूपको परिधि एक सय नौ फिट र ६ फिट उचाइ हुनु पर्ने अनुमान गरिएको छ । प्रयोग गरिएको इँटको नापो १६ हृ ११ हृ १३ भएको रहेको पाइयो ।
डा। फुहररले कुन स्तूप पाएका थिए र उनले भेट्टाएको इँटा पनि कुन थियो भनेर विचार गर्नु पर्छ । स्तम्भ लेख अनुसार सम्राट अशोकले त्यहाँ रहेको कनकमुनि बुद्धको स्तूपलाई त्यसको दोब्बर आकारमा अर्को नयाँ स्तूप बनाई छोपिदिएका थिए । अघिल्लो स्तूपको निर्माण मौर्य कालभन्दा निकै पहिले भएको कुरा त स्तम्भ लेखबाट नै स्पष्ट भएको छ । गौतम बुद्ध बालक छँदा एक पल्ट राजा शुद्दोधनले उनलाई स्तूप दर्शनका लागि लगिएको भनिन्छ । सो स्तूप पनि कनकमुनि बुद्धको यही स्तूप हुन सक्ने आधारको रूपमा यो स्तुप कपिलवस्तु दरवार -हाल तिरौराकोट० बाट नजिकै हुनुले पनि स्पष्ट पार्छ । तर्सथ राजकुमार सिर्द्धार्थले बोधिज्ञान प्राप्त गरेर गौतम बुद्धको रूपमा चिनिनुभन्दा अघिदेखि नै कनकमुनि बुद्धको स्तूप रहेको हुनु पर्ने हुन्छ ।
कनकमुनि बुद्ध पनि नेपालमा नै जन्मेका थिए भनी प्रमाणित गर्ने आधार रहेको निग्लिहवास्थित अशोक स्तम्भको आवश्यक संरक्षण गर्ने काममा लुम्विनी विकास कोषले गंभीर भएर ध्यान दिएको पाइँदैन । वि।सं।२०५७ सालको माघ महिनामा स्थानीय एक व्यक्तिले सो स्तम्भमा रोमन लिपिमा आफ्नो नाउँको संकेत दिन रोजेका थिए । उक्त युवकको मनसाय स्तम्भलाई हानी नै पुर्‍याउने नहुन पनि सक्छ र अन्यत्रका भित्ता वा ढुंगाभन्दा अरु रूपमा यसलाई सोच्न नसकेर पुरातात्विक सम्पदामा अनभिज्ञतावश यस्तो भएको होला । तर यस घटनाको समाचार प्रकाशित भएपछि पक्रेर केही सोधपूछ मात्र गरेर छाडिएको थियो । स्तम्भमा उक्त युवकले अक्षर कुँदनुमात्रले पनि पुरातत्वमाथि असर पर्छ भनेर फेरि पछि सो रोमन लिपिलाई मेट्ने काम भयो, जुन थप नोक्सान हो ।
क्रकुच्छन्द र कनकमुनि बुद्धसम्वन्धित स्थलहरूलाई सामान्य रूपमा लिइनु हुन्न । गौतम बुद्धसँग सम्वन्धित स्थलहरू त नेपाललगायत अन्यत्र पनि पाइन्छन् तर यी दर्ुइ बुद्धसँग सम्वन्धित स्थलहरू पनि सँगसँगै नेपालमा हुनु पुरातत्व एवं ऐतिहासिक अध्ययनमा ठूलो महत्वको कुरा त हुँदै हो, साथै पर्यटकीय दृष्टिकोणले पनि यसले त्यत्तिकै महत्व राख्दछ । बुद्ध भन्ने कुरा व्यक्तिको नाम नभई पदको नाम हो र बुद्धत्व प्राप्त गर्ने जो कोही यसको भागीदारी हुनसक्छन्, जुन आदर्श नभई ऐतिहासिक रूपमा पुष्टि भएको वास्तविकता हो भन्ने बौद्ध दर्शन बुझाउन पनि सहायकसिद्ध हुन्छ । बौद्धमार्गीहरू गौतम बुद्ध मात्र नभई अन्य बुद्धहरूलाई पनि उत्तिकै श्रद्धा राख्दछन् । यस अर्थमा पनि क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्धसँग सम्वन्धित स्थलको महत्व रहेको छ । यी दर्ुइ स्थललाई पनि उत्तिकै महत्व दिएर थप अध्ययन अनुसन्धान तथा प्रचार प्रसार गर्नु पर्दछ ।
इमेल : basantamaharjan@gmail.com

No comments: